
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ चैत । कोरोना संक्रमण दर केही वृद्घि भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दुरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइसाथ पालना गर्न उनीहरूको सुझाव छ । ‘संक्रमितमा ३–४ महिनापछि एन्टिबडी घट्दै गएको पाइयो,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्णप्रसाद पौडेलले भने, ‘असोज÷कात्तिकतिर संक्रमण उच्च देखिएको थियो, अहिले संक्रमणविरुद्घको एन्टिबडी घट्दै गएको देखिएको छ । भारतमा संक्रमण उत्कर्षमा देखिएको ३–४ सातापछि यहाँ पनि संक्रमण बढ्यो।’ उनका अनुसार सुदूरपश्चिमका गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल भित्रिएकामध्ये २४ जनामा एन्टिजेन पोजिटिभ देखिएको छ ।…
झापा, १३ चैत । प्रतिनिधिसभा पुनःस्थापना र कम्युनिस्ट एकता भंगको नयाँ परिस्थितिमा सत्ताको चाबी जनता समाजवादी पार्टी (जसपा)को हातमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि ढाल्ने रणनीतिमा लागेको माओवादी केन्द्रको सहकार्य पहलमा उक्त दलले खासै रुचि देखाएको छैन। बरु सत्ता टिकाउने प्रधानमन्त्रीको कदममा साथ दिने संकेत उसले देखाएको छ। सरकार र जसपा नेतृत्वबीच भएको अनौपचारिक वार्ता साबिककै अवस्थाबाट अघि बढे आगामी साता सत्ता साझेदारीको प्रक्रिया अघि बढ्ने सम्भावना छ। प्रधानमन्त्री ओली र जसपा नेताहरूबीच अनौपचारिक वार्तापछि मधेस–थरुहट आन्दोलनका क्रममा चलाइएका २ सय ९२ मध्ये केही मुद्दाको फर्स्योट तत्काल हुन सक्ने दाबीसमेत उच्च स्रोतले गरेको छ। स्रोतका अनुसार प्रधानमन्त्रीले…
झापा, १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन् । ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न ओली सफल भएका छन् । ओली नेतृत्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन । ओलीले फागुन २८ गते माधव नेपाललगायत नेतालाई नबोलाइ केन्द्रीय कमिटीको बैठक राखेर जिम्मेवारी खोस्ने, विधान संशोधन प्रस्ताव अघि सार्ने तथा केन्द्रीय सदस्य थप गर्ने निर्णय गराएका थिए । त्यसपछि दुईवटा बैठकले विधान संशोधन नेपाललगायत…
झापा, १३ चैत । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति देखिएको छ । एमालेको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी अनुशासन विपरीत काम गरको भन्दै उनीहरूलाई तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीबमोजिम पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुको साटो वरिष्ठ नेता नेपाललगायतका नेताहरूले उल्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई गम्भीर आरोप लगाउँदै पत्र लेखेपछि पार्टी फुटको संघारमा पुगेको हो । स्पष्टीकरणको जवाफपछि पार्टी एक हुन सक्ने आशामा रहेका आमकार्यकर्ता नेपाललगायतका नेताहरूको जवाफपछि…
झापा, १३ चैत । चितवन निकुञ्ज घुम्न आउनेको मुख्य सोख हो – हात्ती सफारी । अधिकांश पर्यटक हात्ती चढे र निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा गैंडा लगायत वन्यजन्तु हेर्न जान्छन्। तर पछिल्लो समय सफारीमा प्रयोग हुने हात्ती घट्न थालेका छन्। पर्यटकको संख्या घटेपछि गुपचुपमै हात्ती बेचिन थालेका हुन्। हात्ती बिक्री गर्न नियम कानुनले दिँदैन, तर सुटुक्क भारतसम्म पु¥याइन्छ । चैत ५ गते साँझपख बूढी राप्ती खोलाको पुल तरेलगत्तै सौराहा जाने बाटो छेउमा एउटा ट्रक उभियो। कुनै जीव जनावर लैजान ठिक्क परेझैँ ट्रक बाटोको अग्लो ढिस्कोभन्दा सिधा तल केही गहिरो भागमा रोकिएको थियो। यसो हुँदा ढिस्कोबाट जनावर ट्रकमा जान सजिलो हुन्छ…
धरान, १३ चैत । सुनसरीको धरान उपमहानगरपालिका–८ बस्ने ३७ वर्षीय तिलबहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । बिहीबार साँढे ५ बजेको समयमा माझीले ३१ वर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त भएसँगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संग्लग्न रहेका माझीलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएकी सम्झनालाई उपचारको लागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा बेलुका पौने ६ बजे मत्यु भएको हो । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका माझीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
झापा, १३ चैत । झापाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परीणामको अबैध समान बरामद भएको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली गरी ल्याएको बिभिन्न प्रकारका करिब ५ लाख रुपैयाँ बराबरको कस्मेटिक समानहरु बराबद गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टाले १३ लाख भन्दा बढीको अबैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आजै मात्र अबैध लत्ता कपडा र कस्मेटिक समान गरी मेचीनगर नगरपालिका–६ र ५ बाट करिव १३ लाख ८३ हजार ५ सय बरामदको अबैध समान बरामद गरेको हो । बरामद भएको उक्त समान मेची भन्सार…
झापा, १२ चैत । कोरोना संक्रमणका कारण झापाको कनकाईमा एक महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका–३ सुरुंगा निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको कनकाईका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिए । केही दिनअघि भारतको झारखण्डस्थित पाकोड बस्तीमा घर भएकी आफ्नी छोरीसँग भेटघाटका क्रममा छोरीको घर गएकी ती महिला उतै बिरामी परको बताइएको छ। शुरुमा सामान्य रुघाखोकीको समस्या देखिएपछि भारतमै भएको उपचारपछि नेपालमा थप उपचारका लागि उनलाई विर्तामोडस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भए लगत्तै भएको कोरोना परीक्षणबाट उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ। भेन्टिलेटरसहितको सघन उपचार कक्षमा लगातार १० दिनसम्म उपचाररत महिलाको आज…
झापा, १२ चैत । बितेको २४ घण्टामा देशभर १२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको समेत भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ। यस्तै हालसम्म ३ हजार २० जनाको मृत्यु हुँदा सक्रिय संक्रमित १२१७ जना रहेको मन्त्रालयले जनाएको छ ।
झापा, १२ चैत । प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोबाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए ।