
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० फागुन । के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन रु होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ । यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम सम्भव भएको हो । विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई यो मोबाइल एप्स हस्तान्तरण गरिसकेको छ । यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि थिएन । जसका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । अब भने आवश्यकताअनुसार ट्राफिक…
झापा, १० फागुन । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् । माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट बाहिरिनुपर्ने माग गर्दै आएका छन् । सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुपर्ने प्रस्ताव माओवादीको असहमतिका कारण सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । माओवादी नेता श्रेष्ठले संसद्मा पेस गरिएको एमसीसी सम्झौता निर्णयका लागि पेस हुनुअघि नै माओवादी सरकारबाट बाहिरिनुपर्नेमा जोड दिनुभएको छ ।…
पाँचथर, १० फागुन । प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कारागारमा रहेका कैदीहरूले अनुशासन वहन गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ुयहाँ घरघरमा श्रीमान् श्रीमतीको झगडा हुन्छ । दुई चार जना बसो भने पनि झगडा हुन्छ । तर यहाँ तपाईँहरू मिलेर बस्नुभएको छ ।ु उहाँले यहाँ बस्दा होस्टेल बसाइका रूपमा लिन आग्रह गर्नुभयो । कारागारका भौतिक संरचना निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताउँदै उहाँले कैदीबन्दीलाई…
भद्रपुर, १० फागुन । नेपाल–भारत सीमाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । आइतबार साँझ ७ बजे कचनकवल गाउँपालिका( ५ डाँगावारिमा इलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय सीमा नाकाबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१३ प ७९७४ को मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक बिर्तामोड( ३ सैनिक मोड बस्ने २८ वर्षीय सरोज भट्टराई र मोटरसाइकलको पछाडि सवार बिर्तामोड( ९ बस्ने २० वर्षीय विशाल बुढाथोकीलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरिएको हो । उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ…
झापा, १० फागुन । स्वदेशी उत्पादनले भाउ नपाइरहेको परिप्रेक्ष्यमा इण्डोनेसियाबाट सुपारी आयात गर्न सरकारले ब्यापारीलाई अनुमति दिएको घटनाप्रति सुपारी जोन झापाले रोश प्रकट गरेको छ । एक हजार हेक्टरमा खेती गरिएमा सुपरजोन घोषणा गरी सरकारले लगानी बढाउने कृषि नीति विपरित २७ सय हेक्टर क्षेत्रफलमा सुपारी खेती गर्दा पनि सरकारले जोनमात्र भनिदिएर लगानी न्यून भएको अवस्थामा अझ विदेशबाट आयात गर्न अनुमति दिएर कृषकमाथि कुठाराघात गरिरहेको कृषकहरुको आरोप छ । सुपारी जोन समन्वय समिति झापाका संयोजक निलकण्ठ तिवारीले एक विज्ञप्ती प्रकाशित गरी स्थानीय उत्पादनले आवश्यकता पूरा गरेको अवस्थामा बाहेक कोटा तोकेर विदेशी वस्तु आयात गर्नुपर्नेमा स्थानीय कृषक र व्यापारीलाई तहसनहस बनाउने गरी…
झापा, ९ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ ९३०५० विषयको परीक्षा सञ्चालन गरेको थियो । पाठ्यक्रमअनुसार यो विषयको सय पूर्णाङ्कमा परीक्षा सञ्चालन गर्नुपर्छ । समय तीन घण्टा दिनुपर्छ तर परीक्षार्थीलाई वितरण गरिएको प्रश्नपत्रमा ५० पूर्णाङ्क मात्रै छ । समय पनि डेढ घण्टा मात्रै लेखिएको छ । प्रश्नपत्रमा सातवटा प्रश्न सोधिएको छ तर तीनवटा मात्रै हल गर्न भनिएको छ । पूर्णाङ्क ५० लेखिए पनि उत्तीर्णाङ्क…
झापा, ९ फागुन । देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा एमसिसी पेस गरेका हुन्। सरकारको नेतृत्व गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दर्बिलो अडानले एमसिसी संसद्मा टेबुल भएको हो। संसद्को नेतृत्व, सत्ता साझेदार केही दल र केही शक्ति एमसिसी संसद्मा लैजाने प्रस्तावको विरोधमा रहे पनि कांग्रेस र प्रधानमन्त्री देउवाको अडानमा एमसिसी संसदीय प्रक्रियामा प्रवेश गरेको हो। ‘एमसिसीका विषयमा कत्रो भ्रम फैलाइएको थियो। नेपालमा अमेरिकी सेना आउँछ। नेपाल अफगानिस्तान…
झापा, ९ फागुन । प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल भएपछि दाहालले दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनको मात्र होइन, एमसिसीको भविष्य पनि अझै अनिश्चित भएको संकेत मिलेको छ। दाहालको भनाइबाट माओवादी केन्द्र संसद्मा प्रवेश पाएको एमसिसी सम्झौता अनुमोदनको विपक्षमा नै उभिने बुझ्न सकिन्छ। नेकपा एकीकृत समाजवादी एमसिसीको पक्षमा उभियो भने माओवादीलाई पनि पक्षमा उभिन दबाब पर्ने नेताहरूको बुझाइ छ। अध्यक्ष नेपालसहितका बहुमत नेता संसद्मा एमसिसी टेबुल गर्न सकारात्मक थिए। नेकपा एसको शनिबारको बैठकले एमसिसी अनुमोदनको पक्षमा आफूलाई उभ्याउने निर्णय गरेको थियो। तर पार्टी नेता झलनाथ खनालसहितका नेताहरू विपक्षमा उभिएपछि विवाद बढेको छ। खनालसहितका केही नेताहरू एमसिसी अनुदान फिर्ता पठाउनुपर्ने…
झापा, ९ फागुन । वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ। वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी संख्या भने १ सय १४ वटा बढी रहेको विभागले जनाएको छ। गत वर्ष ठगिएको जनाउँदै २ सय २४ वटा उजुरी परेकोमा चालू आवमा सो बढेर ३ सय ३८ पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए। माघसम्म २०…
भद्रपुर, ९ फागुन । नेपालमा लागु गर्न लागिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा भद्रपुरमा आइतबार मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको आयोजनामा भद्रपुरमा मोटरसाइकल र्याली प्रदर्शन गरिएको हो । भद्रपुर–१ पृथ्वीनगरस्थित हिमाली चोकबाट सुरु भएको मोटरसाइकल र्याली सगरमाथा चोक, ज्ञानेचोक, आपगाँछी, भद्रपुर भन्सार कार्यालय अगाडीबाट भद्रपुर बजार हुँदै लेखनाथ चोक, धनुषमोड, देवकोटा चोक, डागीवारी, प्रशासन कार्यालय अगाडीबाट ट्रेड युनियन चोकमा आएर कोण सभामा परिणत भएको नगर इन्चार्ज नरेश सन्जेलले जानकारी दिए । र्यालीमा सहभागीहरूले गो ब्याक एमसिसी, एमसिसी परियोजना खारेज गर, देश बेच्न पाइँदैन, सबै खाले दलालहरू होसियार लगायतको चर्को…