
झापा, २३ असोज । मेची अस्पतालमा भद्रपुरमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले शनिबार एक कार्यक्रमका बीच मेची अस्पतालको सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । साथै मन्त्री साम्सोहाङ्गले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका छन् ।
प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्टाएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटबाट सिटी स्क्यान र एक करोड बजेटमा अक्सिजन प्लान्टका जडान गरिएको दुवै सेवा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टङ्कप्रसाद बाह्कोटीले जानकारी दिए ।
मेचीमा सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि दुर्घटनामा परी टाउको चोट लागेका वा अन्य टाउको समस्या भएका बिरामीलाई अन्यत्र रेर्फर गर्नु पर्ने बाध्यताको अन्त्य भएको मेसु बाह्कोटीले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



