
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २९ माघ । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा जेक्वेर कम्पनीका सेनेटरी र लाइटिङको सम्पूर्ण सामग्रीको शोरुम सञ्चालनमा आएको छ । पूर्वकै पहिलो बिर्तामोडको कृष्ण सिनेमाहल रोडमा जेक्वेरको सेनेटरी र लाइटिङको शोरुम निर्माण नेपाल सञ्चालनमा आएको हो । सो रुमको मुख्य सञ्चालक विवेक गुप्ता साथै मदनलाल गुप्ता, ओमप्रकाश गुप्ता र आनन्द गुप्ता रहनुभएको छ । उहाँहरुको करिब २ करोड रुपैयाँको लागतमा शोरुम सञ्चालनमा आएको हो । “जेक्वेर भारतको १ नम्बर बहुराष्ट्रिय कम्पनी हो”, सञ्चालक विवेक गुप्ताले भन्नुभयो, “जेक्वेरले उत्पादन गरेका सेनेटरी र लाइटिङका आइटम अत्यन्तै टिकाउ र राम्रो छ ।” उहाँले जेक्वेरले विभिन्न १७ वटा मुुलुकमा आफ्ना सामान उत्पादन…
सन्तोष शर्माझापा, २९ माघ । झापा क्षेत्र नं. १ का सामुदायिक स्वास्थ्य इकाइहरु सुविधा सम्पन्न बन्न थालेका छन् । अत्याधुनिक ल्याब सेवा शुरु भएसँगै यहाँका सामुदायिक स्वास्थ्य इकाइहरु सुविधा सम्पन्न बन्न थालेका हुन् । झापा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत मेचीनगर आठ वटा वडामा र बुद्धशान्ति गाउँपालिकाको तीन वटा वडाको चार वटा सामुदायिक स्वास्थ्य इकाइहरुमा ल्याब सेवा सञ्चालनका लागि ल्याब सामग्री उपलब्ध गराइएको झापा क्षेत्र नं. १ का सांसद राम कार्की (पार्थ) ले जानकारी दिनुभयो । “सामुदायिक स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउन सामग्री प्रदान गरिएको हो”, उहाँले भन्नुभयो, “यसबाट नागरिकले घरगाउँमै सेवा पाउनुका साथै संविधान…
यदि शरीरको कुनै भाग काम नलाग्ने भयो वा कुनै दुर्घटनामा शरीरको कुनै अंग गुम्यो भने मानिसको जीवन निकै कष्टपूर्ण बन्न जान्छ । तर, अब वैज्ञानिकहरूले अकल्पनीय उपायस्वरूप एउटा यस्तो लेप बनाएका छन्, जसले मानिसका काटिएका अंगहरूलाई पुनः पलाउन मद्दत गनेर् छ !वैज्ञानिकहरूले तयार पारेको उक्त औषधीय लेपको प्रयोगबाट मानिसको काटिएका अंगहरू माउसुलीको पुच्छर जस्तै पुनः पलाउने दावी गरिएको छ । भ्यागुतामा गरियो प्रयोग‘साइन्स एड्भान्सेज’ नामक जर्नलमा प्रकाशित अनुसन्धान–पत्र अनुसार, दुई अमेरिकी शोधकर्ताहरूले भ्यागुताको काटिएको खुट्टा पुनः पलाउन सफलता प्राप्त गरेबाट सो लेपले मानिसको गुमेको अंग पनि पुनः पलाउने आशा जगाएको छ ।अमेरिकाको हार्वर्ड र टुफ्ट्स विश्वविद्यालयका शोधकर्ताहरूले उक्त भ्यागुतालाई १८ महिनासम्म अध्ययनमा राखेका…
फोटो : रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको फेसबक बाट लिएको हो। मेचीनगर २९ माघ। मेचीनगर नगरपालिका वडा नंं १४ दुवागढीस्थित मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । आज बिहान ४.३० बजेदेखि आगलागी शुरु भएको अनुमान गरिएको छ । आगो निभाउन झापा ,मोरङ, इलाम र सुनसरीका दमकललाई बोलाइएको छ । बिहानैदेखि आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताउन भयो । यस अघि पनि मेचीनगर काँकरभिट्टा स्थित एसएस फुटवेयरमा आगलागी भएको ९ दिनपछि मेचीनगरमा अर्को भीषण आगलागी भएको थियो ।
