
झापा, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो । डा. समिरकुमार अधिकारीका अनुसार ९७ प्रतिशतमा पाइएको भारतीय भेरियन्ट हाे भने तीन प्रतिशतमा पाइएको बेलायती भेरियन्ट हाे ।
योसँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



