झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, २४ पुस । सुनसरी र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । हिजो बेलुका सँवा ४ बजे सुनसरी दुहबी नगरपालिका १० बुद्ध चोक स्थित ईनरुवा(दुहबी सडक खण्डमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल सवार दुहबी नगरपालिका ११ तनमुना का २८ बर्षीय जित नारायण उरावको बिराट नर्सिंह होम विराटनगर उपचारको क्रममा बेलुका साढे १७ बजे मृत्यु भएको छ भने अर्का मोटरसाईकल सवार रंगेली नगरपालिका ९ का ३०…

Read More

झापा, २४ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको थियो। सो निर्देशिका अनुसार सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक भार ल्याएको खण्डमा ट्रायल पास हुने व्यवस्था छ। तर, प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयले भने ७० अंक ल्याए पास हुने ट्रायल लागु गर्न आनाकानी गरिरहेका छन्। कार्यालयले भने निर्देशिका जारी भएको ८ महिना बितिसक्दासमेत नयाँ निर्देशिका लागु गर्ने छाँटकाँट देखाएका छैनन्। कार्यालयले विभिन्न बहानाबाजी गरेर नयाँ निर्देशिका कार्यान्वयन गर्न चाहेका छैनन्। नयाँ निर्देशिका कार्यान्वयन नहुँदा सवारीचालकको प्रयोगात्मक परीक्षा दिनेले अहिले पनि पुरानै ट्रायल…

Read More

झापा, २४ पुस । नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ। नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको पाइएको हो। कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने क्रम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीताकौशल मिश्राले एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन्। मुलुकभरबाट ¥यान्डम स्याम्पलिङ विधिबाट संकलित पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरूको परीक्षण गरिएको हो। १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस जिन स्क्रिनिङ गर्दा २ सय ५० वटा…

Read More

झापा, २४ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गत मङ्सिर २९ गते प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३० थान उपकरण (डिभाइस) बरामद ग–यो । विदेशमा इन्जिनियरिङ पढाइ सकेर फर्किएकी एक युवतीको साथबाट बरामद भएका उपकरणबारे भन्सार कार्यालय अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पठायो । सीआईबीको अनुसन्धानबाट ती उपकरण क्रिप्टोकरेन्सी कारोबारीको तथ्याङ्क सुरक्षित गर्ने उपकरण भएको पत्ता लाग्यो । सीआईबीले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार ती युवतीलाई मुद्दा चलाउन भन्सार कार्यालयलाई सिफारिस ग–यो तर उपकरणमा कुनै कारोबार नदेखिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अगाडि बढाएन । ब्युरोले यसअघि २०७७ चैत ५ गते क्रिप्टोकरेन्सी कारोबारमा संलग्न अर्का इन्जिनियर युवकलाई उपकरणसहित…

Read More

विर्तामोड २४ पुष । चर्चित रियालिटी शो ‘ नेपाल आइडल सिजन -४ को टप १२ मा झापा विर्तामोडका नामगेल तामाङ पर्न सफल भएका छन् । एपि वान टेलिभिजन च्यानल बाट प्रशारण हुदै आएको शुक्रबारको शो बाट ३० प्रतिस्पर्धी मध्ये उनी टप १२ मा परे सँगै भोटिङ राउन्डमा प्रवेश गरेका हाे । विर्तामोड -४ का स्थानीय बासिन्दा तामाङ २० बर्षका छन् ।सानै देखि संगीतमा रुची राख्ने उनको नेपाल आइडलमा गएर प्रस्तुती दिने बर्षैको सपना रहेको उनी बताउँछन् । उनले स्कूलमा आयोजित कार्यक्रममा पहिलो स्टेजको अनुभव गरेका थिए । पहिलो पटक कक्षा -८ पढ्दै गर्दा स्कूलको बार्षिक कार्यक्रममा गीत गाएको सम्झिन्छन् उनी…

