
बिर्तामोड, १४ मंसिर । बिर्तामोड बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–४ को नवौ.वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सरोजकुमार उप्रेतीको अध्यक्षता तथा बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा व्यवस्थापक विक्रम फुयालले स्वागत गरेका थिए ।
कार्यक्रममा नेफ्स्कुनका बिर्तामोड सेवाकेन्द्रका प्रवन्धक विनोद न्यौपाने, जिल्ला बचत तथा ऋण संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, नेपाल अडिटर्स एशोसिएशन झापाका उपाध्यक्ष होमनाथ उप्रेती, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य एक हजार सात सय ९० जना, शेयर पुँजी ५८ लाख ६७ हजार रुपैयाँ, निक्षेप संकलन ६६ लाख ६ हजार ६ सय २४ रुपैयाँ ४४ पैसा, ऋण लगानी एक करोड ७५ लाख २५ हजार ९० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका व्यवस्थापक विक्रम फुयालले लेखा समितिकोे प्रतिवेदन वाचन गरेको कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष नरप्रसाद उप्रेतीले गरेका थिए ।
यसैबीच सोही साधारण सभाको वन्दसत्रले संस्थाका अध्यक्ष सरोजकुमार उप्रेतीको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्ष नरप्रसाद उप्रेती, सचिवमा राजकुमार चौधरी, कोषाध्यक्ष इन्दिरा घिमिरे, सदस्यहरुमा ह्दयनारायण राजवंशी, दिलकुमारी थापा र इन्द्रजित चौधरी रहेका छन् ।
त्यस्तै, भुपाल दाहालको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा विष्णुमाया पाठक र पारस उप्रेती रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



