
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, ३० पुस । नेकपा माओवादी केन्द्र दमक नगर समितिको अधिवेशनले कुलबहादुर बस्नेतको अध्यक्ष रहेको ६८ सदस्य समिति चयन गरेको छ । कमिटीको उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र सङ्गीता सेरेङ चयन भएका छन् भने सचिवमा घनश्याम न्यौपाने, सहसचिवमा हिम अधिकारी र कोषाध्यक्षमा यमजी श्रेष्ठ रहेका छन् ।अखिलेश्वर लाल दासको संयोजकत्वमा रहेको नगर निर्वाचन समितिले शुक्रवार विशेष कार्यक्रमका बिच नव निर्वाचित समितिको औपचारिक घोषणा गरी शपथ गराएको हो । दमकस्थित पार्टी कार्यालय बालुवाटारमा भएको कार्यक्रममा नव गठित समितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १ का उपाध्यक्ष विजय साङपाङ, कोषाध्यक्ष रेवतराज पुरी (गगन) प्रदेश समिति सदस्यहरू कर्म पुलामी, भूमिका कोइराला, सन्तोष…
झापा, ३० पुस । स्थानीय तहको निर्वाचनको मित माघको पहिलो हप्ताभित्रै तोक्न निर्वाचन आयोगले सुझाव दिएको छ। आज आयोगले बोलाएको सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नरहेको भन्दै माघको पहिलो हप्ताभित्रै मिति तोक्नुपर्ने बताए। बैठकमा प्रमुख आयुक्त थपलियाको भनाइबारे जानकारी दिँदै आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले भने, ‘प्रमुख आयुक्तज्यूले तीनवटा महत्वपूर्ण विषय राख्नुभएको छ।स्थानीय तहको निर्वाचनको विकल्प छैन। समयमै निर्वाचन गर्नुपर्छ। कानुन बमोजिम आयोगलाई प्राप्त १२० दिन घर्किरहेको छ। त्यसो भएको हुनाले छिट्टै निर्वाचनमा जानुपर्छ। माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा हुनुपर्छ भन्ने उहाँको ठम्याई थियो।’ आयोगका अनुसार स्थानीय तहका पदाधिकारीको म्याद थप्न पनि…
झापा, ३० पुस । सत्तारुढ नेपाली कांग्रेसले लिपुलेक–लिम्पियाधुराबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति आपत्ति प्रकट गर्दै करिब २ सातापछि आफ्नो धारणा सार्वजनिक गरेको छ। कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले शुक्रबार संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीको भनाइमा आपत्ति जनाएका हुन्। उनीहरुले भारतीय प्रधानमन्त्री मोदीले ुलिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेकोु भनेर दुई साताअघि एक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोध गर्दै संस्थागत रुपमा कांग्रेसको धारणा सार्वजनिक गरेका हुन्। महामन्त्रीद्वय शर्मा र थापाले निकालेको विज्ञप्तिमा भनिएको छ, ुलिपुलेक, लिम्पियाधुरा र कालापनी नेपाली भूमि हो। यसबारेमा कांग्रेसले विगतदेखि नै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट गर्दै आएको छ।ु उनीहरुले…
झापा, ३० पुस । विश्वमा पर्यावरणसँग जोडिएका जलवायु परिवर्तन, मौसममा चरम परिवर्तन र जैविक विविधताको नोक्सानी सबैभन्दा ठूला खतरा औँल्याइएको छ । नेपालमा पनि पछिल्लो समय जलवायु परिवर्तनका मुद्दा जटिल बन्दै गएको छ । हालको अवस्थामा त कोभिड–१९ सबैभन्दा ठूलो चुनौती बनेर खडा भएको छ । तर, वर्ल्ड इकोनमिक फोरम ९डब्लूईएफ० द्वारा जारी ुग्लोबल रिस्क रिपोर्ट २०२२ु अनुसार नेपालमा सबैभन्दा ठूलो खतरा रोजगारी र जिविकोपार्जनमा संकट रहेको छ । डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बेरोजगारीको समस्या बढ्दै गएको छ । त्यसपछि दोस्रो ठूलो खतराको रुपमा मानवका कारण पर्यावरणमा क्षति रहेको छ । प्राकृतिक स्रोतको बढ्दो दोहनका कारण नेपालमा पर्यावरणमा क्षति बढ्दै…
