
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २ माघ । झापाको बुद्धशान्तिमा आज सखुवाको गोलिया बेवारिसे अवस्थामा फेला परेको छ । आज दिउँसो बुद्धशान्ति गाउँपालिका–१ दामा खोलामा सखुवाको गोलिया फेला परेको हो । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको अन्दाजी ४७ किबि सखुवाको गोलिया बरामद गरेको छ । बरामद गोलिया रोङ सवडिभिजन वन कार्यालय इलामलाई बुझाइएको प्रहरीले जनाएको छ ।
बिर्तामोड, २ माघ । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले एक विपन्न परिवारको घर निर्माण थालेको छ । नगर समितिले शिवसताक्षी–८ का मनकुमार राईको घर निर्माण थालेको हो । कांग्रेस झापा सभापति देउमान थेवेले आज एक कार्यक्रमका बीच राईको घर शिलान्यास गर्नुभयो । राई परिवार डेढ दशकदेखि फुसको घरमा बस्दै आएको छ । पार्टीले राई परिवारलाई दुई कोठा र शौचालयसहितको घर निर्माण गरिदिन लागेको घर निर्माण समितिका संयोजक एवम् कांग्रेस शिवसताक्षीका उपाध्यक्ष सन्तकुमार फेउदिनले जानकारी दिनुभयो । घर शिलान्यासकै दिन आज रू दुई लाख ८७ हजार ५२ बराबरको नगद र जिन्सी सहयोगको प्रतिबद्धता आएको उहाँले बताउनुभयो । पक्की घर निर्माण हुन…
बिर्तामोड, २ माघ । झापामा आज ५८ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको विर्तामोडमा २०, दमकमा १३, कनकाईमा ९, मेचीनगरमा ५, अर्जुनधारामा ३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, भद्रपुर ,कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेश १ मा आज ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप्लेजुङ र भोजपुरमा २–२, खोटाङमा १ र प्रदेश…
मोरङ, २ माघ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ३३ बर्षीय जय शर्मालाई श्रीमति कुटपिट गरी हत्या गरेको आरोमा प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते शर्माको कुटाईबाट घाइते भएकी १९ वर्षीया श्रीमती पुजा बिकलाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएकोमा निजको अस्पतालमा उपचार हुन नसकि घर लाने क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त घटनामा संलग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड, २ माघ । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघले कनकाईस्थित जामुनखाडी सिमसार क्षेत्रमा साधारण सभा आयोजना गरेको हो । संघका जिल्ला अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित साधारणसभाको केन्द्रीय वचत तथा ऋण सहकारी संघका अध्यक्ष परितोस पौडेलले उद्घाटन गरेका थिए । संघका सचिव यामकुमार चुडालले सञ्चालन र वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले अहिले बैंकहरुमा तरलताको संकट रहे पनि सहकारी संस्थाहरुले बैंकहरुको जस्तो तरलताको संकट झेल्नु नपरेको बताए । पछिल्लो समय राष्ट्रव्यापी रुपमा वित्तीय क्षेत्रमा देखा परेको संकटले सहकारीहरुलाई केही प्रभाव पारे पनि सहकारीमा…
भद्रपुर, २ माघ । झापाको भद्रपुरमा ६ दशकअघि स्थापना भएको एउटा धान–चामल तथा तेल मिलका मिलका सञ्चालक रामचन्द्र गुप्ताको निधन भएको छ । नेपालबाट भारततर्फ धान–चामल निर्यात भइरहेको समयमा वि। सं २०२० सालमा स्थापना भएको गुप्ता राइस एण्ड आयल मिलका सञ्चालक गुप्ताको ८६ वर्षको उमेरमा शुक्रबार बेलुकी भद्रपुर ५ स्थित निवासमै निधन भएको र शनिबार विहान स्थानीय मेची नदीमा विधिपूर्वक दाहसंस्कार गरिएको परिवारले जनाएको छ । दाहसंस्कारस्थलमा सहभागी भएका जिल्लाका प्रतिष्ठित उद्योगी–व्यवसायीहरुले स्व। गुप्ताप्रति ऋद्धाञ्जलि अर्पण गरेका थिए । गुप्ता मुटुको बिरामी थिए । उपचारका लागि भारतको दिल्ली पुर्याइए पनि उपचार सम्भव नभएपछि घरमै आराम गरेर बसेको अवस्थामा निधन भएको…
झापा, २ माघ । झापाका दुई पालिकाले अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसंग संझौता गरेका छन् । झापाको शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले आयोगसंग सझौता गरेका हुन् । पुस २७ मा दमक र २८ गते शिवसताक्षी नगरले संझौता गरेको शिवसताक्षी नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए । यस अघि बुद्धशान्ति र कनकाईले संझौता गरेका थिए । झापाबाट चार वटा पालिकालाई अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसंग संझौताका लागि बोलाइएको थियो । देश भरका ९१ वटा स्थानिय तहलाई राष्ट्रिय भूमि आयोगले पुस २४ गते आयोगको कार्यालय काठमाण्डौमा संझौताका…
झापा, २ माघ । भारतमा शनिबार २ लाख ६९ हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । १ लाख २२ हजार ३११ जना निको भएका छन् जबकी ३०९ जनाको मृत्यु भएको छ । त्यसैगरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख ३० हजार ७८५ को वृद्धि भएको छ । हाल भारतमा १५.४२ लाख सक्रिय संक्रमित छन् । तेस्रो लहरमा सक्रिय संक्रमित पहिलो पटक १५ लाख पार पुगेको छ । यसअघि शुक्रबार २.६८ लाख जना संक्रमित भेटिएका थिए । भारतमा हालसम्म कूल ३.७१ करोड संक्रमित भइसकेका छन् जसमध्ये ३.५० करोड निको भइसकेका छन् । हालसम्म ४,८६,०६१ जनाको मृत्यु भइसकेको छ…
झापा, २ माघ । नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन् । अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटा बैङ्कबाट मात्र ८० करोड रुपियाँभन्दा बढी ऋण लिएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख…
झापा, २ माघ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् । त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । त्रिविले उच्च शिक्षाको ७५ प्रतिशत भार ओगटेको छ । विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने यसअघि नै सरकारले निर्णय गरेको छ । कोरोना…