
बिर्तामोड, १३ असोज । अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवस झापामा एक कार्यक्रम गरेर मनाइएको छ ।
युवाहरुलाई सुरक्षित गर्भपतन सेवा र यसको महत्त्व बारे युबा हरु सग अन्तर्कृया गरेर दिवश मनाइएको हो । मानव अधिकार र वातावरण विकास मञ्च, उदयपुरको झापा फिल्ड कार्यलयको आयोजना, सुरुवाती कोठा नेपालको सहकार्य र आदर्श स्कुल अफ म्यानेजमेन्ट, बिर्तामोडको स्थानमा सहयोगमा दिवस मनाइएको हो ।
आयोजक सस्था का सुदर्शन दहाल र अधिकारकर्मी दिपक दासले युवाहरुलाई गर्भपतनबारे जनचेतना, कानुनी अवस्था, सेवा जस्ता विषयमा सहजीकरण गरेको सुरुवाती कोठा नेपालका यज्ञराज कडरियाले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



