
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ फागुन । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८।४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार घाटा आठ खर्ब ७३ अर्ब ५६ करोड रुपियाँ थियो । तथ्याङ्कअनुसार नेपालले माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपियाँको निर्यात गरेको छ । अघिल्लो माघको तुलनामा यो ४२।७८ प्रतिशतले बढी हो । निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ । सात महिनासम्म नेपालले…
झापा, ११ फागुन । विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरूलाई नेपाली नागरिक सरह (आन्तरिक हवाई जहाजको भाडामा) छुट दिने सहमति गराएको हो । त्यसैगरी, पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निर्णय गरी कम्तीमा पनि २० प्रतिशतसम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई छुट दिने निर्णय गरेको छ। यसरी विदेशबाट आउने नागरिकलाई हवाई भाडामा छुट दिने सहमती गर्ने हवाई जहाज कम्पनीहरूमा बुद्ध एयरलाइन्स प्रालि तथा यति एयरलाइन्स प्रालि रहेको सो…
झापा, १० फागुन । चालू आर्थिक वर्ष २०७८र०७९ को सात महिनामा आयातभन्दा नेपालले गर्ने बाह्य निर्यात वृद्धिदर दोब्बर बढीले वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात वृद्धिदर ४२.७८ प्रतिशत र निर्यात वृद्धिदर ८८.३० प्रतिशत रहेको छ। यद्यपि निर्यातको तुलनामा आयातको चाप भने धेरै रहेको छ। चालू आवको साउन–माघ अवधिमा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजारको वस्तु आयात गरेको छ। गत आवको सोही अवधिमा यस्तो आयात ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँ रहेको थियो। यता यो ७ महिनामा नेपालले १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार…
झापा, १० फागुन । यूएईसँग पराजित भएपछि नेपालको टी–२० विश्वकप खेल्ने सपना पूरा हुन सकेन ,। टी२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाल ६८ रनले पराजित भएको हो । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो । यूएईले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ सय ७ रनमा अलआउट हुन पुग्यो । युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको थियो । यूएईसँगै आयरल्याण्डले विश्वकपमा स्थान बनाएको छ ।
झापा, १० फागुन । धरानस्थित जंगलमा अलग–अलग जेब्रा झोलाभित्र शवको टुक्रा फेला परेका दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या आफ्नै कान्छी श्रीमतीले परपुरुषसँग मिलेर गरेको खुलेको छ। दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या उनकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसीको योजनामा भएको पत्ता लागेको हो। सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार हत्यामा संलग्न अनिता र उनका प्रेमी विराटनगर महानगरपालिका–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरिसकिएको छ । पक्राउ परेका विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट मङ्गलवार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको थापाले जानकारी दिए। बीभत्स तरिकाले हत्या गरेपछि शरीरलाई…
इलाम, १० फागुन । इलाम नगरपालिका–१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका–७ का ३५ वर्षीय प्रदिप कुसुवाह रहेका छन् । हिजो राति ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना ४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भइ सडकको नालीमा ठोक्किएर दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेपिएर घटना स्थलमा नै मृत्यु भएको हो । गम्भीर घाइते भएका ४० वर्षीय धुरुप कुसुवाहको बिएण्डसी अस्पताल बर्तामोडमा र अन्य सामान्य घाइते तीन जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।…
मोरङ, १० फागुन । उदयपुरको कटारी नगरपालिका–८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका एक व्यक्तिको हत्या भएको पुष्टी भएसंगै हत्यामा संग्गल्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बिक रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० वर्षीय राम किसन मिणा भएको खुल्न आएसंगै बिकलाई पक्राउ गरिएको हो । बिकले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ…
मोरङ, १० फागुन । मोरङको सुन्दरहरैचा नगरपालिका-१० बिराटचोकमा संचालित नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरे संगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमती बिना अबैध रुपमा महङगो मुल्यमा लागुऔषध दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी अनाधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय बिराटनगरको RIT समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेडिकल संचालक सुन्दरहरैचा नगरपालिका-१० का…
झापा, १० फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण भएको छ । ३३७ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, सुनसरी र पाँचथरमा २–२, उदयपुर, तेहृथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । झापाको दमक र विर्तामोडमा २–२, मेचीनगर र बुद्धशान्तिमा १–१, मोरङको विराटनगरमा २, सुन्दरहरैचा, बेलबारी र सुनबर्षीमा १–१, सुनसरीको इनरुवा र इटहरीमा १–१, पाँचथरको फिदिममा २, उदयपुरको बेलका, तेहृथुमको म्याङलुङ र इलामको इलाम नगरपालिकामा…
झापा, १० फागुन । सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् । सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बालुबाटारमा बसेको शीर्ष बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेका थिए । सोही सहमतिअनुसार नै सरकारले एमसीसीसम्बन्धी प्रस्तावलाई सभामुखमार्फत् संसद्को कार्यसूचीमा राख्न लगाएर संसद्मा टेबल गरेको थियो । तर, ती दुबै दलले संसद्मा टेबल भइसकेको एमसीसीका विषयमा पुनः असहमति राख्दै पास हुनै नदिने अडान राख्दै आइरहेका छन् । एमसीसीका विषले यी दुवै दलभित्रको कलहसमेत बढेको छ । गठबन्धन आबद्ध एक शीर्ष नेताका अनुसार दुवै दलबाट सरकारमा…