मोरङ, ३० पुस । नोवेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबिचको समस्या समाधानका लागि इन्सेकले राज्यसँग माग गरेको छ । चिकित्सा शिक्षा ऐन,२०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा नोवेल मेडिकल कलेजविरूद्ध आन्दोलनरत विद्यार्थीका कारण सर्वसाधारण समेत प्रभावित भएको भन्दै इन्सेक प्रदेश १, कार्यालयले पुस ३० गते विज्ञप्ति जारी गरी समस्या समाधानका लागि माग गरेको छ । विज्ञप्तिमा अतिरिक्त शुल्क विवादमा नोवेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययन गरीरहेका विद्यार्थीबिच ०७८ पुस १४ गतेदेखिको तनावले सिर्जित अवस्थाप्रति सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विराटनगरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख…
झापा, ३० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना संक्रमण भएको छ । ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा १६४, बुढीगंगामा ९, कटहरीमा ३, रंगेली, सुन्दरहरैचा र जहदामा २–२, ग्रामथान, उर्लाबारी , धनपालथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा ४, बराहक्षेत्र र दुहवीमा २–२, इनरुवा,…
बिर्तामोड, ३० पुस । झापा दमक नगरपालिकाको दुई भिन्न स्थानबाट लागुऔषध गाँजा, चरेस र ब्राउनसुगरसहित तीन युवा पक्राउ परेका छन् । लागुऔषधिसहित दमक–२ बाट आज बिहान दुई जना र दमक–३ बाट बिहीबार राति एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । इलाम माङ्सेबुङ गाउँपालिका–२ का ३२ वर्षीय दिपेन्द्र राई र १९ वर्षीय नुवसन मुखियालाई प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे दमक–२ हुम्से–दुम्से सामुदायिक जंगलमा उनीहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम बरामद गरेको…
मोरङ, ३० पुस । मोरङको लेटाङ नगरपालिका–९ बसन्त हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका–५ का ६० बर्षीय इन्द्रबहादुर राई रहेका छन् । आज बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक ३ नाल, बारुद २ डब्बा, गोली १८ थान, छर्रा ५ पोका, खुकुरी १ थान, गुलेली १ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, ३० पुस । नेकपा माओवादी केन्द्र मेचीनगर नगर कमिटीले जनताको घरदैलोमा पुग्न तीन वटा जनमुखी अभियान सञ्चालन गर्ने भएको छ । नगर कमिटीले माघ १ गतेदेखि जनताको घरदैलोमा पुग्न सुत्केरी पोषण कार्यक्रम, कृषि कार्यक्रम र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको हो । माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले पार्टीले विगतमा उठाएका समाजवाद लगायतका एजेण्डा जनतामाझ पु¥याउन अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । सुत्केरी पोषण अभियान पहिलो चरणमा मेचीनगर वडा नंं. ७ र १४ मा लागू गरिने भएको छ । यो अभियानमा सुत्केरीलाई एक प्याकेट ल्याक्टोनिज, एक केजी घ्यू, आधा केजी हर्लिक्स, मिठाइसहित नानीको मुख हेरेर एक सय रुपैयाँ सहयोग…
भद्रपुर, ३० पुस । झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट बिहीबार राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे.१०प ४४१९ नम्बरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । दुर्घटनाका गम्भीर घाइते कार्कीको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु उहाँले बताउनुभयो । घटनामा संलग्न मोटरसाइकल र चालक कचनकवल–७ का माधवप्रसाद राजवंशी प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।