चन्द्रकला भण्डारी झापा, २८ माघ । चन्द्रबहादुर भुजेल बिहान उठेर आँगनको धारामा हातमुख धोएपछि सडकका छेउमा बाँसको मुडामा टुक्रुक्क बसेर चिया पिउँदै वरपर हेर्छन् र मुस्कुराउँछन्। घरअगाडि टायल बिछ्याइएको फराकिलो सडक छ। छिमेकमा एकै रूप र शैलीका चिटिक्क घर छन्। बिजुलीले घर झलमल्ल छ। सिलिङमा जिप्सन लगाइएको छ। झापाको दमक नगरपालिका वडा नं १ मा निर्मित एकीकृत नमुना बस्तीको सात नम्बर घरमा बसेका ७३ वर्षीय भुजेललाई अहिलेको बसाइ सपनाजस्तै लाग्छ। जीवनभर दुःखजिलो गर्दा डेरामा बस्नुपरेको लामो पीडालाई नमुना बस्तीको आरामदायी बासले बिर्साइदिएको छ। बस्ने घर पाइए पनि जग्गाको धनीपुर्जा हातमा नहुँदा भने उनलाई खल्लो अनुभूति हुन्छ। ‘सपनामा पनि यति राम्रो…
झापा, २८ माघ । ओमानमा जारी चार देशीय टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। ओमानले दिएको १३६ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाएको थियो। सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीले पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। योसँगै सन्दीप नेपाली टोली सम्हाल्ने ११औं कप्तान बनेका छन।
भद्रपुर, २८ माघ । स्थानीय चुनावको मिति घोषणा भएसँगै नेकपा (माओवादी केन्द्र) भद्रपुरले पार्टी प्रवेश र टोल कमिटी गठनमा सक्रियता बढाएको छ । योसँगै माओवादी केन्द्र ५ नम्बर वडा कमिटीले तरबेज शेखको अध्यक्षतामा २५ सदस्य बुद्धशान्ति टोल कमिटि गठन गरेका छन् । टोल कमिटीको उपाध्यक्षहरूमा मेहेरा देहेरी, परीक्षण दास, भोलमान सेन्चुरी, सचिवमा सुमित्रा हेमरम र सह सचिवमा गौर राय र कोषाध्यक्षमा प्रमीला गुप्तालाई चयन गरेका छन् ।कमिटीको सदस्यहरूमा विशाल मेचे, राजकुमार चौधरी, महेन्द्र चौधरी, सञ्जय दास, विनोद दास, सुवास राजवंशी लगायत रहेका छन् । माओवादी केन्द्र भद्रपुर नगर इन्चार्ज नरेश सन्जेलको प्रमुख आतिथ्यमा भएको भेलामा नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नगर…
झापा, २८ माघ । यसै साता राप्रपा परित्याग गरी नयाँ पार्टी खोल्न लागेका कमल थापा झापाको दमक आइपुगेका छन् । राप्रपाका प्रदेश अध्यक्ष राम थापाको छोराको बिहे मान्न उनी दमक आएका हुन् । दमकको कस्मिक पार्टी प्यालेसमा विवाह भोज आयोजना गरिएको छ । विवाहमा राप्रपाका नेताहरु राजकुमार पोखरेल , अम्बर विष्ट , लक्ष्मी सङ्ग्रौला, कमल खरेल , नारायण राजवंशी , चेतनाथ थापा , भीम पौडेल , देवी दंगाललगायतको सहभागिता रहेको छ । त्यस्तै संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी , नेपाली काँग्रेसका जिल्ला सभापति देउमान थेबे , दमक नगर अध्यक्ष प्रकाश प्रसाईँलगायतको सहभागिता रहेको छ । राप्रपा अचानक छोडेर अर्को पार्टी खोल्न…
झापा, २८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण भएको छ । ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १३, झापामा १२, धनकुटामा ३, तेहृथुम र उदयपुरमा २–२, इलाम, ताप्लेजुङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ८, सुन्दरहरैचामा ४, बेलबारी र कानेपोखरीमा ३–३, रतुवामाई र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ६, धरानमा ३, रामधुनी, दुहवी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र…
झापा, २८ माघ । झापाको कमल गाउँपालिका-४ स्थित पुर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवशताक्षी(८ का ४१ बर्षीय नर बहादुर गहतराज रहेका छन । जो बेलुका सवा ३ बजे पुर्व तर्फ जाँदै गरेको मे.१च ११६७ नम्वरको बलेरोले बिपरित दिशा तर्फ आउदै गरेको मे।६प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भिर घाईते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाईफ लाईन अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।