झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५, उदयपुर, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ६५, बुढीगंगामा ५, सुन्दरहरैचामा ३, ग्रामथानमा २, पथरीशनिश्चरे, रंगेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा ३, दुहवी र बराहक्षेत्रमा १–१, धनकुटाको…

Read More

पोखरा १५ माघ ।आहा रारा गोल्डकपको २० औं संस्करण फुटबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । मनाङ मर्स्याङदी क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले उपाधि जितेको हो। शनिबार भएको प्रतिस्पर्धात्मक खेलको निश्चित समयमा २-२ गोलको बराबरी भएको थियो । खेल अतिरिक्त समयको ३० मिनेटमा गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निस्किएको थियो । मनाङका फ्रयांङक्लिन खेटे, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्र्दा पाँचौ नम्बरमा प्रहारका लागि आएका अफिज ओलावालेले बललाई जाली चुमाउन सकेनन् । एपिएफका नविन लामा, सनिश श्रेष्ठ, रवि थिङ्ग, मणी लामा, आरमन्ड विडङले पेनाल्टीमा कुनै गल्ति गरेनन् । यसअघि…

Read More

बिर्तामोड, १५ माघ । आज दिउँसो मेचीनगर–३ दुधे गोलाटारमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–३ का ४२ वर्षीय मेघेन्द्र बिक रहेका छन् । सोही स्थानकी पुजा देवानको बारीमा रहेको लामपात्तेको रुखको हाँगा झार्ने क्रममा सोही रुखबाट लडेर बिक गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड, १५ माघ । झापाको कनकाई नगरपालिकामा ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ । आज दिउँसो कनकाई–७ कप्तानलुङस्थित भित्रि कच्ची सडक खण्डमा सोही स्थानका ४५ वर्षीय बालकृष्ण दुलालले घर आगाडी पार्किङ गरी राखेको मे १ त ७५४९ नम्बरको ट्याक्टर आफैँले स्टार्ट गरी अगाडी बढाउने क्रममा सोही ट्याक्टर मुनि खेलिरहेकी आफ्नै छोरी २ वर्षीया आरोषि दुलालको ट्याक्टरको चक्काले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । गम्भीर घाइते भएकी आरोषिलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा १२ः४० बजे मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो ।

Read More

झापा, १५ माघ । झापाको पुरानो र ठूलो चिया बगान गिरी बन्धु टी स्टेटको जग्गा बिक्रीको विषयलाई लिएर राजनीतिक आरोप प्रत्यारोप सुरु भएको छ । गिरीबन्धु टी स्टेटले हदबन्दीभन्दा बढी राखेको चियाबगानको जग्गा सट्टापट्टाको नाममा बिक्रीवितरण गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णयको स्थानीय राजनीतिक दलले विरोध गरिरहेका छन् । गिरीबन्धु टी स्टेटको स्वामित्वमा झापाको विर्तामोड र अर्जुनधारा गरी ३४१ बिघाभन्दा बढी जग्गा रहेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले भूमिसम्बन्धी ऐन २०२१ संशोधन गरी चिया बगानको जग्गा बिक्रीका लागि बाटो खुला गरेको थियो । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गिरीबन्धु टी स्टेटको अर्बौं मूल्य…

Read More

झापा, १५ माघ । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका मेचीनगर नगरपालिका–७ आयाबासीका राजु थापा क्षेत्री तीन वर्षदेखि सम्पर्कविहीन भएका छन्। राजु सम्पर्कविहीन हुँदा घरका सदस्य बिचल्लीमा परेका छन्। राजु १० वर्षअघि साउदी अरब गएका थिए। तर, तीन वर्षदेखि सम्पर्कमा नरहेको उनकी श्रीमती मनकुमारीले बताइन्। उनले श्रीमानको खोजीमा सहयोग गरिदिन आग्रह गरेकी छिन्। ‘श्रीमान् घर खर्च त के पठाओस्, हाम्रो सम्पर्कमै हुनुहुन्न,’ मनकुमारीले भनिन्, ‘परिवार पाल्नै धौधौ परिसकेको छ। श्रीमानलाई खोज्न धेरै प्रयास गर्‍यौं, अहिलेसम्म उहाँ सम्पर्कमा आउनुभएको छैन।’ २०६८ सालमा श्रीमती, स–साना दुई छोरी र बिरामी भएका बुबा–आमालाई छाडेर राजु साउदी अरब काम गर्न गएका थिए। राजु विदेशमै भएका बेला…

Read More

झापा, १५ माघ । कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन्। उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन। पाँच हजारभन्दा बढीलाई भेला गरेर भोजसहितको विवाह मन्त्री साहले आयोजना गरे। जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएको थियो। तर, विवाहको स्वयंवरमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र पनि उपस्थित भए। स्वयंवरपछिको भोजमा…

Read More

झापा, १५ माघ । आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि खुलेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको थियो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ । यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ । खोप लगाएको…

Read More

झापा, १५ माघ । नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ। परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८।७ प्रतिशत, १२ गते ४६।३ प्रतिशत, १३ गते ४१।५ प्रतिशत र १४ गते ३६।८ प्रतिशत संक्रमित भएको देखिन्छ। यो हिसाबले ६ दिनको अवधिमा १४ प्रतिशत बिन्दुले संक्रमण दर घटेको देखिन्छ। ९ गते यता प्रत्येक दिन २ देखि ४ प्रतिशत बिन्दुले संक्रमणदर घट्दै गएको तथ्यांकले औंल्याएको छ। पछिल्लो चौबिस घण्टामा परीक्षण भएका १९ हजार ८ सय ६९ वटा नमुनामध्ये ६ हजार ८ सय…

Read More

मोरङ, १३ माघ । मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको अभियोगमा सोही होटल संचालक सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल संचालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ बर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । उनीहरुले गत ७ गते बेलुका साढे ५ बजे महिला ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्याई जबरजस्ती करणी गरेको…

Read More