झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ पुस । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताएका छन् । उनले झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा वाटर किङडम पार्कको आज उद्घाटन गर्दै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर उनले आउँदो निर्वाचनमा जनादेशबाट एमालेको एकल बहुमतको सरकार स्थापित हुने समेत दाबी गरे । उनले आफू प्रधानमन्त्री भएको बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले बजेट नदिएर ठप्प तुल्याएको आरोप लगाए । प्रदेश नं १ पर्यटकीय दृष्टिले समृद्ध रहेको चर्चा गर्दै उनले पर्यटन विकासका लागि पचासौँ करोड लगानी हुनु…

Read More

विराटनगर, २५ पुस । प्रदेश १ सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले संस्कार सिकाउनु पर्नेमा जोड दिनु भएको छ । सहकारीले बचत मात्र नभएर संस्कार पनि सिकाउनु पर्ने उहाँले बताउनुभयो । जिल्ला सहकारी संघ मोरङको २९ औं साधारण सभाको आज भएको उद्घाटन कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । सहकारी विपन्न वर्गका लागि सहरा भएको उहाँले बताउनुभयो । मन्त्री यादवले सहकारीमा महिलाको सहभागिता उल्लेख्य देखिएपनि नेतृत्व तहमा पुग्नेको संख्या कम देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सहकारीमा महिलाको सहभागिता ५२ प्रतिशत देखिए पनि नेतृत्वमा पुग्ने महिलाको संख्या न्यून छ ।’ मन्त्री यादवले सहभागिता र नेतृत्वमा तालमेल नमिलेको देखिएको बताउनुभयो…

Read More

बिर्तामोड, २५ पुस । भुमीहिन र सुकुम्बासीहरुको समस्या समाधानमा शिवसतासीका नगरप्रमुख चन्द्रकुमार शेर्माले देखाएको वेवास्ताप्रति शिवसताक्षीका क्रियाशिल ६ वटा राजनीतिक दलले आपत्ति प्रकट गरेका छन् । भुमिहीन एवं सुकुम्बासीको समस्या समाधानका लागि शिवसताक्षी नगरपालिकालाई नमूना पालिकाको रुपमा चयन गर्दै नेपाल सरकारको राष्ट्रिय भूमि आयोगले सम्झौताका लागि बोलाउँदा शिवसतासी नगरपालिकाका नगरप्रमुख चन्द्रकुमार शेर्मा नगएर समस्या समाधानमा वेवास्ता गरेकोप्रति ती दलहरुले आपत्ति प्रकट गरेका हुन् । नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेत, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष महेन्द्र भटराई, नेकपा (एकीकृत समाजवादी) का नगर उपाध्यक्ष खड्गध्वज खापुङ, संघीय लिम्बूवान मञ्च नेपालका नगर अध्यक्ष प्रकाश लिङ्गदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष मणिप्रसाद खड्का,…

Read More

झापा, २५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । २९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ र १३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण हो । मोरङको विराटनगरमा ३२, उर्लाबारी, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीमा १–१, झापाको विर्तामोडमा २, दमक, बाहृदशी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २, रामधुनी र हनिगरमा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण हो । प्रदेश…

Read More

सन्तोष शर्माभद्रपुर, २५ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । झापाको भद्रपुर–१० चन्द्रगढीस्थित सहिद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले त्यस्तो आग्रह गर्नुभएको हो । “देशको गरिमा उच्च बनाउन र देशलाई विकसित बनाउन भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरी जनता मन जित्नेगरी काम गर्नुहोस् ।” मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने बताउँदै उहाँले कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने…

Read More

झापा, २५ पुस । कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेकोकोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् । कोरोना संक्रमण पछिल्लो दिनमा बढ्दै गएको निष्कर्षका साथ बैठकले यो निर्णय गरेको उनको भनाइ छ । बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शिक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ ।

Read More

विर्तामोड , पुष २५ । सामाजिक कार्यमा सक्रिय रहँदै आएको ‘एमकेके समूहले आगामी १ बर्ष को कार्यक्रम प्रतिवेदन प्रस्तुत गदै पाँचौ साधारणसभा सम्पन्न गरेको छ । शनिवार वितामोडमा सम्पन्न भेलाले सर्वसम्मत रुपमा आकाश उप्रेतीलाई अध्यक्षमा चुनिएका छन् । संस्थाको कार्य समितिमा उपाध्यक्ष प्रकाश उप्रेती , ज्ञानु खरेल सचिव बिज्ञान राज पौडेल ,उपसचिव कन्चन भण्डारी , अनुप प्रसाईं कोषाध्यक्ष सुदिप भट्टराई ,सहकोषाध्यक्ष सुनिता काफ्ले चयन भएका छन् । त्यसै गरी संस्थाको सामाजिक काम लाई चुस्त पारदर्शी पर्नको लागि उप-समिति पनि गठन गरिएको सचिव विज्ञान राज पौडेलले जानकारी दिए । नव गठित उप-समिति प्रमुखमा कैलाश प्रसाईं , साहित्य र संगित उपसमिति संयोजकमा…

Read More

झापा, २५ पुस । हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको ३४ किलोमिटर दूरी रेलले तय गरेका हुन् । २०७७ असोज २ गते भित्रिएका दुई रेल कात्तिक ५ गते भारतीय रेल्वे कम्पनी कर्पोरेसन ९कोँकण०ले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । ८४ करोड ६५ लाख रूपियाँमा रेल किनिएका हुन् । तर, ती रेल डेढ वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेसनमा त्रिपाल ओढाएर थन्काइएका थिए । ती रेल ल्याइएपछि शनिबार दोस्रो पटक परीक्षण गरिएको हो । यसबीचमा रेल चलाउने मिति पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक गत मङ्सिरमा भौतिक पूर्वाधार तथा…

Read More

झापा, २५ पुस । नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयको जग्गा भाडा दिएकोसँग सम्बन्धित आवश्यक कागजपत्र उपलब्ध गराउन परिपत्र गरेको छ । सङग्रहालयको जग्गा भाडामा लगाउनुका कारण, औचित्य र आवश्यकता तथा प्रक्रियासम्बन्धी भएका निर्णयसहितका कागजपत्र उपलब्ध गराउन भनेका छौँ, संयोजक लुइँटेलले भने । सो समितिले आवश्यक कागजपत्र उपलब्ध गराउन सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई शुक्रबार नै निर्देशन दिएको थियो । समितिका अनुसार जग्गा भाडामा लगाउने विषयसँग सम्बन्धित कागजपत्र बुझ्ने काम…

Read More

झापा, २५ पुस । चालू आर्थिक वर्षको पाँच महिना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पुँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शुक्रवार आयोजना गरेको विकाससम्बन्धी नीति तथा पुँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपायका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएका हुन् । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत र तेस्रो चौमासिकमा बढी खर्च हुने गरेको बताइन् । प्राविधिक जनशक्ति अभाव, विना योजना बजेट छुट्याउनेजस्ता कारणले पनि पुँजीगत खर्च हुन नसकेको उनले बताइन् ।…

Read More