झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० साउन । प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण शुरु गरेको छ । १४ वटै जिल्लामा शनिबार देखि खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो । उहाँका अनुसार आज सम्म सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुमा भेरोसेल खोप पठाईएको छ । उहाँका अनुसार भोली सम्ममा प्रदेश १ का सवै जिल्लाहरुमा खोप वितरण भईसक्ने छ । प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल ( २…

Read More

काँकरभिट्टा, १० साउन । मेचीनगर–६, काँकरभिट्टाबाट प्रकाशित हुने खबरमञ्च साप्ताहिक छैटौँ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको पाँचौ बसन्त पार गरी छैटौँ वर्षमा प्रवेश गरेको हो । २०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । छापा माध्यमबाट सुरु गरेको खबरमञ्च साप्ताहिकले हाल छापा र अनलाइन दुबै संस्करणलाई निरन्तरता दिइ रहेको छ । खास गरी स्थानीय बिषयवस्तु र समेट्नै पर्ने समाचारका बिषयवस्तुलाई केन्द्रमा राखेर साप्ताहिकको…

Read More

झापा, १० साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५८५ जनाको पीसीआर परीक्षणमा ४५७ र ७६७ जनाको एन्टिजेन परीक्षणमा २१६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र उदयपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, धनकुटामा ३, खोटाङमा २, ताप्लेजुङ, पाँचथर, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा ५०, दमकमा ४४, शिवसताक्षीमा २३, अर्जुनधारा र मेचीनगरमा १४–१४, कनकाईमा १२, बा¥हदशी, गौरादह, कमल गाउँपालिका र गौरीगञ्जमा ३–३, भद्रपुर र…

Read More

झापा, १० साउन । झापामा करिब ६७ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लामा विभिन्न चरणमा ६६ हजार ६४६ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र २० हजार ५८९ जनाले दोस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिनुभयो । उनीहरुलाई कोभिडशिल्ड र भेरोसेल खोप लगाइएको हो । केही दिनभित्रै ५० देखि ६० वर्ष उमेर समूहका लागि भेरोसेल र जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोप आउन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब ४० हजार खोप आउँदैछ, खोप लगाउनका लागि आवश्यक तयारी भइरहेको छ ।” कोभिडशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुका लागि पनि…

Read More

झापा, १० साउन । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष ०७७÷७८ मा जिल्लाका कृषकलाई करिब रू दुई करोड अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रम अन्तरगत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फर्म लगायतलाई रू एक करोड ९९ लाख ५४ हजार ९०० अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिनुभयो । मागमा आधारित कार्यक्रम अन्तरगत पाँच पालिकाका किसानलाई रू दुई लाख ५० हजार, कागती खेतीमा सात पालिकाका १२ फर्मलाई रू २१ लाख २३ हजार तीन सय, व्यावसायिक फलफूल बगैंचा स्थापनार्थ चार पालिकाका पाँच फर्मलाई रू नौ लाख एक हजार एक सय…

Read More

झापा, १० साउन । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए । नियुक्त भएकै दिन देउवाले आफ्नै दलका दुई जना र गठबन्धनमध्येको एक माओवादी केन्द्रका दुई गरी चार जनालाई मन्त्रीमा नियुक्त गरे । देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्द्वारा मुलुकको शासकीय बागडोर सम्हाल्दै आएको १३ दिन बितिसकेको छ । तर, पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा समग्र सरकारको कार्यसञ्चालन प्रभावकारी बन्न सकेको छैन । संविधानतः मन्त्रिपरिषद्को…

Read More

झापा, १० साउन । एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ। रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्। आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ। साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ। पञ्जाछाप चुनाव चिह्न पुरानो सद्भावना पाटीको चुनाव चिह्न हो। २०४७ बैशाख ३गते गजेन्द्रनारायण सिंहको नेतत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थियो। पछि उक्त पार्टीको नाममा थुपै कानुनी लडाइँ भएको थियो। नेपाल सद्भावना पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटकपटक मुद्दा…

Read More

झापा, १० साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत अनेकथरि सन्देश प्रवाह गर्न थालेपछि छानबिनका लागि उजुरी गरिएको छ । सभापति देउवाले प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरेको तस्बिर राखेर फेसबुक तथा ट्विटर आईडी सञ्चालन गर्दै आएका छन् तर प्रधानमन्त्रीको नाम राखेर सञ्चालन गरिएको नक्कली आईडीमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्चको विषयमा उल्लेख छ । त्यसमा भनिएको छ, “हो, झलनाथजीको उपचार खर्च राज्यले बेहोरेको हो । उहाँले विश्वासको मत दिन खुला आह्वान गरेर मलाई जिताउन भूमिका निर्वाह गरेको सत्य हो । त्यसैले केही साइबर सेनाहरूले विरोध गरे…

Read More

झापा, १० साउन । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने कामदार बढी समस्यामा परेका छन् । निषेधाज्ञाका कारण वैदेशिक रोजगारमा जाने कामदार नेपालमा नै रोकिएर बसेका थिए । अहिले निषेधाज्ञा करीब करीब हटिसकेको छ भने अन्तरराष्ट्रिय उडान पनि खुला भएको छ । तर, खोप लगाउन नपाउँदा अधिकांश कामदार वैदेशिक रोजगारमा जान पाएका छैनन् । अधिकांश श्रम गन्तव्य मुलुकले तोकिएको…

Read More

झापा, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख रुपैयाँभन्दा बढी) पर्छ। स्पाइनल मस्कुलर एट्रोफी ९एसएमए० रोगका लागि यो दिइन्छ। भैरहवाकी २२ महिने सियोना श्रेष्ठ उक्त औषधिबाट उपचाररत छिन्। यी सानी नानीको महँगो उपचार यति बेला सामाजिक सञ्जालमा चर्चामा छ। एलिना गुरुङ श्रेष्ठ र डा सन्दिप श्रेष्ठकी छोरी एलिनाको दुबईमा उपचार भइरहेको छ। सियोनालाई ५ महिना हुँदादेखि नै एसएमए रोगको लक्षण देखिएको थियो। यो रोग विश्वकै दुर्लभ एवं महँगो मेरुदण्डसम्बन्धी रोग हो। सियोनाका अभिभावकले करिब १० महिनादेखि उनको विभिन्न देशमा…

Read More