
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सन्तोष शर्माझापा, २८ असोज । झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मरेका÷मर्न थालेका छन् । यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो । “चार दिनयता माछा मरिरहेका छन्”, गौतमले भन्नुभयो, “कुखुराको आन्द्रा भुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।” गत सोमबारदेखि माछा मर्न थालेको उहाँको भनाइ छ । करिब आधा किलो तौल भएको माछा उहाँले केही दिनअघिदेखि मात्र बिक्री गर्न थाल्नु भएको थियो । “सोमबार आठ÷दश वटा माछा मरेको भेट्यौँ”, उहाँले भन्नुभयो, “त्यसको भोलिपल्ट…
एजेन्सी । एक युवक उत्साहका साथ प्रेमिका भेट्न कारमा हुइँकिन्छन्। दुर्भाग्य ! कार दुर्घटनामा पर्छ। खासमा उनी रक्सी खाएका कारण दुर्घटनामा परेका हुन्। दुर्घटनाबाट घाइते उनी उपचारपछि बाँच्न त बाँच्छन् तर यौनाङ्गै काटेर फाल्नुपर्छ। यो दुःखद खबर हो– अमेरिकाका २९ वर्षीय पउल बेरीको । घटना पुरानो हो, तर उनले हालै सामाजिक सञ्जालमार्फत आफ्नो पीडा पोखेका हुन्। द सन यूकेमा प्रकाशित समाचारअनुसार अमेरिकाको सेन्ट लुइसमा सन् २०१४ मा प्रेमिका भेट्न जाने क्रममा उनी कार दुर्घटनामा परेका थिए। उपचारका क्रममा उनले आफ्नो यौनाङ्ग र अण्डकोषसमेत फाल्नुपरेको हो।
झापा, २८ असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचआ) ले कोरोना भाइरस उत्पत्ति कहाँ र कसरी भयो भन्ने कुरा पत्ता लगाउन नयाँ कार्यदल गठन गरेको छ। डब्लूएचओका अनुसार साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो) सँग मिलेर संयुक्त कार्यदल गठन गरिएको हो। जसमा २६ जना विज्ञ राखिएका छन्। यो नयाँ कार्यदल कोरोना भाइरस उत्पन्नको वास्तविकता पत्ता लगाउने अन्तिम अवसर हुन सक्ने पनि डब्लूएचओलेले जनाएको छ। नवगठित कार्यदलले वुहानको बजारमा गई कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालाबाट ‘लिक’ भएर फैलिएको हो भन्ने कुरा अध्ययन गर्नेछ।
बिर्तामोड, २८ असोज । पत्रकार सन्तोष आचार्यको ‘रिडर्स गफ’ कृति बजारमा आएको छ । वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले बिर्तामोडको शिक्षा सहकारी सभाहलमा आयोजित एक कार्यक्रममा पुस्तकको लोकार्पण गर्दै कृति गहकिलो र स्तरीय भएको बताए । विचार मञ्च अनलाइनका सम्पादक तथा सूर्योदय टेलिभिजनका अन्तरवार्ताकार आचार्यको यो पहिलो प्रकाशित कृति हो । विभिन्न राजनीतिक तथा सामाजिक विषयवस्तुलाई आधार बनाएर पत्रपत्रिकामा उनी रिडर्स गफ स्तम्भमा लेख लेख्दै आएका थिए । तिनै लेखको संगालोको रुपमा कृति प्रकाशित भएको हो । रिडर्स झापाका संस्थापक अध्यक्ष तथा लेखक उज्ज्वल प्रसाईले कृतिले समयको चोटिलो आवाज बोलेको जनाउँदै झापाली पत्रकारहरु सृजनशील बन्नु पर्ने आफ्नो मान्यता रहेको बताए ।…
झापा, २८ असोज । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा अन्य वर्षभन्दा यस वर्ष सबैभन्दा बढी बोकाको बली प्रदान गरिएको छ । गत वर्षको तुलनामा झण्डै दुई गुणा बढी बोकाको बली प्रदान गरिएको हो । जनकपुरधाम स्थित राजदेवी मन्दिरमा महाष्टमी तिथि अनुसार बुधबार साँझ ८ः०५ बजे देखि सुरु भएको थियो भने बलि प्रदान कार्यक्रम करिब ७ घण्टासम्म चलेको थियो । सो क्रममा १४ हजार २ सय ४१ बोकाको बली प्रदान भएको जनाइएको छ । बलि प्रदान कार्यक्रम बिहान साढे ३ बजेसम्म चलेको थियो । गत वर्ष भने यस राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाको बली प्रदान भएको थियो ।…
बिर्तामोड, २८ असोज । दुधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले भूतपूर्व सैनिक गोल्डकपको उपाधि जितेको छ । प्रतियोगितको फाइनल खेलमा दुधेको माङमारी टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा दुधेमाथि आयोजक हावी भएको थियो । आयोजकका लागि खेलको ३२ औँ र ६० औँ मिनेटमा तोयाप्रसाद भूजेल र ४९ औँ मिनेटमा शेरबहादुर गुरुङले गोल गरेका थिए । आयोजकका अध्यक्ष डिके गुरुङका अनुसार भूतपूर्व सैनिकहरुबीच एकता तथा सुमधुर सम्बन्ध अझ मजबुद बनाउन बडादसैँको अवसरमा खेल आयोजना गरिएको हो । प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार…
झापा, २७ असोज । बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो । ४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । खेलको नवौँ मिनेटमा नै नेपाल सुमोन रेजाको गोलमा पछि परेको थियो । त्यसपछि भने नेपालले खेलमा नियन्त्रण राख्दै बंगलादेशमाथि दबाब राखेको थियो । खेलको ७९ औँ मिनेटमा बंगलादेशका गोलकिपर अइनसुर रहमान जिकोले रातो कार्ड पाएपछि नेपालले थप राहत पाएको थियो । तर, बराबरी गोलका लागि नेपालले ८८ औँ मिनेटसम्म पर्खनुपरेको थियो । नेपालले पाएको…
झापा, २७ असोज । जताततै दशैको रौनक छ । घर घरमा दशै भित्रिएको छ । तर, इटहरी–२ को एकै घरका १ सय २ जनालाई भने अष्टमीको दिनसम्म पनि दशैं आएको थिएन । न नयाँ नाना थियो, न मासु खाना । एक सय दुईजना सडक मानवलाई आश्रय दिइरहेको इटहरी स्थित मायाँघरमा स्थानीय सरकार इटहरी उपमहानगरपालिका पुगेपछि मात्र दशैंको आभाष भएको छ । उपमहानगरपालिकाको तर्फवाट उपप्रमुख लक्ष्मी गौतम पुगेपछि मायाँघरमा वल्ल दशै आएको छ । अष्टमीको दिन त्यहाँका सवै १०२ जनाका लागि नयाँ लुगा र मासुखानाको ब्यवस्था सहित उपमहानगरको तर्फवाट उपप्रमुख गौतम मायाँघर पुग्नुभएको हो । उपप्रमुख गौतमले सवैलाई कपडा र खाना…