झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ पुस । मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार राती भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मोरङको उर्लावारी नगरपालिका(७ मा बुधवार राती पौने ८ बजे भेन र मोटरसाईकल एक आपसमा ठोक्कीई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । पुर्व पश्चिम राजमार्गमा पश्चिमवाट पूर्व तर्फ आउदै गरेको को १ च ३६४४ नम्बरको भेन र बिपरीत दिशा तर्फ जादै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय पवन लिम्बुको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । त्यसैगरी सुनसरीको कोशी गाउँपालिका(३ को…

Read More

चारपाने, २९ पुस । समाजिक व्यक्तित्व तथा नेपाल दशनामी समाजका जेष्ठ सदस्य बिर्तामोड नगरपालिका–२ स्थित चारपानेका अम्बरबहादुर गिरीको निधिन भएको छ । क्यान्सर रोगबाट पीडित गिरीको राती १ बजे चारपानेस्थित आफ्नै निवासमा ८५ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. गिरीका श्रीमती मधुमाया गिरी, छोरा एकराज गिरी र हेमराज गिरी (राजु), ५ जना छोरी, नातीनातिनि रहेका छन् । स्व. गिरीको आज (बिहीबार) कनकाई माईस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Read More

राकेश कर्णविराटनगर, २९ पुस । विराटनगरस्थित नोेबेल मेडिकल कलेजले नियम विपरित शुल्क असुल गरेको विरुद्धमा आन्दोलित विद्यार्थीहरुले बुधबार सिडिओ कार्यालय घेराउ गरेका छन् । चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्क विपरित विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । बुधबार नोबेल मेडिकल कलेजमा चर्को नाराबाजी पश्चात अपरान्ह २ बजे उनीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । उनीहरु १ घण्टा धर्ना समेत बसेका छन् । कलेजले आयोगद्वारा शिक्षण शुल्क मात्र लिन पाउने, निर्धारित शिक्षण शुल्कमै पठनपाठन पुनः सुचारु हुनुपर्ने र होस्टेल शुल्क नियमसम्मत हुनुपर्ने उनीहरुको माग छ । विद्यार्थीहरुको माग सम्बोधन नभएसम्म आन्दोलन…

Read More

अनिल वाग्लेअन्तर्राष्ट्रिय संस्था जेसीज तालिमका माध्यमबाट युवालाई निखार्दै नेतृत्व क्षमताको विकास गरी समाजलाई योगदान दिन सक्ने नागरिक निर्माण गरेर समाजलाई हस्तान्तरण गर्ने लोकप्रिय संस्था हो । जेसीजमा लागेका सबै युवा सक्षम नै हुन्छन् भन्ने पनि होइन तर जो युवा साँच्चै केही गर्ने अठोटका साथ जेसीजमा प्रवेश गरेका हुन्छन् तिनीहरु सफल भएरै छाड्छन् । जेसीज अभियानमा लागेर आफ्नो नेतृत्व क्षमताका कारण सफल भएका उदाहरण प्रसस्तै छन् । ती उदाहरणका पात्रहरुमा आपूmलाई पनि समाहित गर्नु चाहिँ साँचो अर्थमा जेसीज अभियानमा लागेर पाएको उपलब्धी हो । १८ देखि ४० वर्ष, जहाँ पूर्ण जवानीको अनुभव रहन्छ । यहि बेला हो करियर बनाउने । यो…

