
भद्रपुर, ९ साउन । झापामा आज २२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लामा आज ३ पुरुष र २ महिला गरी पाँच जनाको मृत्यु भएको छ ।
मेची प्रादेशिक अस्पतालको प्रयोगशालाबाट १५२ जनाको परीक्षण गर्दा ३७ जना, जिल्लाबाहिरको ल्याबबाट ५३ र एन्टिजेन विधिबाट १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिनुभयो ।
झापामा कोरोना संक्रणबाट ४२५ जनाको मृत्यु भइसकेको छ भने दोस्रो लहर सुरु भएयता १०७ महिला र १८९ पुरुष गरी २९६ जनाको मृत्यु भइसकेको छ ।
प्रदेश १ मा १ हजार ९१ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



