
बिर्तामोड, २ माघ । झापामा आज ५८ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको विर्तामोडमा २०, दमकमा १३, कनकाईमा ९, मेचीनगरमा ५, अर्जुनधारामा ३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, भद्रपुर ,कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, प्रदेश १ मा आज ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप्लेजुङ र भोजपुरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण भएको हो ।
मोरङको विराटनगरमा १३७, बुढीगंगामा १३, सुन्दरहरैचा र कानेपोखरीमा ३–३, रतुवामाई, कटहरी र बेलबारीमा २–२, जहदा, रंगेली, उर्लाबारी र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा २५, धरानमा ७, इनरुवामा ४, रामधुनी, गढी र दुहवीमा ३–३, कोशी गाउँपालिकामा २, भोक्राहानरसिंह, हरिनगर, बर्जु र बराहक्षेत्रमा १–१, उदयपुरको चौदण्डीगढीमा ३ र त्रियुगामा २, ताप्लेजुङको आठराई त्रिवेणी र सिदिङ्वामा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, खोटाङको दिप्रुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७ महिला र १४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ६८० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



