
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ जेठ । पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए । उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटो पर्याप्त खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।’ प्रधानमन्त्रीको यो भनाइले खोप छिट्टै आइहाल्ने आशा जगाएको थियो । तर १५ दिनपछि बल्ल सरकारले खोप खरिद प्रक्रिया अघि बढाएको छ । औषधि व्यवस्था विभागले आपत्कालीन…
झापा, ५ जेठ । जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति बन्यो भनेमात्र संसद्बाट बजेट आउनेछ। संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा गत वैशाख ३० मा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले अहिलेसम्म विश्वासको मत लिएका छैनन्। यस्तोमा जसपाको मंगलबारको निर्णयले ओली नेतृत्वको सरकार संसद्मा अल्पमतमा पुग्ने देखिन्छ। अल्पमतमा पर्ने निश्चित भएपछि सरकारले संसद्बाट बजेट ल्याउने छैन। यसका लागि सरकारसँग एउटै मात्र विकल्प अध्यादेश हुनेछ। ओली सरकारलाई प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले यसअघि नै समर्थन नगर्ने निर्णय गरिसकेका छन्। अहिलेसम्म सरकारलाई समर्थन…
झापा, ५ जेठ । स्वच्छ समाजका लागि सामाजिक अभियानले झापाका ४८ जना दृष्टिविहिन परिवारलाई राहत वितरण गरेको छ । झापाका विभिन्न सहरमा आफ्नो सुमधुर गीत सुनाउँदै स्वर बिक्री गरि जीवनयापन गर्ने विर्ता बजारका जेठा मुर्मु सहित दमक, गौरिगन्ज, गौरादह, सुरुङ्गा, बिर्तामोड, भद्रपुर, धुलाबारी, शान्तिनगर र शनिश्चरेका ४८ परिवारलाई अति आवश्यक ३० केजीको १ बोरा चामल, दाल, नुन, खानेतेल र नुहाउने साबुन हस्तान्तरण गरेको हो । अर्जुनधारा नगरपालिका–११ का अमेरिका बस्ने अरुणकुमार डाँगीले पचास हजार साठी रुपैयाँ, दुबईमा बस्ने गणेश भट्टराईले पाँच हजार, शेरबहादुर थापा, सुनिता धिमाल, देविमाया गिरी, भोला तामाङ, निता तामाङ, खगेन्द्र कुवँर, विरेन्द्र उदास, भुपेन्द्र श्रेष्ठ, मोती चौधरी,…
झापा, ५ जेठ । सरकारले झापासहित देशभरका नौ स्थानमा होल्डिङ सेन्टर बनाउनका लागि बोलपत्र आह्वान गरेको छ । एक हजार क्षमताको झापाको काँकरभिट्टा, काठमाडौं, कैलालीको गौरीफन्टा, मोरङको मोरङ रानी, बाँकेको जमुनाह, कञ्चनपुरको गड्डाचौकी, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया र पर्साको विरगञ्जमा होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्र आह्वान गरिएको हो । सरकारले होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । गत बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ हजार शैय्या क्षमताको अर्धअस्थायी प्रकृतिको होल्डिङ सेन्टर निर्माण गर्न एपिजी प्रणालीको मध्येबाट बोलपत्र आह्वान गरिएको छ । कोभिड १९ महामारीको परिस्थितिलाई उच्च व्यवस्थापन गरी समयमै निर्माण सम्पन्न गर्नसक्नुपर्ने सर्त राखिएको छ ।
भद्रपुर, ५ जेठ । झापामा कोरोना भाइरसको संक्रमणबाट मंगलबार आठ जनाको मृत्यु भएको छ । जिल्लाका पाँच स्थानीय तहका तीन महिला र पाँच पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका फोकल पर्सन जीवन चम्लागाईंका अनुसार भद्रपुर–४ का ७३ वर्षीय पुरुष, भद्रपुर–६ का ७१ वर्षीय पुरुष, बिर्तामोड–६ का ७९ वर्षीय पुरुष, बुद्धशान्ति–७ का ४३ वर्षीय पुरुष, दमक–५ की ३५ वर्षीया र दमक–८ की ६५ वर्षीया महिला, मेचीनगर–७ का ३५ वर्षीय पुरुष र कनकाई–३ की ८८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जिल्लामा मंगलबार ३०३ जना कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणबाट २८७ र…
झापा, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो । डा. समिरकुमार अधिकारीका अनुसार ९७ प्रतिशतमा पाइएको भारतीय भेरियन्ट हाे भने तीन प्रतिशतमा पाइएको बेलायती भेरियन्ट हाे । योसँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको…
झापा, ४ जेठ । कोभिड–१९ को सङ्क्रमण तिब्र भएपछि मुलुकमा देखिएको अक्सिजनको हाहाकारलाई कम गर्न नेपाल प्रहरीले अनावश्यक ठाउँमा प्रयोग भएका र लुकाइछिपाइ राखिएका सिलिन्डरको खोजी कार्यलाई थप तिब्रता दिएको छ । प्रहरीले पछिल्लो दुई हप्तामा मात्रै नौ हजार बढी सिलिन्डर खोजी गरी स्थानीय प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा अत्यावश्यक क्षेत्रमा वितरण गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले वैशाख २६ गतेदेखि आजसम्म नौ हजार १४० सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको जानकारी दिए । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा मात्रै २३१ अक्सिजन सिलिन्डर…
झापा, ४ जेठ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आज उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गरे । मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियो लाइटको अभाव पूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउँदै नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाए । सो कार्यमा सरकारको पूर्ण सहयोग हुने उनको प्रतिबद्धता थियो । मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु…
काठमाडौँ, ४ जेठ । एस्ट्राजेनेका र फाइजरको कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका ९० प्रतिशतभन्दा बढी र दोस्रो डोज लगाएका बेलायतीहरुमा शत प्रतिशत एन्टीबडी विकसित भएको एक अनुसन्धानले देखाएको छ । बेलायत र वेल्सका ८,५१७ व्यक्तिमाथि गरिएको पछिल्लो अनुसन्धानमा यी दुई भ्याक्सिन अत्यधिक प्रभावकारी रहेको पुष्टि भएको छ । अनुसन्धानमा पत्ता लागे अनुसार दुई मध्ये पहिलो डोज लगाएका ९६.४२ प्रतिशतमा २८ देखि ३४ दिनपछि एन्टिबडी विकसित भएको पत्ता लागेको छ । यस्तै, दोस्रो डोज लगाएको सातदेखि १४ दिनभित्र यो ९९.०८ प्रतिशतसम्म वृद्धि भएको पाइयो । युनिभर्सिटी कलेज लण्डन (यूसीएल) का अनुसन्धाताले गरेको उक्त अनुसन्धानमा यी दुई भ्याक्सिन कोभिड–१९ सँग लड्नका लागि…
झापा, ४ जेठ । झापामा आज २६४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा बिर्तामोडमा सबैभन्दा धेरै ७१ जना र झापा गापा र बाह्रदशीमा सबैभन्दा कम एक÷एक जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भद्रपुरमा ४६, दमकमा २९, कनकाईमा २५, अर्जुनधारामा २०, मेचीनगरमा १८, हल्दिबारीमा १५, बुद्धशान्तिमा १२, शिवसताक्षी र कचनकवलमा ७–७, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ४–४, गौरीगञ्ज र गौरादहमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यता, प्रदेश १ मा आज १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा…