
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ८ फागु्न । झापा कारागारका १६ जना कैदीबन्दीको कैद सजाय माफी भएको छ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा उनीहरुको सजाय मिनाहा गरेको हो । देशभरबाट ५०१ जना कैदीबन्दीले कैद सजाय माफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । झापा कारागारकी निमित्त प्रमुख हिमा पौडेलले झापा कारागारबाट दुई महिलासहित १६ जनाको कैद मिनाहा भएको बताइन् । झापा कारागार प्रशासनले २३ जनाको कैद सजाय माफीका लागि कारागार व्यवस्थापन विभागलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा १६ जनाको कैद सजाय माफी मिनाहा भएको हो । सर्वोच्च अदालतको…
झापा, ८ फागुन । निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने गरी आचारसंहिता मस्यौदा तयार गरेको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले यस्तो मस्यौदा तयार गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३३ को ९ग० मा नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ । त्यसै गरी सोही दफाको ९घ० मा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा…
भद्रपुर, ८ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३ रुपैयाँले वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १२८ रुपैयाँ कायम गरिएको छ। ग्यासमा भने मूल्य नबढाइएको निगमले जनाएको छ।
झापा, ८ फागुन । सरकारले पत्रकार यादव पौडेलको हत्याका मुख्य अभियुक्त युवराज गिरीलाई आममाफी दिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गिरीले शनिबार आममाफी पाएका हुन् । पत्रकार पौडेलको हत्या अभियोगमा उनी करिव १० वर्षदेखि झापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । आममाफीका लागि गिरी आफैँले गरेको अपिलका आधारमा राष्ट्रपतिले आममाफी दिएको झापा कारागार स्रोतले जनाएको छ । २०६८ चैत २१ गते मध्यराति झापाको बिर्तामोडस्थित नेपाल पत्रकार महासंघको कार्यालय नजिक पत्रकार पौडेलको हत्या भएको थियो । पत्रकार पौडेलको हत्या अभियोगमा होटल सञ्चालक सोम ढकाल, उनकी श्रीमती भनिएकी फूलमाया कार्की र होटल व्यवसायी गिरी पक्राउ परेका थिए । झापाका प्रमुख…
झापा, ८ फागुन । कोरोना संक्रमणको तेस्रो लहरका बीचसमेत गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि लिने श्रम स्वीकृतिको संख्या ५३ हजार पुगेको छ । पुसमा श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च रहेकोमा माघमा भने केही घटेको छ। पुसमा ६६ हजार ६२५ जनाले श्रमस्वीकृति लिएकोमा माघमा ५२ हजार ९ सय जनाको श्रमस्वीकृति जारी भएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ। कोरोनाको ओमिक्रोन भेरिएन्टले श्रम गन्तव्यमा समेत असर गरिरहेका बेला अनलाइन तथा अन्य माध्यमबाट श्रमस्वीकृति लिनेको संख्या ५२ हजार ९०१ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। यसमध्ये पनि महिलाको संख्या ३ हजार ७५३ रहेको वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालय ताहाचलका कम्प्युटर…
भद्रपुर, ८ माघ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको आयोजनामा आज भद्रपुरमा मोटरसाइकल र्याली प्रदर्शन गरिदैछ । राष्ट्रघाती एमसीसीका विरुद्धमा आज मोटरसाइकल ¥याली गर्न लागिएका भद्रपुर नगरअध्यक्ष शिवराज भण्डारीले जानकारी दिनुभयो । भद्रपुर वडा नम्बर १, २, ३ ले हिमाली चोकबाट दिउँसो १ बजे र वडा नम्बर ४, ५, ६, ७, ८, ९ र १० ले भद्रपुर भन्सार अगाडीबाट दिउँसो डेढ बजे मोटरसाइकल र्याली निकालिने छ । राष्ट्रिय झण्डा, एमसीसीविरुद्धको विभिन्न प्ले–कार्डसहित निस्किने र्याली नगर क्षेत्रको विभिन्न स्थानको परिक्रमा गरी चन्द्रगढीस्थित ट्रेड युनियन चोकमा कोणसभामा परिणत हुनेछ । सयौँको संख्यामा निकालिने एमसीसी विरुद्धको मोटरसाइकल र्यालीमा राष्ट्रघाती एमसीसी विरुद्ध सबै…
झापा, ८ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए। सभामुखको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै एमालेले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ। ुहामीले सरकारमा रहँदा संसद्मा एमसीसी पेस गरौं भनेका थियौुं, अध्यक्ष ओलीले भने, ुसंसद्ले नै निर्णय गर्छ। संसद्मा नपुर्याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने ? निर्णय गर्ने ठाउँमा त पुयाइदिऔं।’ उनले सत्ता गठबन्धनमा रहेकाहरूले नै एमसीसी सम्झौता गरेको बताए। ुअहिले सरकारमा जो छ उनीहरूले नै ५ वर्षअघि एमसीसीमा सम्झौता गरे,ु उनले भने, ‘एमसीसीलाई ठगी खाने भाँडो बनाउँदै छन्। एमालेलाई सरकारबाट…
भद्रपुर, ७ माघ । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा भोलि भद्रपुरमा मोटरसाइकल र्याली प्रदर्शन गर्न लागिएको छ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको सचिवालयको आज बसेको आकस्मिक बैठकले एमसिसीको विरोधमा भोलि भद्रपुरको दुई स्थानबाट मोटरसाइकल र्याली निकाल्ने निर्णय गरेको नगर इन्चार्ज नरेश सन्जेलले जानकारी दिए । भद्रपुर वडा नम्बर १, २, ३ ले हिमाली चोकबाट दिउँसो १ बजे र वडा नम्बर ४, ५, ६, ७, ८, ९ र १० ले भद्रपुर भन्सार अगाडीबाट दिउँसो डेढ बजे मोटरसाइकल र्याली निकाल्ने निर्णय गरेको उनले बताए । राष्ट्रिय झण्डा, एमसीसीविरुद्धको प्ले–कार्डसहित निस्किने र्याली नगर क्षेत्रको विभिन्न स्थानको परिक्रमा गरी चन्द्रगढीस्थित…
झापा, ७ फागुन । टि–२० विश्वकप छनोट अन्तरगत फिलिपिन्समाथि नेपालले सहज जित निकालेको छ। कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार साझेदारी र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले १३६ रनको जित निकालेको हो। जारी प्रतियोगितमा नेपाल लगातार दोस्रो जित निकाल्न सफल भएको छ। नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बन्यो। यसअघि कुशल भूर्तेलको शतक तथा दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रनको योगफल खडा गर्यो। टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन। दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट…
झापा, ७ फागुन । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेको प्रदेश १ सरकार सहमति जुटाउने प्रयासमा जुटेको छ । जसअनुसार प्रदेश १ सरकारले सर्वदलीय बैठकको आह्वान गरेको छ । प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठक आह्वान गरेको हो । उक्त बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तीनै दलहरूका प्रदेश कमिटी अध्यक्ष र सरकारका सबै मन्त्रीहरूलाई खबर गरिने संयोजक यादवले जानकारी दिए ।मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्नका लागि पहल गर्दै आएका छन् ।