
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, १० साउन । इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।
बिर्तामोड, १० साउन । भारतबाट नेपालतर्फ लुकाइ छिपाई ल्याउँदै गरेको ठूलो रकमसहित प्रहरीले एक जनालाई शनिबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको रू ४० लाख ३७ हजार ६७० सहित झापा गाउँपालिका–२ बेलाइतिबारीबाट सोही स्थानका ५० वर्षीय गौरी मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो १२ः०० भारतबाट उक्त रकम लुकाएर ल्याउँदै गर्दा स्रोत नखुलेपछि मण्डललाई पक्राउ गरिएको हो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली थप अनुसन्धान र कानूनी प्रक्रियाका लागि घटनास्थल पुगेको थियो । पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीको…
झापा,९ साउन । नेपाल चेम्बर अफ कर्मस १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । नेपाल चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष सुरेनद्रमान श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले सात सदस्यीय कार्य समिति विस्तार गरिएको हो । जसअनुसार कार्यसमितिको उपाध्यक्षमा झापा,विर्तामोडका सन्तोष अग्रवाल ,महासचिवमा अंशु बन्जरा (विराटनगर ) र सदस्यहरुमा विरानगरका राम अवतार अग्रवाल,दिपबहादुर खापुङ,योंजित प्रधान,रन्जित भगतलाई मनोनित गरिएको जारी विज्ञप्तिमा जनाईएको छ । आज सम्पन्न पहिलो बैठकले कोरोना महामारी केहि सहज हुनासाथ प्रदेशका १४ ओटै जिल्लामा भ्रमण गरि जिल्ला कार्यसमितिको मूल्याङकन,सहजीकरण तथा प्रोत्साहनका कार्यक्रम लागू गराउन आवश्यक पहल गर्नुका साथै प्रदेश सरकारसंग उद्योगी व्यावसायीहरुका निम्ती कोभिड खोपको माग गर्ने समेत निर्णय…
भद्रपुर, ९ साउन । झापामा आज २२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लामा आज ३ पुरुष र २ महिला गरी पाँच जनाको मृत्यु भएको छ । मेची प्रादेशिक अस्पतालको प्रयोगशालाबाट १५२ जनाको परीक्षण गर्दा ३७ जना, जिल्लाबाहिरको ल्याबबाट ५३ र एन्टिजेन विधिबाट १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिनुभयो । झापामा कोरोना संक्रणबाट ४२५ जनाको मृत्यु भइसकेको छ भने दोस्रो लहर सुरु भएयता १०७ महिला र १८९ पुरुष गरी २९६ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा १ हजार ९१ जनामा कोरोना संक्रमणप्रदेश १ मा पछिल्लो २४ घण्टामा…
झापा, ९ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।
मोरङ, ९ साउन । मोरङ बिराटनगर महानगरपालिका–१७ मटेरुवा चोक स्थितबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतिय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोय रहेका छन् । हिजो दिउसो १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान र १ को ४…
इलाम, ९ साउन । इलाम नगरपालिका–१ नेपालटारस्थित हर्क बहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका ६ खरेलडाडा घर भएका बचासदिप रिजालको छोरा ८ बर्षीय ग्रेसधीफ रिजालको सिमेन्टको पिलर ढली लागेर मृत्यु भएको छ । हिजो बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागी बनाई राखेको पक्की सिमेन्टको पिलर भित्तामा ठाडो पारेर राखेको अचानक ढली किचेर गम्भीर घाइते भएका बालकको उपचारको लागी जिल्ला अस्पताल ईलाम पुर्याउदा मृत्यु भई सकेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।
काठमाडौँ, ८ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको महामारीका कारण गत वैशाखदेखि रोकिएका लामो दुरीका सवारीसाधन सञ्चालन अनुमति दिएको छ। प्रशासनले शुक्रबार एक सूचना निकालेर लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न व्यवासायीहरुलाई भनेको हो। प्रशासनको यस निर्णयसँगै अब देशका अन्य स्थानबाट लामो दुरीका यातायात काठमाडौं प्रवेश गर्न पाउनेछन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मन्त्रिपरिषद्को निर्णयानुसार लामो दुरीका यातायात खुलाउने निर्णय लिइएको बताए। कोरोनाको दोस्रो महामारीका कारण सरकारले लामो तथा छोटो दुरीका सवारीसाधन गत वैशाखदेखि बन्द गरेको थियो। छोटो दुरीका साधन चलिसकेका छन् भने अब लामो दुरीका यातायात पनि सञ्चालनमा आउन लागेका हुन्।
झापा, ८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। नेता रावलले सभामुख अग्निप्रसाद सापकोटालाई सिंहदरबारस्थित संसद सचिवालयमा भेटेर राजीनामा फिर्ता लिएका हुन्। ‘नेकपा एमालेका सांसद भीम रावलले राजीनामा फिर्ता लिनु भएको छ’, सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘उहाँको राजीनामा संसद सचिवालयमा आएको थियो। सभामुखसँगको आवश्यक परामर्शपछि उहाँको राजीनामा फिर्ता भएको हो।’ उनले साउन ३ गते संघीय सांसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामा घोषणा गरेका थिए। उनको राजीनामालाई संसद सचिवालयले स्वीकृति प्रक्रिया अघि बढाएको थिएन।
झापा, ८ साउन । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली नअपनाएसम्म देशमा स्थिरता नहुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै उनले आफू सत्ता राजनीतिको फोहोरी खेलबाट धेरै क्षति व्यहोरेको पार्टीको संसदमा आफू एक मात्र सदस्य भएको भन्दै अदालतको फैसलाबाट सत्ता राजनीतिको अस्थिर खेल प्रवेश गरेको बताए । ‘अदालतको फैसलाबाट सत्ता राजनीतिमा अस्थिर खेल प्रवेश गर्यो’लिंदेनले भने, ‘अब यो चिरकालसम्म जान्छ । के मर्यो भन्ने होइन काल पल्कियो भन्ने लाग्छ । यसप्रति ठुला राजनीतिक दलको ध्यान जानुपर्छ ।’ उनले संविधान नै त्रुटिपूर्ण रहेकाले प्रणालीमा सुधार हुन नसकेको बताए । ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको…