झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ माघ । झापामा शनिबार ४२ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार झापाको भद्रपुरमा २३, अर्जुनधारा र बिर्तामोडमा ४–४, मेचीनगरमा २, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, शनिबार प्रदेश १ मा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा ३–३, तेह्रथुम र भोजपुरमा १–१…

Read More

बिर्तामोड, ९ माघ । नेपाल दशनामी समाज झापाको पदहस्तान्तरण तथा बिर्तामोड नगर समितिको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । समाजको झापा भवनस्थित बुट्टाबारीमा शनिबार समाजको पदहस्तान्तरण तथा बिर्तामोड नगरका पदाधिकारी तथा सल्लाहकारलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । समाजका झापा अध्यक्ष खिलबहादुर गिरी (राजु) को अध्यक्षतामा भएको पदहस्तान्तरण कार्यालयमा समाजका केन्द्रीय संरक्षक हर्कलाल गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष खिलबहादुरले सातौ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष केदार गिरीसहित पदाधिकारीलाई समितिको माइन्यूट प्रदान गर्दै पद हस्तान्तरण गरेका थिए । केन्द्रीय संरक्षक भरतलाल गिरीको बिशिष्ठ आतिथ्य रहेको कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष डम्बर बन, केन्द्रीय सदस्य केदारप्रसाद गिरी, लभकुश गिरी, समाज…

Read More

भद्रपुर, ९माघ । स्थापनाको ११ औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० ले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । सहकारीका सचिव द्रोण अधिकारीले रगत दिएर उद्घाटन गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित २२ जनाले रक्तदान गरेका हुन् । संस्थाका अध्यक्ष अरूण बस्नेतको नेतृत्व रहेको कार्यक्रम रेडक्रस सोसाइटी झापाको प्राविधिक संयोजनमा सम्पन्न भएको हो । अध्यक्ष बस्नेतका अनुसार झापामा देखिएको रगत अभाव घटाउन सानो योगदान स्वरूप सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम गरिएको छ ।

Read More

भद्रपुर, ७ माघ । झापाका स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को विषयमा विभिन्न १४ बुँदै माग राख्दै सरकारलाई ज्ञापनपत्र पठाएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघमा आबद्ध स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को आमिक्रोन भेरियन्ट समुदायस्तरमै तीव्र रुपमा फैलिइरहेको भन्दै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र नियमित तथा महामारीसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न सक्रियताका साथ सरकारी संयन्त्र परिचालन हुनुपर्ने माग गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, जिल्ला कार्यसमिति झापाका अध्यक्ष भरत खतिवडाको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय झापा पुगेको स्वास्थ्यकर्मीहरुको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाइएको ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक र…

Read More

झापा, ७ माघ । झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका–१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ बर्षीय पुर्णलाल लिम्वु रहेका छन । हिजो राती ८ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संकालागि चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम प्रतिवन्धित लागु औषध ब्राउन सुगर बरामद गरेको हो । लागुऔध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

पाँचथर, ७ माघ । पाँचथरको फिदिम नगरपालिका–१ स्थितबाट ८ ग्राम प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–१ की ३२ वर्षीया देवि लकान्द्री रहेकि छिन । हिजो राती साढे ७ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु १ थान र निजले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकि लकान्द्रीको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा ५, उदयपुरमा ४, संखुवासभामा ३, इलाम र भोजपुरमा २–२, पाँचथर, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना संक्रमण भएको हो । मोरङको विराटनगरमा २५३, बुढीगंगामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, रंगेलीमा ५, कटहरी र स्थानीय तह नखुलेका ३–३, केराबारी, लेटाङ, धनपालथान,…

Read More

विर्तामोड , माघ ७ । आदर्श स्कुल अफ म्यानेजमेन्ट कलेज विर्तामोडले आफ्नो भूतपूर्व स्वर्गीय विधार्थी हेम कुमारी महतको स्मृतिमा न्यानो कपडा वितरण गरेको छ । शुक्रबार बार्षिक स्मृतिको पूण्य तिथिको अवसर पारेर झापा कन्काई न.पा वडा – ४ का मुसहर वस्ती मा बस्ने १५ परिवारलाई जाडो छल्न न्यानो कपडा तथा ब्लाङ्केट वितरण गरिएको हो । स्वर्गीय विधार्थीका बुवाको उपस्थितीमा मुसहर वस्तीका विपन्न परिवारलाई न्यानो कपडा तथा ब्लाङ्केट वितरण गरिएको थियो। कार्यक्रममा आदर्श स्कुलका शिक्षक , विधार्थी तथा सामाजिक अभियान्ता लगाएतको उपस्थिती रहेको थियो । कलेजले आफ्नो सामाजिक उत्तरदायित्व वहन अन्तरर्गत कार्यक्रम गरेको कलेजका तालिम संयोजक दीपक दासले जानकारी दिए ।

Read More

एजेन्सी/ चीनले ४ खुट्टावाला विश्वकै ठूलो रोबोट याक बनाएको दाबी गरेको छ । चिनियाँ मीडियाका अनुसार यो रोबोटले १६० किलोसम्मको तौल उठाउन सक्छ र १ घन्टामा १० किलोमीटरसम्म हिँड्न सक्छ । चीनको सरकारी मिडियाका अनुसार यो रोबोटलाई विशेष रुपमा त्यस्तो ठाउँका लागि बनाइएको छ , जहाँ मानिसलाई काम गर्न गाह्रो हुन्छ । सरकारी मिडिया सीसीटीभी भन्छ, ‘रोबोट आफ्नो किसिमको विश्वकै पहिलो सबैभन्दा ठूलो र गह्रुँगो हो ।’ एक वयस्कको तुलनामा यो रोबोट लगभग आधा अग्लो छ । ठूलो आकारका कारण यो १६० किलो तौल उठाउन सक्ने क्षमताको रहेको छ । यो रोबोट १० किलोमीटर प्रतिघन्टाको दरमा कुद्न सक्छ । आवश्यकता…

Read More

झापा, ७ माघ । लोकसेवा आयोगले कोरोना महामारीका कारण माघ मसान्तसम्मका सबै पूर्व निर्धारित लिखित परीक्षा स्थगित गरेको छ। आयोगले बिहीबार एक सूचनामार्फत माघ ११ देखि माघ मसान्तसम्म तय भएका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको हो । यस्तै फागुन १ देखि सञ्चालन हुने लिखित परीक्षा समेत कम्तिमा ७ दिनको पूनस्तालिकीकरण गरी यथाशीघ्र सञ्चालन गरिने सूचनामा जनाइएको छ। लिखित बाहेकका अन्य पूर्वनिर्धारित कार्यहरु भने यथावत रुपमा सञ्चालन हुने आयोगको भनाइ छ।

Read More