
भद्रपुर, ३० जेठ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट तुरुन्त जडान गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
कांग्रेस ३ नम्बर क्षेत्रीय समिति र भद्रपुर नगर समितिका पदाधिकारीसहितको टोलीले आज अस्पताल प्रशासन पक्षलाई अक्सिजन प्लान्ट जडानसहित आठ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको हो ।
मागसहितको ज्ञापन पत्र क्षेत्रीय समितिका सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जन, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की र ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बासहितको टोलीले नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाह्रकोटीलाई बुझाएका थिए ।
पूर्वी क्षेत्रका विपन्न परिवार लगायत यस भेगका ठुलो जनसङ्ख्याको प्रमुख स्वास्थ्य संस्थाको रुपमा परिचित एक मात्र सरकारी मेची अस्पतालको समग्र विकाससहित गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि अस्पताललाई नेपाली काँग्रेस पार्टीले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै आएको छ– ज्ञापन पत्रमा भनिएको छ– सोही अनुरूप अहिलेको कोभिड( १९ महामारीले निम्ताइएको विषम परिस्थितमा मेची अस्पतालमा अक्सिजन प्लान्टको आवश्यकता देखिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



