
झापा, २८ असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचआ) ले कोरोना भाइरस उत्पत्ति कहाँ र कसरी भयो भन्ने कुरा पत्ता लगाउन नयाँ कार्यदल गठन गरेको छ।
डब्लूएचओका अनुसार साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो) सँग मिलेर संयुक्त कार्यदल गठन गरिएको हो। जसमा २६ जना विज्ञ राखिएका छन्।
यो नयाँ कार्यदल कोरोना भाइरस उत्पन्नको वास्तविकता पत्ता लगाउने अन्तिम अवसर हुन सक्ने पनि डब्लूएचओलेले जनाएको छ। नवगठित कार्यदलले वुहानको बजारमा गई कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालाबाट ‘लिक’ भएर फैलिएको हो भन्ने कुरा अध्ययन गर्नेछ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



