
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २१ भदौ । तेस्रो मिस्टर कञ्चनजंघा खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । बडी ग्यारेज बिर्तामोडको आयोजनामा आगामी भदौ २७ र २८ गते हुन लागेको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । आयोजक समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको छ भने प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा सात वटै प्रदेशबाट करिब १५० जना खेलाडी सहभागी हुने तेस्रो मिस्टर कञ्चनजंघा खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो । भदौ २७ गते प्रिजजिङबाट ६ वटा समूहबाट ३६ जना खेलाडी छनोट हुने छन् । भदौ २८…
झापा, २१ भदौ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय मान्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्दायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्द गरेको हो। युट्युब बन्द भएसँगै त्यहाँभएका म्युजिक भिडियो, फिल्म, वेबसिरिज, गीत–संगीत, समाचार, कमेडीलगायतका थुप्रै भिडियोहरू बन्द भएका छन् । युट्युब वेब ब्राउजरमा बन्द छ भने मोबाइलमा भने खुलिरहेको छ ।
भद्रपुर, २१ भदौ । भदौ २१ गते झापाको भद्रपुर नगरपालिका–३ स्थित भैसाबाडी नजिकको मेचि खोलामा एक पुरुषको शव फेला परेको छ। स्थानीयले खोलाले बगाई ल्याएको अन्दाजी ६०–६२ वर्षको पुरुषलाई देखेपछि बाहिर निकालेका थिए। तर, उनलाई मृत अवस्थामा फेला पारिएको हो। घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट टोली खटिएको थियो। अनुसन्धानको क्रममा मृतकको पहिचान झापा कचनकवल गाउँपालिका–६ पैनीटोला निवासी ६५ वर्षीय सोनुलाल मुर्मुको रूपमा गरिएको छ। पहिचान मृतककी छोरी सुसिला मुर्मुले गरेकी हुन्। प्राप्त जानकारी अनुसार, मुर्मु नेपालबाट भारततर्फ छोरीको घर जानका लागि मेचि खोला तर्ने क्रममा डुबेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
१० बर्ष मुनिका बालबालिकाको हात,पैताला तथा मुखमा आउने स(सना राता बिमिराहरुलाई हात, पैताला, तथा मुखको रोग भनिन्छ। यो रोगको कारक भाइरस भनेको कोक्सेक्की भाइरस र इन्टेरो भाइरस ७१ हुन्। लक्षणहरु –– ज्वरो आउनु– खाना नरुच्नु– घाँटी दुख्नु– जिब्रो, गिजा, गाला, पैताला र हत्केलामा रातो बिमिरा आई पानी र पिप जस्तो घाउहरु देखिनु यो रोग लागेमा के(के कुराहरुमा ध्यान दिनुपर्छ रु– बिरामी बच्चालाई धेरै पानी खुवाउने– नरम खाना तथा झोलिलो खाने कुराहरु खुवाउने– पर्याप्त मात्रामा आराम गराउने– मुखको अल्सरबाट आउने ज्वरो र दुखाइ कम गर्नका लागि सो अनुसारको उपचार दिने– बिरामी बच्चाको सम्पर्कमा आएपछि साबुनपानीले हात धुने यो रोग कसरी सर्छ…
झापा, २१ भदौ । नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्नुअघि गएको बुधबार सूचना निकालेर ब्युरोले भीपीएन प्रयोग नगर्न भनेको हो । भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुन सक्ने, बैंकिङ एप ह्याक भई आर्थिक क्षतिसमेत हुन सक्ने र भाइरस लाग्ने, जसले थप जोखिम निम्त्याउन सक्ने भएकाले त्यसो नगर्न ब्युरोले सचेत गराएको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरे पनि नेपाल बाहिरको लोकेसन प्रयोग गरेर भीपीएनमार्फत प्रयोगकर्ताहरू सक्रिय हुने देखेपछि ब्युरोले सचेत गराएको हो
कुमोद अधिकारीबिराटनगर, २१ भदौ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव हुने स्पष्ट पार्नुभएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले दुईतिहाइ बहुमत आवश्यक भएकाले कार्यदलमार्फत सबै दललाई साथमा लिएर संशोधन प्रक्रिया अघि बढाइने बताउनुभयो। देउवाले काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी गर्नुभयो। मन्त्रीहरूको कार्यसम्पादनबारे उठेका प्रश्नमा आफूलाई थाहा नभएको समेत उहाँले प्रतिक्रिया दिनुभयो। सामाजिक सञ्जालसम्बन्धी विवादबारे उहाँले सरकारले बन्द गर्न नभई अदालतको निर्णयअनुसार प्रक्रिया अनुसार दर्ता मात्र गराउन खोजेको स्पष्टिकरण दिनुभयो ।
काठमाडौँ, २१ भदौ। मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल बताउनुहुन्छ । ‘सबै नीतिको माउ नीति राजनीति’ हाँक्ने जिम्मेवारीमा रहेको राजनीतिक नेतृत्वलाई नीति निर्माणमा परामर्श दिने, बनेका नीति–नियमलाई कार्यान्वयन गरी…
काठमाण्डौ, २१ भदौ । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । खेल बेलुका साढे पाँच बजेदेखि काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । नेपाल र बङ्गलादेशबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो । अर्को खेल भदौ २४ गते मङ्गलवार हुनेछ । झन्डै दुई वर्षपछि घरेलु मैदान दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुन लागेको हो । रङ्गशाला खेल्न अयोग्य र असुरक्षित रहेको भन्दै फिफाका आधिकारिक प्रतियोगिता यो मैदानमा हुन सकेका छैनन् । लामो समयपछि घरेलु मैदानमा हुन लागेको खेललाई लिएर खेलाडीसँगै नेपाली फुटबलप्रेमीमा पनि उत्साह थपिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बङ्गलादेशसँग घरेलु मैदानमा…
झापा, २१ भदौ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने…
झापा, २१ भदौ । हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् । बजेट पेश नभएका स्थानीय तहको सङ्ख्या ६१ वटा छन् । सो मन्त्रालयका अनुसार कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४०, वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन । राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ । गण्डकी प्रदेशका…