
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
तेह्रथुम, ३ फागुन । तेह्रथुमको सदरमुकाम म्याङलुङमा आज बिहानै आगलागी भएको छ । म्याङलुङ–१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सुरक्षाकर्मी,स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले जनाएको छ ।
झापा, ३ फागुन । चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न किसिमबाट असुलिने मिटर ब्याजीको माकुरेजालो देशै भर व्याप्त छ । त्यसमा सानाठूला सबै खालका कारोबार परेका छन् । काठमाडौँ उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटर ब्याजको समस्या विकराल छ । केही समयअघि सर्लाहीबाट श्याम परदेशी भन्ने श्यामकुमार साह २९९ जना ऋणीबाट र रामबाबु यादव पनि २५ जना ऋणीसँग मिटर ब्याज लिएको अभियोगमा पक्राउ परेका थिए । प्रहरीका अनुसार मिटर ब्याजको रमाइलो पक्ष के हुन्छ भने मिटर…
बिर्तामोड , २ फागुन। बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ट घोषित भए सँगै एक कार्यक्रमका बीच पुरस्कृत गरिएको छ । सोमबार काठमाण्डौको दरबार मार्गस्थित होटल याक एण्ड यतिमा नगर विकास कोषको ३४ औं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बिर्तामोड खानेपानी संस्थालाई दोस्रो पटक पुरस्कृत गरिएको हो । संस्थाको अध्यक्ष जलकुमार गुरुङ र सचिव मेघराज बाँस्तोला लाई शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कदर पत्र हस्तान्तरण गर्नुभएको थियो । यस अघि सन् २०१८ मा देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यो वर्ष दोस्रो पटक पुनः उत्कृष्ट बनेको हो । संस्थाले खानेपानी आयोजना…
धनकुटा, २ फागुन । धनकुटाको पाख्रिवास नगरपालिका(९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २ माघ । झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज बिहान साढे ५ बजे तामाङले मोबायल बिगारेको बिषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । मृतक लाश आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, मोरङ उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै…
नेपाली बृहत् शब्दकोश अनुसार ‘मोह-बस कसै्प्रति हुने हार्दिकतायुक्त अनुराग नै माया हो ।’ ‘जीवनलाई बन्धनमा राख्ने मोहरुपी शक्ति नै माया हो ।’ ‘वेदान्तका अनुसार सम्पूर्ण सृष्टि र प्रपञ्जको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति, लीला नै माया हो ।’ संसरमा यस्ता अमर प्रेमी छन् जो उपन्यासमा मात्रै सीमित भए पनि विश्वले अमर प्रेमीको रुपमा सम्मान गरेकाे छ । उदारहणका लागि-रोमियो जुलिएट, हीर-राँझा, लैला-मज्नु ,मुना-मदन । जाे चोखोसाँचो मायाका अमर प्रेमीको प्रतिकका रुपमा विश्वभर प्रख्यात छन् । ‘आजको दिन विशेष गरी ती व्यक्तिका लागि खास छ, जसले साँचो अनि चोखो प्रेम गरेको हुन्छ, जो व्यक्तिले एकतर्फीबाट मात्र माया गरेको हुन्छ…
झापा, २ फागुन । चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा पुँजी निर्माणमा महत्त्वपूर्ण मानिने विकास बजेटको खर्च भने न्यून छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को सात महिना अर्थात् माघसम्ममा ६० अर्ब ७८ करोड ९६ लाख रुपियाँ विकास खर्च भएको छ । जुन कुल विकास बजेटको १६.०८ प्रतिशत हुन आउँछ । चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख विकास बजेट विनियोजन गरेको थियो । हालै मात्र बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले कुल विनियोजनको ९० प्रतिशत मात्र अर्थात् तीन खर्ब ४० अर्ब ३२ करोड रुपियाँ मात्र विकास बजेट खर्च…
झापा, २ फागुन । सहकारी संघसंस्थालाई निजी कम्पनीमा लगानी गर्न सहकारी विभागले कडाइ गरेको छ । आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा लगानी गर्न संस्थाको उद्देश्य तथा विनियममा उल्लेख गर्नुपर्ने प्रावधान राखेको छ । विनियममा उल्लेख भएपछि पनि संस्थाको पूर्ण स्वामित्व हुनेगरी लगानी गर्नुपर्ने, उक्त कम्पनीमा ५ प्रतिशतसम्म मात्र बाह्य ऋण लिन पाइने र सदस्यहरूको बचत रकम लगानी गर्न नपाइने व्यवस्था गरिएको छ । कम्पनीमा लगानी गर्न संस्थाको साधारणसभाबाट स्वीकृत गर्नुपर्ने प्रावधानसमेत राखिएको छ । सहकारी संस्थाका सञ्चालकहरूले आफै कम्पनीहरू खडा गरी संस्थाको रकम जथाभावी परिचालन गर्न थालेपछि विभागले लगानीमा कडाइ…
झापा, २ फागुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ । यही मार्गचित्रका आधारमा आयोगले मतदाताको अन्तिम नामावली तयारी गर्नेदेखि मतगणनासम्मको फरक–फरक कार्यतालिका तयार गरेर निर्वाचन समग्र प्रक्रियालाई अगाडि बढाउने भएको छ । आयोगले सम्भवतः सोमबार नै राजनीतिक दल दर्ताका लागि आह्वान गर्न सक्ने सम्भावना छ । ुस्थानीय तह निर्वाचन–२०७९’लाई व्यवस्थित गर्ने क्रममा आयोगले आइतबारबाट नियमित पत्रकार सम्मेलन पनि सुरु गरेको छ । हालका लागि सोमबार र बिहीबार नियमित र आवश्यकता अन्य दिन पनि पत्रकार सम्मेलनमार्फत सूचना प्रवाह गर्ने आयोगले जनाएको छ । सो पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको कार्यतालिका स्वीकृत गरेको जानकारी…
झापा, २ फागुन । सरकारले भारतसँग जिटुजी गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गर्न लागेको हो। भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुई देशबीच हुने सम्झौताको ड्राफ्ट समेत आइसकेको छ। रासायनिक मल ल्याउन छिट्टै भारतसँग जिटुजी गर्ने कृषि तथा पशुपन्छी विकास ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले बताए। ुमल दिन गर्दा न्यूनतम ५(६ महिना लाग्ने भएकाले भारत…