झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २३ असोज । झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत अवस्थामा फेला परेको छ । नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत प्रहरी जवान सरोज कार्कीले आफ्नै कोठामा झुन्डिएको अवस्थामा शनिवार बिहान फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी निवासी २५ वर्षीय प्रहरी जवान भद्रपुर–८ स्थित पुरानो विदुर बोडिङ्ग स्कुल नजिकै एक घरमा भाडा बस्दै आएका थिए । मृतक प्रहरी जवान कार्कीको श्रीमती पनि प्रहरीमा कार्यरत छिन् । उनी श्रीमती र नानीसँग त्यही बस्दै आएका थिए । उनले किन आत्महत्या गरेको विषयमा केही कारण नखुलेको प्रहरीले जनाएको छ । यता मृतकका दिदी मालाले…

Read More

झापा, २३ असोज । मेची अस्पतालमा भद्रपुरमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले शनिबार एक कार्यक्रमका बीच मेची अस्पतालको सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । साथै मन्त्री साम्सोहाङ्गले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका छन् । प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्टाएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटबाट सिटी स्क्यान र एक करोड बजेटमा अक्सिजन प्लान्टका जडान गरिएको दुवै सेवा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टङ्कप्रसाद बाह्कोटीले जानकारी दिए । मेचीमा सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि दुर्घटनामा परी टाउको चोट लागेका…

Read More

झापा, २३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा २२, सुन्दरहरैचामा ३, जहदा, मिक्लाजुङ र बुढीगंगामा १–१, सुनसरीको धरान र इटहरीमा ९–९ , दुहवीमा ४, इनरुवामा ३, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा १२, दमकमा ४, विर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमल गाउँपालिका र…

Read More

झापा, २३ असोज । मेची बहुउद्देश्यीय सहकारी संस्थाले आज ८० वर्ष उमेर पूरा गरेका आफ्ना १३ जना ज्येष्ठ सेयर सदस्यहरुको सामुहिक चौरासी पूजा गरिदिएको छ । संस्थाको प्रधान कार्यालय भवन दमकमा वैदिक विधिपूर्वक आयोजित संक्षिप्त चौरासी पूजा पछि ज्येष्ठ सेयर सदस्यहरुलाई जनही नगद ३० हजार रुपैयाँ र बुढेसकालको सहारा एकथान लौरो प्रदान गरिएको हो । ज्येष्ठ नागरिक, महिला तथा बालबालिका उपसमितिद्वारा आयोजित कार्यक्रममा संस्थाका ७० वर्षभन्दा माथि उमेर समूहका ७० जना नै ज्येष्ठ सेयर सदस्यहरुलाई पनि जनही १५ सय रुपैयाँ र एकथान लौरो प्रदान गरिएको छ । संस्था २५ वर्ष पुगेको अवसरमा रजत वर्ष विशेष कार्यक्रम अन्तरगत आयोजित सो चौरासी…

Read More

भोजपुर, २३ असोज । आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने भोजपुर रामप्रसादराई गाउँपालिका–१ चामबोटे का ४६ बर्षीय सुजिल राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् । हिजो राती सँवा ८ बजे घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागि घाईते बनाई घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी धाक धम्की दिएका थिए । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली खटि गई घाईते जुनालाई उपचारको लागी स्थानिय मेडिकल ओख्रेमा पठाईएको थियो । घटनास्थलमा भरुवा बन्दुक फाली तत्कार फरार रहेका…

Read More

झापा, २३ असोज । झापा अर्जुनधारा नगरपालिका–२ भेलेनी चौक छेउ स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ३० बर्षीय निरज तामाङ रहेका छन् । हिजो बेलुका ४ बजे खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मे ४ प २८१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई कल्भर्टमा ठोकी दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमानै मृत्यु भएको हो । घटनाबारे ईलाका प्रहरी कार्यालय अनामनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

Read More

बिर्तामोड, २३ असोज । प्रदेश १ को प्रतिनिधित्व गदै नेपाल ब्लग च्यालेन्ज २०२१ को लागि झापा विर्तामोडका विश्वास राई टप ५ मा पर्न सफल भएका छन् । बिर्तामोड–५ का २० बर्षिय विश्वास आफूलाई टप ११ बाट टप ५ मा ल्याइपुऱ्याउन भूमिका खेल्नु हुने सबै शुभचिन्तक साथी दाजुभाई हरुमा धन्यवाद ज्ञापन गर्दै आगामी अक्टुवर १२ तारिक हुने टप ३ का लागि छनौटमा धेरै भन्दा धेरै भोट गरेर आफूलाई अघि बढाउन सबै जना सँग भोट गरिदिन आग्रह गरेका छन् । उनलाई भोट गर्न इसेवा बाट भोटिङ्ग गरी नेपाल ब्लग च्यालेन्जमा गई भोट गर्न सकिने छ । टप प ५ मा पर्ने सफल…

Read More

झापा, २३ असोज । सशक्तिकरण ऐन र सकारात्मक विभेदको कानून बनाएर सिमान्तृकत दलित समुदायलाई सरकारले सेवा सुविधा प्रदान गर्नुपर्ने प्रदेश सांसदहरुले जोड दिएका छन् । संसदीय पत्रकार मञ्च प्रदेश १ को आग्रहमा १५ असोजमा ६ जना सांसदहरुले सुनसरीको बराहक्षेत्र–५ स्थित भलुवाचौरीको मुसहर बस्तीमा पुगेर गरेको नागरिक संवादको प्रतिवेदन अनुसार सिमान्तृकत दतिल समुदायलाई प्राप्त हक अधिकार अनुसार सेवा सुविधा दिलाउन सशक्तिकरण र सकारात्मक विभेदको कानुन बनाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । मञ्चले सार्वजनिक गरेको नागरिक संवादको प्रतिवेदनअनुसार सांसदहरुले संविधान र कानूनले समान हक अधिकार दिलाइसक्दा र संघीता कार्यान्वयन भएर तीन तहका सरकार सक्रिय भइसक्दा पनि अझै सिमान्तकृत दलितहरुले राज्यले प्र्रदान गदै…

Read More

बिर्तामोड, २३ असोज । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप २०७८’ हुने भएको छ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा यही असोज २३ गतेदेखि पूर्वसैनिक तथा प्रहरीहरु सम्मिलित फुटबल प्रतियोगिता हुने भएको अध्यक्ष डिके गुरुङले जानकारी दिए । नेपाल तथा भारतका छ टिम सहभागी हुने प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुनेछ । प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउने छन् भने उपविजेता टिमले ७१ हजार १११ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने गुरुङले बताए । खेलका उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउने छन्…

Read More