Read More

बिर्तामोड, २३ पुस । बिर्तामोड नगरपालिकाले १८ बर्ष भन्दा माथि उमेर समुहका सवैलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले पुस २५ देखि २७ गतेसम्म खोप लगाउने भएको हो । नगरका स्वास्थ्य संयोजक तुलसीप्रसाद पोखरेलले नगरवासीलाई तोकिएको स्थानमा उपस्थित हुन सार्वजनिक सूचना गर्दै कोरोना भाइरसको जोनसोन खोप लगाउन आग्रह गरेका छन् । उनले उमेर खुल्ले कागजात लिएर हालसम्म कुनै खोप नलगाएकाले आ–आफ्नो वडा कार्यालयले तोकेको स्थानमा उपस्थित हुन सवैलाई आग्रह गरेका हुन् । नगरका १० वटै वडामा खोप लगाइने उनले बताएका छन् । विहान १० बजेदेखि वेलुका ४ बजेसम्म सवै वडामा खोप लगाइने संयोजक पोखरेलले बताए…

Read More

बिर्तामोड, २३ पुस । नेपाल पत्रकार महासंघ झापाले बिर्तामोड स्थित कार्यालय भवनको स्तरोन्नतीको थालनी गरेको छ । शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नं. १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश नं। १ का अध्यक्ष लीला बल्लभ घिमिरेले संयुक्त रुपमा भवनको शुभराम्भ गरेका हुन् । भवन निर्माण शुभराम्भ गर्दै पूर्व मन्त्री कार्कीले निस्पक्ष पत्रकारितामा जोड दिए । उनले आगामी दिनमा पनि पत्रकार महासंघलाई आवश्यक सहयोग रहेन प्रतिवद्धता जनाएका छन् । महासंघ प्रदेश नं. १ अध्यक्ष घिमिरेले पत्रकारको क्षमता अभिबृद्धिका लागि प्रदेश समिति क्रियाशील रहेको बताए । अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले नगरको…

Read More

संखुवासभा, २३ पुस । संखुवासभाको खाँदवारी नगरपालिका-१ बसपार्क स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । पौष २१ गते बस पार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा (९५२० पिस), कृषि बालीमा प्रयोग हुने औषधी- PBOG ४ कार्टुन (११६ प्याकेट), KH2PO १५ प्याकेट, SILILONG २० बोतल र WATERPUMP लेखिएको मेसिन १ थान सहित फेला परेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले बसपार्क स्थित सडक किनारबाट उक्त अवैध औषधी तथा क्लिप अन्दाजी मुल्य ३ लाख ६३ हजार २ सय ५०…

Read More

झापा, २३ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण भएको छ । ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा ६, झापामा २ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा २–२ र उर्लाबारीमा १ जना, सुनसरीको इटहरीमा ३, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको शिवसताक्षी र विर्तामोडमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज…

Read More

सन्तोष शर्माभद्रपुर, २३ पुस । झापाको भद्रपुर नगरपालिका खेलकुदमय बन्ने भएको छ । यही पुस २५ गतेदेखि दोस्रो मेयर÷ उप मेयर कप शुरु हुने भएसँगै भद्रपुर खेलकुदमय बन्ने भएको हो । भद्रपुर नगरपालिकाको सभा हलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पुस २५ गतेदेखि प्रथम उपमेयर कप वडास्तरीय महिला भलिबल प्रतियोगिता, प्रथम मेयर कप सडक दौड, दोस्रो कबड्डी प्रतियोगिता सञ्चालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष श्यामकुमार राउतले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा कबड्डी प्रतियोगिताका खेल संयोजक रतिया राजवंशीले खेलको तयारीबारे जानकारी गराउनुभयो । उहाँले नगर क्षेत्रका १० वटै वडाबाट खेलाडी एवम् टिम छनोट कार्य भइरहेको बताउनुभयो । महिला र पुरुष दुवै…

Read More