झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ साउन । कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष सतप्रतिशतले कमी आएको छ । यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५–०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ । कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको छ । अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या घटेर १ लाख ६६ हजार ३०५ मा सिमित भएको छ ।…

Read More

झापा, ५ साउन । कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बताए । यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न ९सीसीएमसी०सँग अनुमति मागेको थियो । अब एक–दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको…

Read More

झापा, १० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएका छन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो। ‘आज मेरो भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले छिट्टै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सुनिश्चता गर्नुभएको छ,’ उनले भने। प्रधानमन्त्री देउवाका पे्रस निजी सचिव भानु देउवाले गत फागुनमा नेपालले खरिद गरेको १० लाख कोभिडसिल्ड खोप दिने बचन दिएको बताए। ‘नेपालले पहिला नै भुक्तानी गरिसकेको थप १० लाख कोभिसिल्ड खोप दिने वचन दिएका हुन्,’ उनले प्रधानमन्त्री…

Read More

झापा, ५ साउन । नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन्। खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ छ। पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज…

Read More

झापा, ५ साउन । मोरङ रंगेली–९ सखुवाथान घर भई झापा गौरादह–१ सितल चौक बस्दै आएका ३९ बर्षीय सजिलाल रिख्यासनलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । रिख्यासनले गत असार ३१ गते आफ्नै श्रीमती ३४ वर्षीया संगिता टुडुलाई खेत नजिक रहेको टहरामा लगि कुटपिट गरी हत्या गरेर उनि फरार भएका थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धान तथा खोजतलसामा खटिएको प्रहरी टोलीले फरार रहेका सजिलाल रिख्यासनलाई सोमबार पक्राउ गरी सार्बजनिक गरेको हो । पक्राउ परेका रिख्यासन उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारवाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

अर्जुनधारा, ४ साउन । सामुदायिक विद्यालयहरूले भुक्तानी नपाएको भन्दै शिक्षकहरूले अर्जुनधारा नगरपालिकामा तालाबन्दी गरेको छन्। नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूका शिक्षकहरूले नगरपालिकाको मुल ढोकामा तालाबन्दी गरेको सिंहदेवी माविका शिक्षक चन्द्र खत्रीले जानकारी दिए। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र संघीय सरकारको ससर्त अनुदानअन्तर्गत अघिल्लो आर्थिक वर्षमा अर्जुनधाराका १५ वटा सामुदायिक विद्यालयले न्यूनतम साढे ६ लाखदेखि ३६ लाख रुपैयाँसम्म बजेट प्राप्त गरेका थिए। सरकारले विद्यालयको भवन निर्माण र प्रविधि व्यवस्थापन गर्न नगरपालिकालाई करोडौँ रकम पठाएको थियो। सरकारले रकम पठाएपछि विद्यालयहरूले सम्झौता बमोजिम काम सके पनि नगरपालिकाले भुक्तानी नदिएको विद्यालयका शिक्षकहरूले बताएका छन्। ‘असार १५ गतेभित्र बिल भरपाई नगरपालिकाको लेखा शाखामा बुझाएका थियौं,’…

Read More

क्यान्सरजस्तो घातक रोगसँग जुधिरहेकी पोर्नस्टार डाहलिया स्काइको गोली लागेर सन्दिग्ध अवस्थामा मृत्यु भएको छ । ३१ वर्षकी पोर्नस्टारको शव कारमा भेटिएको थियो । उनको टाउकोमा गोली लागेको थियो । डेलीमेलका अनुसार डाहलिया स्काइ चौथो स्टेजको स्तन क्यान्सरसँग जुधिरहेकी थिइन् । यस क्रममा उनी डिप्रेसनको शिकार पनि भएकी थिइन् । एडल्ट भिडियो न्यूजका अनुसार स्काइले कारमा आफूलाई आफैंले गोली हानेको हुनसक्ने आशंकामा पुलिस उनको मृत्युलाई सम्भावित आत्महत्या मानेर जाँच गरिरहेको छ । उनको शव ३० जूनमा लस एन्जल्सको सेन फर्नान्डो घाटीमा एक कारमा भेटिएको थियो । एक स्थानीय मिडिया आउटलेटसँग कुरा गर्दै लस एन्जल्स पुलिस विभागका डिटेक्टिभ डेभ पेटेकले जाँच आत्महत्याको…

Read More

संखुवासभा, ४ साउन । भोजपुरको साल्पासिलिचो गाउँपालिका–४ घर भई विगत ३ वर्षदेखि तुम्लिङटार आसपास एरियामा बसोबास गर्ने २५ वर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् । असार ३० गते खाँदवारी नगरपालिका–९ का ४७ वर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परेसँगै निजको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मित छोरा नाता पर्ने युवराज राईलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा निजले घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Read More

झापा, ४ साउन । सरकारले आज सोमबारदेखि देशैभर जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान सुरु गर्दै छ। कोभ्याक्स सुविधा अन्तर्गत नेपालले अमेरिकाबाट अनुदान सहयोगमा प्राप्त गरेको जोन्सन खोप आजदेखि लगाइँदै छ। अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन खोप निःशुल्क प्रदान गरेको छ। यो खोप एक डोज मात्रै लगाउँदा पुग्छ। आज र भोली दुई दिन सञ्चालन हुने यो खोप अभियानमा ५३ देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। त्यसैगरी यसअघिको खोप अभियानमा छुटेका तोकिएको समूहका व्यक्तिहरुले खोप लगाउन पाउने छन्। पूर्ण र अति अपांगता (क र ख…

Read More

झापा, ४ साउन । नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने टिजिग फर्मा प्राइभेट लिमिटेड नेपालकै पहिलो भएको बताए । उनले एक महिनाभित्र केही औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने समेत जानकारी दिए । उनले अत्याधुनिक प्रविधिमा बनाइएको फेक्ट्री डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना फेक्ट्री भएको समेत दावी गरे । टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ भने त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन्…

Read More