झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ असोज । अपाङ्ग महासंघले प्रदेश नं. १ सरकारलाई पाँच बुँदे माग पत्र बुझाएको छ । महासंघको टोलीले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण हुनुपर्ने, आवश्यक सहायक सामग्रीको व्यवस्था हुनुपर्ने, दोभाषेको नियुक्ती हुनुपर्ने लगायतका ५ बुँदे माग प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ समक्ष राखेका हुन् । मन्त्री साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा प्रदेश सरकार लागि परेको बताउनु भएको छ । प्रदेश सरकारले प्रदेश स्तरीय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ती गरिसकेकाले अब अपाङ्गता सम्बन्धी सम्पूर्ण काम सो समितिले गर्ने उहाँले बताउनुभयो । भीमा खतिवडालाई उपाध्यक्षमा नियुक्त गरेर समितिलाई पूर्णता दिएसँगै अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान हुँदै जाने…

Read More

झापा, १४ असोज । झापामा बुधबार ७० जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको बिर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२–१२, मेचीनगरमा ८, दमकमा ७, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा ३–३, बाहृदशीमा २, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यता, प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, संखुवासभामा ३, धनकुटामा २,…

Read More

झापा, १४ असोज । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा व्यवस्थित पार्किङस्थल नहुँदा सडक किनार नै पार्किङस्थल बनेको छ । जसकाकारण चारलेनको सडकको करिब आधा भाग सवारीसाधन पार्किङस्थलका रुपमा प्रयोग भइरहको छ । बजार क्षेत्रमा चारलेनको ठूलो सडक बने पनि सोको प्रत्याभूति हुन सकेको छैन । सडक किनारमा मोटरसाइकलदेखि मालवाहक ट्रकसमेत पार्किङ गरेर राखिँदा सडक खुम्चँदै गएको छ । सडक चारलेनको भए पनि आधा भाग चाहिँ अव्यवस्थित पार्किङले नै चर्चेको छ । जसले गर्दा बेला–बेलामा सडकमा ट्राफिकजाम समेत हुने गरेको छ । बिर्तामोडको भद्रपुर रोड मात्र होइन शनिश्चरे रोड, काँकरभिट्टा रोड, कृषिथोक रोड लगायतका साना–ठूला भित्री सडकसमेतको अवस्था भिन्न छैन ।…

Read More

बिर्तामोड, १३ असोज । अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवस झापामा एक कार्यक्रम गरेर मनाइएको छ । युवाहरुलाई सुरक्षित गर्भपतन सेवा र यसको महत्त्व बारे युबा हरु सग अन्तर्कृया गरेर दिवश मनाइएको हो । मानव अधिकार र वातावरण विकास मञ्च, उदयपुरको झापा फिल्ड कार्यलयको आयोजना, सुरुवाती कोठा नेपालको सहकार्य र आदर्श स्कुल अफ म्यानेजमेन्ट, बिर्तामोडको स्थानमा सहयोगमा दिवस मनाइएको हो । आयोजक सस्था का सुदर्शन दहाल र अधिकारकर्मी दिपक दासले युवाहरुलाई गर्भपतनबारे जनचेतना, कानुनी अवस्था, सेवा जस्ता विषयमा सहजीकरण गरेको सुरुवाती कोठा नेपालका यज्ञराज कडरियाले जानकारी दिए ।

Read More

झापा, १३ असोज । भद्रपुरकी १२ वर्षीय बालिका उपर कुटपिट तथा शारीरिक हिंसा भएको भन्ने विषयमा सामाजिक सञ्जाल तथा समाचारहरुमा आएका विषयवस्तु उपर राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बाल अधिकार परिषदको संयुक्त टोलीले मंगलबार स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीले स्थलगत रुपमा पीडित बालिका, उनको परिवार, भद्रपुर नगरपालिका, प्रहरी लगायत घटनासँग सम्बन्धित सरोकारवाला विविध पक्षहरुसँग छलफल गरेको छ । अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग – प्रदेश कार्यालय, विराटनगरका निमित्त प्रमुख नितु गड्तौला, राष्ट्रिय बाल अधिकार परिषदका प्रदेश समन्वय अधिकृत सुमन अधिकारी, परिषदको कोभिड संकट बाल संरक्षण सहायता स्वयंसेवी समूहका सदस्य प्रजेश खनाल रं प्रदेश बालबालिका खोजतलाश तथा…

