झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, २० फागुन । सुनसरीको इटहरी उप महानगरपालिका–६ स्थित रहेको अटो सिटी बजाज सोरुमले प्रहरीलाई विद्युतीय अटो हस्तान्तरण गरेको छ । आज बिहान एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान बिधुतिय अटो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि।सी।लाई हस्तान्तरण गर्नु भएको हो । उक्त इलेक्ट्रोनिक अटो इलाका प्रहरी कार्यलय इटहरीले प्रहरी गस्ति पेट्रोलिङ बढाई अपराधिक गतिविधि निस्तेज पारी समाजमा शान्ति सुरक्षा कायम राख्नको निमित्त प्रयोग गर्ने छ । उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख…

Read More

हलिउडको चर्चित सिरिज ‘फास्ट एण्ड फ्युरियस’को दशौं शृंखलामा जेसन मोमोआ खलपात्रको भूमिकामा देखिने भएका छन् । ‘आक्वाम्यान’ स्टारले यो चर्चित सिरिजमा खेल्ने पछिल्ला हल्लालाई सही भएको पुष्टि गरेका छन् । शुक्रबारदेखि विश्वव्यापी रिलिज हुन लागेको ‘द ब्याटम्यान’को हलिउड प्रिमियरमा मिडियासँग कुरा गर्दै उनले आफू भिलेनको रुपमा प्रस्तुत हुन लागेको पुष्टि गरेका हुन् । उनी फास्ट एण्ड फ्युरियसको दशौं भागमा देखिने वा नदेखिनेबारे निर्क्योल भइसकेको थिएन । ‘म खलपात्रको भूमिकामा देखिनेछु र पक्कै रमाइलो हुने आशा छ । केही समयदेखि यस्तो रोल मैले गर्न पाएको थिइनँ,’ उनले भने, ‘अन्ततः म ब्याड ब्वाइ भन्ने निधो भएको छ । निकै खराब ब्याड ब्वाइ…

Read More

नाइजेरियाका एक बालक ९ वर्षको उमेरमै अर्बपति बनेका छन् र आलिशान जिन्दगी बिताइरहेका छन् । उनको जिवनशैली कारण उनी संसारका सबैभन्दा कम उमेरका अर्बपतिको नामले चिनिन्छन् । उनको नाम मोहम्मद अवाल मुुस्तफा उर्फ मोम्फा जुनियर हो । आलिशान जिन्दगी बिताइरहेका मुस्तफाका लागि ६ वर्षको उमेरमै पहिलो हबेली खरिद गरिएको थियो । द सनको रिपोर्ट अनुसार उनीसँग निजी हवाइजहाज पनि छ । सोही जहाजबाट उनी संसारको यात्रा गर्दछन् । उनीसँग अन्य महलका साथै पहिलेदेखि नै सुपरकारहरू छन् । नाइजेरियाको लागोसमा बस्ने मोम्फा जुनियर नाइजेरियाली इन्टरनेट सेलिब्रेटी तथा अर्बपति इस्माइलिया मुस्तफाका छोरा हुन् । मोम्फा आफैं पनि इन्टरनेट सेलिब्रेटी हुन् । एजेन्सी

Read More

झापा, २० फागुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।आयोगले तोकेको ५ फागुनदेखि १५ फागुनसम्मको अवधिभित्र ८० दलले दल दर्ताको लागि निवेदन दिएका थिए । हाल दल दर्ताका लागि परेका निवेदन उपर जाँचबुझ भइरहेको आयोगले जनाएको छ । छानबिन फागुन २३ गतेभित्र टुंग्याउने आयोगको कार्यतालिका छ । त्यसपछि प्रक्रिया पुर्‍याएका दलहरुको नामावली राजपत्रमा प्रकाशित हुने र राजपत्रमा प्रकाशित भएका दलहरुले मात्र…

Read More

झापा, २० फागुन । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए । समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन् । हालसम्म ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् । उद्दार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।

Read More

झापा, २० फागुन । धेरैले जलविद्युत्लाई नेपालको समृद्धिसँग जोडेर हेर्ने गरेका छन् । स्वदेशमा उत्पादित विद्युत् विक्री गर्न सके आर्थिक अवस्था सुधार हुने बताइन्छ । तर, तिनै सपना देखेर जलविद्युत् आयोजना निर्माणमा जुटेकालाई सरकारी नीतिले ‘घर न घाट’ को अवस्थामा पुर्‍याउन खोज्दै छ । एकातिर आन्तरिक खपत र अर्कोतर्फ बाह्य निर्यात गरेर प्रशस्त आर्थिक लाभ लिन सकिने सम्भावना हुँदाहुँदै पछिल्लो ३ वर्षयता निर्माणको क्रममा रहेका २ सयभन्दा बढी नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत् खरीद विक्री सम्झौता (पीपीए) नै हुन सकेको छैन । विद्युत् व्यापार गर्ने एक मात्र अनुमतिप्राप्त संस्था नेपाल विद्युत् प्राधिकरणले कोटा सकिएको भन्दै आरओआर आयोजनाहरूको पीपीए रोकेको…

Read More

झापा, १९ फागुन । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ l इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ । यस्तै मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

Read More

झापा, १९ फागुन । भद्रपुरमा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।  बालिकालाई बलात्कार गरेकाे आराेपमा भद्रपुर- ४ करेला चाेक बस्ने अन्दाजी १९ वर्षीय रमेश लिम्बू पक्राउ परेकाे प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार महाशिवरात्रिका दिन साँझ लिम्बूले साेही ठाउँका बालिकालाई घर नजिकैको परालका लगेर जबर्जस्ती करणी गरेका थिए । आराेपि लिम्बू पेशाले चालक हुन । उनी विवाहित पनि रहेकाे प्रहरीले जनाएको छ । बालिका बलात्कृत भएकाे आफन्तले थाहा पाएपछि प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका थिए । प्रहरीमा जाहेरी परेपछि उजुरी  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले लिम्बूलाई बिहीबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि प्रहरी…

Read More

बिर्तामोड, १९ फागुन । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कपको तयारी पूरा भएको छ । पाँचौँ झापा गोल्डको समुद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् भने समापन पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्ने छन् । आयोजक झापा गोल्ड कपले आज खेल मैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । पाँचौँ संस्करणको झापा गोल्ड कप फागुन २१ गतेदेखि ३० गतेसम्म हुँदैछ । झापा गोल्ड कपलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । गोल्ड कपका…

Read More

झापा, १९ फागुन । नेकपा माओवादी केन्द्र झापाको जिल्ला समन्वय समिति झापा गठन भएको छ । पार्टीले जिल्लामा छ जना सह–इञ्चार्ज, संयोजक र सचिव टुंगो लगाएसँगै जिल्ला समन्वय समितिको गठन भएको हो । तर, समितिको इञ्चार्ज भने अझै टुंगो लागेको छैन । सहइञ्चार्जमा चन्द्रप्रसाद कडरिया (सिपी), ज्योतिसिंह दर्लामी, बोधराज दाहाल (असिम), पुरुषोत्तम चुडाल (राजु) रहेकय छन् । त्यस्तै, संयोजकमा राजु आचार्य (अग्नि) र सचिवमा मोहन टुडू चयन भएका छन् ।

Read More