
भद्रपुर, ९माघ । स्थापनाको ११ औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० ले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।
सहकारीका सचिव द्रोण अधिकारीले रगत दिएर उद्घाटन गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित २२ जनाले रक्तदान गरेका हुन् । संस्थाका अध्यक्ष अरूण बस्नेतको नेतृत्व रहेको कार्यक्रम रेडक्रस सोसाइटी झापाको प्राविधिक संयोजनमा सम्पन्न भएको हो ।
अध्यक्ष बस्नेतका अनुसार झापामा देखिएको रगत अभाव घटाउन सानो योगदान स्वरूप सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



