
भद्रपुर, १३ असोज । मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । नयाँ जोडिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो ।
शनिवारदेखि अक्सिजन उत्पादन शुरु भएको अस्पताल विकास समितिले जनाएको छ । मेची अस्पताललाई अक्सिजन उत्पादन गर्न प्रदेश १ सरकारले गत आर्थिक वर्षमा एककरोड रुपैयाँ उपलब्ध गराएको थियो । दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लाण्टले अहिलेको सामान्य अवस्थालाई मात्र धान्न सक्छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