Read More

राजबाबु शंकरने‌पाल दे‌शका निर्माता पृथ्वीनार‌ायण शाहका दिव्य उपदे‌शमा ‘घुस लिन्या र‌ दिन्या दुबै‌ मुलुकका शत्रु हुन्’ भनिएबाट तत्कालीन र‌ाज्य व्यवस्थामा स्वच्छ शासन प्रणाली र‌हे‌को‌ सहजै‌ आकलन गर्न सकिन्छ । उनको‌ मृत्यु १८३१ माघ १ मा भए पनि वि.स. १८७१ कार्तिक १८ गते‌ शुरु भएको‌ ने‌पाल–अंग्रे‌ज युद्धपश्चात् १८७३ सालको‌ सुगौ‌ली सन्धिसम्म ने‌पाल अपर‌ाजे‌य थियो‌ । सुगौ‌ली सन्धिबाटै‌ ने‌पालले‌ लडाइँमा जिते‌को‌ भूमि छो‌ड्नुपनेर्‌, बृटिश प्रतिनिधि काठमाडौ‌ंमा र‌ाखिने‌, गो‌र्खालाई बृटिश से‌नामा भर्ती गरि‌ने‌ र‌ ने‌पालले‌ अमे‌रि‌की अथवा यूर‌ो‌पे‌ली कर्मचार‌ी र‌ाख्न नपाउने‌ शर्त मञ्जुर‌ गर्नु लगायत एक तिहाई भूभाग ने‌पालले‌ गुमाउनुपर‌े‌को‌ थियो‌, जसमा दार्जीलिङ र‌ सिक्किमको‌ क्षे‌त्र, काली नदीको‌ पश्चिमी भाग कुमाउ र‌ गढवाल (हाल ः…

Read More

झापा, २९ पुस । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याउने राजनीतिक दलका नेता, सरकारी कर्मचारी र भूमाफियालाई जोगाउन सरकारले नै सहयोग गरेको छ। सरकारी वकिल कार्यालयको सहकार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले गरेको अनुसन्धानलाई फितलो भन्दै मुद्दा नचलाई फाइल फिर्ता गरेसँगै सरकार नै आरोपी जोगाउन लागेको देखिएको हो। अघिल्लो सरकारको पालामा नेपाल प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन तयार गरेको अवस्थामा वर्तमान सरकार आएसँगै सरकारी वकिलकै सहयोग लिएर सिआइबीलाई राजनीतिक दबाब दिई अनुसन्धानमा तानिएका एकचौथाइ मान्छेका नामलाई प्रतिवेदनबाट हटाएर सरकारी वकिलको कार्यालयमा पठाइएको थियो। तर सरकारी वकिलको कार्यालयले ललितानिवाससम्बन्धी जग्गाको किर्ते मुद्दाको हदम्याद अघिल्लो कानुनअनुसार हुने…

Read More

झापा, २९ पुस । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार–चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताए । ५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँमा १९ वटा, ललितपुरमा छवटा र भक्तपुरमा आठवटा पार्क निर्माण गरिनेछ । प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले पार्क…

Read More

झापा, २९ पुस । निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने प्रस्ट्याएको छ । आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभाको मतदानका लागि मतदाता सङ्ख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशैभरि कोभिड–१९ को प्रकोप बढ्दै गएको छ । प्रवक्ता पौडेलले आवश्यक परे आयोगको प्रदेशस्थित कार्यालय र निर्वाचन अधिकृतले स्वास्थ्य मापदण्डबारे स्थानीयस्तरको कोभिड व्यवस्थापन संयन्त्रसँग सहयोग र सुझाव लिने बताए । “मतदाताको भीड व्यवस्थित बनाउन आयोगले…

Read More

झापा, २८ पुस । नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राका अनुसार कोभिड–१९ को महामारी पुनः फैलिएपछि प्रारम्भिक चरणका सम्पूर्ण तयारी सुरु गरिएको बताए । उनले भने, “कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमा नाकाका सतर्कता बढाइएको छ । कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षण पनि वृद्धि गरिएको छ ।” डा. मिश्राले स्थानीय सरकारहरूसँग समन्वय गरेर क्वारेन्टाइन र आइसोलेसनको…

Read More

झापा, २८ पुस । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुन प्रतितोला ९२ हजारमा पुगेको छ भने तेजावी सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ पनि बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला १२३५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More