
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ पुस । सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रालयमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयले विद्यार्थीहरुको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा वार्षिक विदामा मिलान हुनेगरी पुस २७ देखि माघ १५ गतेसम्म विदा दिने निर्णय गरिएको जनाएको छ । मन्त्रालयले विदाको सो अवधिमा १२ देखि १७ वर्ष उमेरका विद्यार्थीहरुलाई नजिकैको खोप केन्द्रमा गई कोभिड विरुद्धको खोप लगाउन समेत अभिभावकहरूलाई अनुरोध गरेको छ ।
झापा, २६ पुस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए । ‘हामीले अरु थप निर्णय गरिरहनुपर्दैन, सीसीएमसीको निर्णय कार्यान्वयनका लागि पठाउने हो, त्यही निर्णय भएको छ’, प्रवक्ता शर्माले भने, ‘ बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ ।’ शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो । आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ…
झापा, २६ पुस । झापाको मेचीनगर नगरपालिका–१० स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर–१० का ३२ बर्षीय बिक्रम प्रसाई र मेचीनगर(९ का ४४ बर्षीय संजय खडका रहेका छन । हिजो बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रसाई र खडकाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, २६ पुस । काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुरको ताथली–सिन्धुपाल्चोकको रविओपी सडकमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो । सडक विभागले ती सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र मागेको छ । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात झाका अनुसार प्रस्तावित हरेक सुरुङ…
झापा, २६ पुस । राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा २६ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा पनि गैर बैङ्किङ प्रणालीबाट कारोबार भएको छ । विभागले उक्त घटनामा ५५८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७५–७६ मा नौ अर्ब ८३ करोड रुपैयाँ राजस्व छली तथा चार अर्ब ६१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, आव २०७६–७७ मा १५ अर्ब ५९ करोड ७२ लाख राजस्व छली तथा एक अर्ब…
झापा, २६ पुस । एक दशकभन्दा लामो समयदेखि उद्योगी व्यवसायीले निरन्तर रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) दोहन गर्दा जिम्मेवार निकाय अर्थ मन्त्रालय बेफिक्रीजस्तै देखिएको छ। भ्याट राजस्वका प्रमुख स्रोतमध्येको एक हो। एक दशकभन्दा धेरै समयदेखि विभिन्न किसिमबाट भ्याट छली भइरहेको छ। तर अर्थ मन्त्रालयले न भ्याट छली गर्ने उद्योगी व्यवसायीलाई कारबाही गर्न सकेको छ न त अनुसन्धानमा नै जोड दिएको छ। एक दशकअघि भ्याटको नक्कली बिल बनाएर राजस्व छली गरेको फेला परेपछि अर्थ मन्त्रालयको तत्कालीन नेतृत्वले आन्तरिक राजस्व विभागका कर्मचारीको एउटा टोली बनाएर अनुसन्धान गरेको थियो। रामेश्वर खनाल अर्थसचिव भएको बेला बनेको त्यो टोलीले गरेको अनुसन्धानले त्यस बेला करिब ७…
झापा, २६ पुस । छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्। पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो। पछिल्ला दिनमा, भारतीय सीमा बजारमा किनमेल गर्न जानेमा पनि कोभिड संक्रमण भेटिन थालेपछि सीमामा कडाइ गर्नुपर्ने स्थिति देखिएको छ। तर, सीमा नाकामा नेपालको पर्याप्त सुरक्षा चेकजाँच र सतर्कता देखिएको छैन। यसबाट, कुनै पनि बेला मुलुकमा भयावह अवस्था नआउला भन्न सकिन्न। दैनिक रूपमा हजारौंले नेपाल–भारत सीमा ओहोरदोहोर गर्छन्। तर, सबैको परीक्षण हुन…
झापा, २६ पुस । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ । नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर उठाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ । सरकारले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, मूल्य स्थिरीकरण कोष कर, वातावरण प्रदूषण शुल्क र पूर्वाधार विकास गरी ६ शीर्षकमा कर उठाउने गरेको छ । प्रतिलिटर पेट्रोलमा निगमले ५७ रुपैयाँ ७३ पैसा भन्सारमै कर उठाएर राज्यलाई बुझाउने गरेको छ । त्यसको भार सिधै आम उपभोक्तामा परेको छ…
बिर्तामोड, २५ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महामन्त्री बनेसँगै आफू परीक्षामा उभिएको बताउनुभएको छ । कांग्रेस झापाले आज आयोजना गरेको पार्टीको केन्द्रीय एवम् १ नं. प्रदेश समितिका विजयी पदाधिकारीको स्वागत–सम्मान कार्यक्रममा महामन्त्री शर्माले त्यस्तो बताउनुभएको हो । “निर्वाचित भएसँगै पाँच वर्षीय परीक्षामा उभिएको छु”, महामन्त्री शर्माले भन्नुभयो, “डिग्री पढेको युवाले जागीर खान दलको ढोका ढक्ढक्याउनुपर्ने, समग्र अव्यवस्थाको अन्त्य गर्ने र पार्टीको रुपान्तरणका लागि सक्दो प्रयास गर्ने परीक्षामा उभिएको छु ।” महामन्त्री शर्माले सँगै हिँड्दा ठेस लागे पनि आफ्नो साथीको स्पर्श सम्झेर क्षमा गर्दै पार्टीको हितमा लाग्न सबैलाई आह्वान गर्नुभयो । अहिलेसम्म कुनै पनि प्रधानमन्त्री ५ बर्ष नटिकेको…
बिर्तामोड, २५ पुस । कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको २१औं वार्षिक साधारणसभा अन्तरगत आज अन्तिम माइन्युट प्रमाणित सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रम प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । कार्यक्रमको औचित्य प्रष्ट्याउँदै अध्यक्ष श्रेष्ठले विभिन्न सेवा केन्द्रहरु मिलाएर बनाइएको १५ वटा एकाईमा सम्पन्न साधारणसभाका सुझाव तथा निश्कर्षहरु समेटेर अन्तिम माइन्युट प्रमाणित गर्न साधारणसभा गरिएको बताए । सबै एकाईबाट छानिएर तीन जनाका दरले प्रतिनिधिहरु अन्तिम माइन्युट प्रमाणित गर्न आएका थिए । अन्तिम माइन्युट प्रमाणित साधारणसभाको औचित्य प्रष्ट्याउँदै अध्यक्ष श्रेष्ठले संस्थाका कार्यविधिहरुमा समेत परिमार्जन एवम् संशोधनको प्रस्ताव…