झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ असार । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो । आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ । लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगका पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेकोले आन्तरिक रूपमा मात्रै काम गरिएको बताए । उनले कोरोनाका कारण विज्ञापन भएका…

Read More

झापा, १ असार । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए। ‘गत वर्ष एसइई विद्यालयले मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको थियो,’ प्रवक्ता अर्यालले नागरिकसँग अनुभव सुनाए, ‘हामीले गुरुहरूमाथि विश्वास गरेर मूल्यांकन गर्न दियौँ। तर…

Read More

झापा, १ असार । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ । दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् । गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो सफा गर्दै गर्दा चिप्लिएर ब्रस पेटभित्र पसेको मगरले बताए । ‘दाँत माझ्ने क्रममा जिब्रो पनि सफा गर्नु पर्यो भनेर ब्रस अलिक भित्र छिराएर सफा गर्दै थिए । हात पनि र्‍यालले चिप्लो भएको थियो, एक्कासी चिप्लिएर ब्रस भित्र पस्यो,’ मगरले भने, ‘दुख्ने, पोल्ने त…

Read More

बिर्तामोड, १ असार । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले निराकार सरसफाई सेवा प्रालिलाई नगरमा उत्पादित फोहोर व्यवस्थापनको जिम्मा दिएको हो । नगरपालिका परिसरमा आज आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले प्रालिका प्रतिनिधि रविन भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गर्नुभयो । प्रालिले असार १ गतेदेखि आगामी तीन वर्षसम्म नगरक्षेत्रको फोहोर व्यवस्थापनको काम गर्ने भएको छ । नगरपालिकाले फोहोर व्यवस्थानमा प्रयोग गर्दै आएको चार वटा सवारी साधान र १४ जना जनशक्ति समेत प्रालिलाई जिम्मा दिएको छ । “नगरपालिकाले फोहोर व्यवस्थापनमा प्रयोग गर्दै आएको सवारी साधन र कर्मचारी प्रालिलाई जिम्मा लगाएको छ”, उहाँले भन्नुभयो,…

Read More

झापा, १ असार । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ५७ पुगेको छ । संक्रमित भएकामध्ये ४९ हजार २३७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७६८ रहेको मन्त्रालयले जनाएको छ । आज ३५८ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा सोमबार १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १७२ महिला र २०७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा सोमबार ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र…

Read More

दुधे, १ असार । भीमाकुमारी चौधरी राईको घर निर्माणका लागि रकम जुट्ने क्रम जारी छ । नेपाली कांग्रेस शिवसताक्षी नगरपालिकाको नगरसमिति र त्यही पार्टीको वडा नम्बर ११ को वडा समितिले निर्माण सुरु गरेको भीमा कुमारीको घर करिब ९८ प्रतिशत निर्माण सम्पन्न भएको छ । अब रंगरोगन गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस शिवसताक्षीको नगर समितिले जनाएको छ । सोमबार अष्ट्रेलियामा रहेका नेपालीले नेपाली ५५ हजार नगदै भीमाकुमारीको घर निर्माण उपभोक्ता समितिका संयोजक विनोद ढकाललाई हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेसको अस्ट्रेलिया जनसंपर्क समितिले शिवसताक्षीकी अतिविपन्न, एकल तथा क्यान्सर पीडित भीमाकुमारीको घर निर्माणका लागि आर्थिक सहयोग गरेको हो । यो…

Read More

बिर्तामोड, ३१ जेठ । झापा र इलामामा लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । आइतबार दिनको ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाउँपालिका–३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित घरबाटै पक्राउ गरिएको हो । त्यस्तै, सोही दिन बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले इलाम माई नगरपालिका–४ शंकरगाउँ स्थितबाट लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित सोही स्थान ८ का २८ वर्षीय महेश थापा, ३० वर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ वर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ वर्षीय…

Read More

भद्रपुर, ३० जेठ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट तुरुन्त जडान गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस ३ नम्बर क्षेत्रीय समिति र भद्रपुर नगर समितिका पदाधिकारीसहितको टोलीले आज अस्पताल प्रशासन पक्षलाई अक्सिजन प्लान्ट जडानसहित आठ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको हो । मागसहितको ज्ञापन पत्र क्षेत्रीय समितिका सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जन, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की र ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बासहितको टोलीले नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाह्रकोटीलाई बुझाएका थिए । पूर्वी क्षेत्रका विपन्न परिवार लगायत यस भेगका ठुलो जनसङ्ख्याको प्रमुख स्वास्थ्य संस्थाको रुपमा परिचित एक मात्र सरकारी मेची अस्पतालको…

Read More

झापा, ३० जेठ । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ । मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबान समेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आकलन छ । विभागले शनिबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई…

Read More

भद्रपुर, ३० जेठ । झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरे पनि केही खुकुलो बनाएको हो । बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, हार्डवेयर, पुस्तक पसलहरू अब प्रत्येक दिन बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खुलाउने निर्णय गरेको छ । ती पसलहरूले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने हुन्छ । त्यस्तै मल खाद, बिउँ विजन, कुखुराका चल्ला, दाना, पशुपक्षी आहार सम्बन्धी पसल बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने, मोटर वर्कसप बिहान ११…

Read More