
झापा, १४ असोज । झापामा बुधबार ७० जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको बिर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२–१२, मेचीनगरमा ८, दमकमा ७, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा ३–३, बाहृदशीमा २, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यता, प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, संखुवासभामा ३, धनकुटामा २, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण भएको हो ।
मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२, सुन्दरहरैचा र बेलबारीमा ६–६, लेटाङ र उर्लाबारीमा २–२, बुढीगंगा र कटहरीमा १–१, सुनसरीको इटहरीमा २२, धरानमा ६, दुहवीमा ४, इनरुवा र रामधुनीमा २–२, गढीमा १, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फिदिममा २, फाल्गुनन्द र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी, मादी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा १–१, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा बुधबार ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४७ महिला र ६९ पुरुष रहेका छन् । कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



