
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ मंसिर । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् । दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागूू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि एक साताअघि मात्रै आवागमन खुला गर्ने निर्णय गरेको थियो । जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागूू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका…
झापा, १५ मंसिर । सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रहरी नियमावली २०७१ संशोधनसहित तीन पद थप्ने निर्णय भएको छ । सो निर्णयसँगै प्रहरीमा वरिष्ठ सई, सई र असई गरी तीन पद रहने छन् । हाल सई र असई गरी दुई पद रहेका छन् । त्यस्तै हबल्दार पदमा पनि वरिष्ठ हबल्दार, हबल्दार र सहायक हबल्दार दर्जाको व्यवस्था गरिएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार नयाँ थप…
झापा, १५ मंसिर । चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका खुलेको छ। एमाले–माओवादी एकीकरणको समयमा माओवादीको आलोचना गर्दै आएका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष भएका छन्। लामो समयदेखि ओली समूहमा रहेका शंकर पोखरेल महासचिवमा सर्वसम्मत चयन भएका छन्। उनीहरू दुवै विचारमा स्पष्ट भएका र पार्टीमा समन्वय गर्नेभन्दा आलोचकका विचारलाई बेवास्ता गर्दै अघि बढ्ने…
बिर्तामोड, १४ मंसिर । गुड्दै गरेको मोटरसाइकबाट झरेको रकम ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । मोटरसाइकलमा जाँदै गरेका झापा गौरीगञ्ज–३ का राजेश अग्रवालको ३८ हजार ६५५ रुपैयाँ दमक–४ स्थित तारावारीमा झारेको थियो । ट्राफिक पोष्ट तारावारीमा कार्यरत प्रहरी हबल्दार गोपालप्रसाद मेहताले उक्त रकम फेला परेका थिए । फेला परेको रकम ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक सुन्दर श्याम पोखरेलले अग्रवाललाई हस्तान्तरण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाईंले जानकारी दिनुभयो ।
बिर्तामोड, १४ मंसिर । बिर्तामोड बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–४ को नवौ.वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सरोजकुमार उप्रेतीको अध्यक्षता तथा बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा व्यवस्थापक विक्रम फुयालले स्वागत गरेका थिए । कार्यक्रममा नेफ्स्कुनका बिर्तामोड सेवाकेन्द्रका प्रवन्धक विनोद न्यौपाने, जिल्ला बचत तथा ऋण संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, नेपाल अडिटर्स एशोसिएशन झापाका उपाध्यक्ष होमनाथ उप्रेती, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य एक हजार सात सय ९० जना, शेयर पुँजी…
काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबारसम्म ५७ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशन सम्पन्न भएका जिल्लामा वडा, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भई जिल्ला कार्यसमिति चयन भएको हो । प्रदेश दुईका आठ जिल्लासहित २० जिल्लामा भने अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुनुअघि निर्वाचन हुन बाँकीमध्ये आधा जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । केही जिल्लाहरुले प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने तयारी गरेका छन् । मोरङमा सोमबार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणमा सभापतिको निर्वाचन हुँदैछ ।…
पृथ्वीमा यस्ता धेरै रहस्यमय ठाउँहरु छन् जहाँ मानिसको ज्यानलाई नै खतरा हुन्छ । त्यहाँ पुग्दैमा मान्छेको मृत्यु हुन्छ ।बेलायतमा एउटा यस्तो बगैँचा छ जहाँ गएर मज्जाले स्वास लिँदा समेत मानिसको मृत्यु हुन्छ । अहिलेसम्म सो बगैँचामा १ सय भन्दा धेरै मानिसको मृत्यु भैसकेको छ । बेलायतको नर्थअम्बरल्याण्डमा रहेको उक्त बगैँचाको नाम अल्नविक पोइजन गार्डेन हो । यसलाई विष बगैँचा भनेर पनि चिनिन्छ । यसलाई संसारको सबैभन्दा खतरनाक बगैँचा मानिन्छ । तर पनि यो बेलायतको सबैभन्दा सुन्दर आकर्षण मध्ये एक रहेको छ । बगैँचाभित्र रहेका रंगीविरंगी बोटविरुवा, सुगन्धित गुलाब तथा अन्य फूलहरुले आकर्षित गरिरहेका हुन्छन् । यो बगैँचामा एउटा कालो फलामको…
बलिउड नायिका कंगना रनौटलाई हत्या गरिदिने धम्की दिइएको छ । त्यसपछि नायिकाले प्रहरीलाई धम्की दिने भठिन्डाका एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छिन् । यो कुरा कंगना आफैंले सोसल मिडियामा पोस्टमार्फत् सेयर गरेकी हुन् । यो पोस्टमा कंगनाले एफआईआरको कपी पनि सेयर गरेकी छिन् । उनले योसँगै एउटा लामो नोट पनि सेयर गरेकी छिन् । कंगनाले लेखिन्, ‘मुम्बईमा भएको आतंककारी हमलाका शहीदलाई याद गर्दै मैले गद्दारलाई कहिल्यै माफी नगर्न र नबिर्सिन भनेको थिएँ । यस्तो प्रकारको हरेक घटनामा आन्तरिक गद्दारको सबैभन्दा ठूलो हात थियो । नभए पाकिस्तानी आतंकवादीले मुम्बईमाथि हमला नै गर्ने हिम्मत गर्नसक्थे ।’
झापा, १४ मंसिर । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जानकारी दिए । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । सुब्बाका अनुसार विद्युतीय मेसिनका प्राविधिकहरूले अबको अढाई घण्टाभित्र मत परिमाण आउने सक्ने बताएका छन् । ६९ वटा भोटिङ मेसिनमा मत रेकर्ड भएको छ । हरेक मेसिनबाट रेकर्ड संकलन गर्ने काम भइरहेको छ । सबै मेसिनबाट आएको तथ्यांकलाई जोडेर कुन उम्मेदवारले कति मत…
झापा, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका ‘दाइ’हरूले अपमानित हुनु नपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूले नेतृत्वमा दाबी गरेको बताए । आफ्नो उम्मेदवारी कसैको विरोधमा नभएर देशको आवश्यकता, पार्टीको आवश्यकता र कार्यकर्ताको भावना अनुसार रहेको उनको भनाइ छ । अहिलेकै अवस्थामा पार्टी अघि बढ्ने हो भने कुनै पार्टीको दलाली गरेर दुईचार वटा मन्त्री खाने पार्टीमात्र हुने उल्लेख गर्दै उनले भने, ‘मेरो सपनाको त्यो पार्टी होइन, अब हामीले आँट नगरी भएन भनेर…