Read More

भद्रपुर, १३ असोज । मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । नयाँ जोडिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो । शनिवारदेखि अक्सिजन उत्पादन शुरु भएको अस्पताल विकास समितिले जनाएको छ । मेची अस्पताललाई अक्सिजन उत्पादन गर्न प्रदेश १ सरकारले गत आर्थिक वर्षमा एककरोड रुपैयाँ उपलब्ध गराएको थियो । दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लाण्टले अहिलेको सामान्य अवस्थालाई मात्र धान्न सक्छ ।

Read More

झापा, १३ असोज । नेपालमा सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशतमात्र रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकोमध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिए । आज १४ हजार तीनमा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ मा सङ्क्रमण पाइएको थियो । उनका अनुसार अघिल्लो अक्टोबर महिनामा कूल परीक्षण गरिएकामध्ये १३.६ प्रतिशत रहेको थियो । एक महिनाको बीचमा सङ्क्रमण दर ५.३ प्रतिशतले कमी आएको छ । यस्तै मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा पहिलो मात्रा ३१।३ प्रतिशत र पूर्णमात्रा २८.३ प्रतिशतले जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । सरकारले यही असोज…

Read More

झापा, १३ असोज । वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम निक्षेप संकलन भएको छ । वाणिज्य बैंकहरूले गत असोज १ गतेदेखि ब्याजदर बढाएका थिए । तर, असोजको पहिलो साता रू ८ अर्ब ३२ करोड मात्र नयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स एशोसिएशनको तथ्यांकले देखाउँछ । अघिल्लो साता अर्थात् भदौको अन्तिम सातामा रू। २६ अर्ब ३० करोड नयाँ निक्षेप संकलन भएको थियो भने त्यसअघिको सातामा १६ अर्ब रुपैयाँ बराबरको नयाँ निक्षेप थपिएको थियो, जुनबेला ब्याजदर कम थियो । तर, ब्याजदर बढाएपछि भने त्यो भन्दा…

Read More

बिर्तामोड, १३ असोज । वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो । एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे । घण्टौं प्रेमका कुरा हुन्थे । जसले ‘विवाह गरिहाल्न’ उनीहरूलाई उत्साहित पारिरहन्थो । परियार साउदी अरब, राई भोजपुरमा । प्रेमप्रति अगाध विश्वास । उनीहरूको प्रेमलाई ‘न भूगोलले छेक्यो, न त जात’ले नै । विवाहको तगारो थियो त भौतिक उपस्थिति मात्रै । परियार स्वदेश फर्कन खोजे तर मिलेन । यसपछि उनीहरूबीचको सहमतिअनुसार ७/८ महिनाअघि राई भोजपुरबाट रोल्पा पुगिन्…

Read More

बिर्तामोड, १३ असोज । झापामा मंगलबार‌ ७९ जनामा कोरोना संक्रमण दे‌खिएको‌ छ । सामाजिक विकास मन्त्रालयका अनुसार‌ जिल्लाको‌ दमकमा १४, बिर्तामो‌डमा १३, अर्जुनधार‌ामा १०, मे‌चीनगर‌मा ९, कनकाई र‌ कमल गाउँपालिकामा ७–७, शिवसताक्षीमा ६, भद्रपुर‌मा ५, बुद्धशान्तिमा ३, कचनकवल र‌ झापा गाउँपालिकामा २–२ र‌ बाह्रदशीमा १ जनामा को‌र‌ो‌ना संक्रमण दे‌खिएको‌ हो‌ । त्यस्तै‌, प्रदे‌श १ मा मंगलबार‌ ३०२ जनामा को‌र‌ो‌ना संक्रमण भएको‌ छ । १ हजार‌ १८९ जनाको‌ पीसीआर‌ पर‌ीक्षण गर्दा १८५ र‌ ५०१ जनाका एन्टिजे‌न पर‌ीक्षण गर्दा ११७ जनाको‌ रि‌पो‌र्ट पो‌जे‌टिभ आएको‌ मन्त्रालयले‌ जनाएको‌ छ । मन्त्रालयका अनुसार‌ पीसीआर‌ पर‌ीक्षणका आधार‌मा झापामा ७९, मो‌र‌ङमा ४६, सुनसर‌ीमा ४०, इलाममा ६, पाँचथर‌ र‌ धनकुटामा ३–३, उदयपुर‌मा…

Read More