झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ फागुन । मुलुकबाट प्रत्येक दिन २० किलो सुन खरिदमा १२ लाख ६० हजार अमेरिकी डलर बाहिरिरहेको थियो। यो प्रतिअमेरीकी डलर १२२।२ को दरले १ खर्ब ५३ अर्व ९२ करोड १६ लाख रुपैयाँ हो। बैंकले प्रतितोला सुनमा ६३ हजार अमेरिकी डलर खर्चिँदै आएको छ। एकातिर दैनिक आयातीत वस्तुमध्ये सबैभन्दा बढी हिस्सा सुनले ओगट्छ । अर्कोतर्फ यो महँगो वस्तुभित्र पर्छ। अहिले प्रति तोला छापावाला सुनको मुल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ र तेजावी सुनको प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ छ। यसरी सुन आयातका कारण ठूलो भोलममा डलर खर्च हुँदै आएको छ। मुलुकमा विदेशी मुद्राको…

Read More

झापा, २३ फागुन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादीले जारी गर्‍यो । बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् । तर, सहमति जुटाउन उनी असफल भएका छन् । नेताहरूको व्यवस्थापन तथा समितिलाई समावेशी बनाउने गृहकार्य गरिरहेका अध्यक्ष प्रचण्डले अझै सहमतिको मिलनबिन्दु भेटाउन नसकेको माओवादी स्रोतको दाबी छ । शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा…

Read More

झापा, २३ फागुन । अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ । किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली कार्यान्वयन गर्न लागेकाले कर्मचारी अवकाश हुँदा किताबखानासम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको हो । राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक बाबुराज श्रेष्ठले ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले विज्ञसहितको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गर्न लागेको जानकारी दिए । उहाँका अनुसार कर्मचारी अवकाश हुने छ महिना पूर्व नै सम्बन्धित कर्मचारीलाई अनलाइनका माध्यमबाट जानकारी दिने, कर्मचारीले जुनजुन विवरण पठाउनुपर्ने होस सो विवरण अनलाइनकै माध्यबाट पठाउने, मासिक, पेन्सन स्केल पनि अनलाइनबाटै…

Read More

झापा, २३ फागुन । खनिज उत्खननको अनुमति पाएका कम्पनीहरूले जथाभावी खनिज निकाल्न थालेपछि सरकारले कडाइ गर्न थालेको छ। सरकारले खनिजको प्रकारअनुसार उत्खननको सीमा निर्धारण गर्दै कडाइ गर्न थालेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भू–गर्भ विभागका अनुसार सामान्य खनिजको हकमा खुकुलो व्यवस्था भए पनि बहुमूल्य र पर्यावरणीय रूपमा संवेदनशील स्थलमा खानी उत्खननका लागि कडाइ गरिएको छ। विभागले साधारण खनिजको परिभाषामा निर्माणमुखी खनिजलाई राखेको छ। विभागका अनुसन्धान अधिकृत वसन्त अधिकारीका अनुसार नुन, पत्थर, कोइलाजस्ता खनिजको खोजतलास अनुमतिको क्षेत्रफल बढीमा पाँच वर्ग किलोमिटर तोकिएको छ । यस्तै, मार्बल, ग्रेनाइट र एम्फिबोलाइटको खनिज खोजतलास तथा उत्खनन अनुमति पनि पाँच वर्गकिलोमिटर नै…

Read More

झापा, २२ फागुन । पछिल्लो दुई दशकमा भएका करिब आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर पछिल्ला चुनावहरूमा भने सुरक्षा निकायको खर्च धेरै प्रतिशतले बढेको छ। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि पनि आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा मागेको छ। अर्थ मन्त्रालयले आयोगलाई दिन ८ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। सुरक्षा निकायहरूले सुरुमा २० अर्ब रुपैयाँभन्दा बढी बजेट मागेकोमा अहिले १६ अर्ब चाहिने बताउँदै आएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र…

Read More

बिर्तामोड, २२ फागुन । झापाको अर्जुनधारा नगरपालिकाले दुई मुर्धन्य प्रतिभालाई सम्मान गरेको छ । नगरपालिकाले आज एक कार्यक्रमका बीच नेपाली एथ्लेटिक्सका महापुरुष बैकुन्ठ मानन्धर र गीतकार बुद्धवीर लामा सम्मान गरेको हो । कार्यक्रममा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । खेल जगत र गीतसंगीत क्षेत्रमा उनीहरुको योगदान अतुलनीय रहेकाले सम्मान गरिएको हो ।

Read More

बिर्तामोड,२२ फागुन। संकटा क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रमक बने पनि स्कोर भने संकटाले मात्र गर्न…

Read More

झापा, २२ फागुन । केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था थियो । राष्ट्र बैंकका अधिकारीहरू हुन्डीमार्फत विप्रेषण आउने क्रम बढेपछि यस्तो कदम चाल्नु परेको बताउँछन् । वैदेशिक रोजगारीमा गएका नेपालीले हुन्डी गर्ने र सोही रकम गाउँघरमा रहेका आफन्तलाई पठाउने धन्दा चलेपछि यस्तो निर्णय गर्नु परेको उनीहरूको भनाइ छ । कोरोना महामारी चरम उत्कर्षमा पुगेका बेलाको तुलनामा अहिले विप्रेषण आप्रवाह निरन्तर घट्दा वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएको रकम कहाँ जाँदै छ भन्ने…

Read More

झापा, २२ फागुन । नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ । समुदायमा सङ्क्रमण नभएका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, सप्तरी, सिरहा, उदयपुर, ओखलढुङ्गा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, पर्सा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी, तनहुँ, गोरखालगायतका जिल्ला छन् । इपिडिमियोलोजी तथा…

Read More

झापा, २२ फागुन । २०७४ मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले उपनिर्वाचनमा पनि हार बेहोर्यो। यी हारको कारण काँग्रेसले भन्योुपार्टीभित्रकै अन्तरघात ।ु त्यसो त जितमा पनि काँग्रेसले पार्टीभित्र अन्तरघात भएको भनेर नकार्न सक्दैन। फलतस् जिल्लामा भएका निर्वाचनको जुनसुकै परिणामलाई काँग्रेसले पार्टीको अन्तरघातसँग जोडेर विश्लेषण गर्दै आएको छ। हार वा जित दुवैमा अन्तरघात जोड्ने गरेको काँग्रेसको बुझाइ छ, ‘अन्तरघात हारको प्रमुख कारण हो, अनि जित पनि अन्तरघात हुँदाहुँदै भएको हो ।’ पहिलो…

Read More