झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ब्राजिलमा बस्ने दुई जुम्ल्याहा दाजुभाइले आफ्नो जीवनमा धेरैजसो कुरा सँगसँगै गरे र दुबैले ट्रान्सजेन्डर शल्यक्रिया पनि गराएर रेकर्ड कायम गरेका छन् । १९ वर्षका यी जुम्ल्याहा शल्यक्रिया गरेपछि युवती बनिसकेका छन् । मायला र सोफियाका अनुसार उनीहरु वाल्यकालदेखि नै केटाले झैं महसुस गर्न नसक्ने भएकोले आफूहरुले शल्यक्रिया गराउने निर्णय लिएको बताए । ब्राजिलको दक्षिण–पूर्वी शहर ब्लूमेनोमा रहेको एक ट्रान्सजेन्डर सेन्टरमा दुबैले शल्यक्रिया गराएका छन् । यो सेन्टरका डाक्टर जोसे कार्लोसका अनुसार यो संसारको पहिलो यस्तो रिपोर्टेड केस हो । यो शल्यक्रियाको एक हप्तापछि नै दुबैले एएफपीसँग भिडियो कन्फरेन्समार्फत् अनुभव साझा गरेका छन् । अर्जेन्टिनामा मेडिसिनको पढाई गरिरहेकी मायलाले भनिन्, ‘मलाई…

Read More

झापा, १७ फागुन । सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले ५५ वर्ष माथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान शुरु गर्न लागेको छ । पचपन्न वर्षभन्दा माथिका अनुमानित सङ्ख्या ५१ लाख ६४ हजार २६९ का लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । यो कूल जनसङ्ख्याको १७ प्रतिशत हो । यस समूहलाई दोस्रो चरणमा आगामी जेठ १७ गतेदेखि ५ गतेसम्म खोप लगाउने सरकारको तयारी छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ सरकारका तर्फबाट…

Read More

झापा, १७ फागुन । पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राष्ट्रिय आयबाहेक समितिले निर्धारण गरेका स्तरोन्नतिका सूचकमा प्रगति भएकाले नेपाललाई स्तरोन्नतिका लागि सिफारिस गरिएको हो । स्तरोन्नतिका निम्ति आवश्यक तयारी गर्न समितिले पाँच वर्षको अवधि प्रदान गरेको छ । स्तरोन्नतिका लागि तीन वर्षअघि नै नेपालको प्राविधिक योग्यता पूरा भएको थियो । त्यतिबेला भूकम्पबाट उत्पन्न असहज परिस्थितिलाई समेत दृष्टिगत…

Read More

झापा, १७ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरेपछि राजनीतिक दलको ध्यान संसद्मा केन्द्रित बनेको छ । सर्वोच्चको फैसलाअनुसार फागुन २३ गतेभित्र नै संसद् बैठक बोलाउनुपर्नेछ । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक अझै आह्वान गरेका छैनन् । संसद् बैठक सुचारु भएसँगै नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढाउन नेकपा प्रचण्ड–नेपाल समूहले सक्रियता देखाएको छ । नयाँ सरकार गठनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग प्रारम्भिक छलफल अगाडि बढाएको छ । संसद् पुनस्र्थापित भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्…

Read More

झापा, १७ फागुन । काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहलाई आग्रह गरेको छ । वैधानिक रुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरण अन्योलमा बढ्दै गएको छ । काँग्रेसले प्रधानमन्त्री ओलीलाई पार्टी विभाजनका लागि अप्ठ्यारो परेमा दल विभाजनलाई सहज हुने गरी यसअघि ल्याएकै अध्यादेशलाई विधेयकका रुपमा ल्याए सहयोग गर्ने संकेत पनि दिएको छ । ‘हामीले नेकपालाई विभाजन गर्नुहोस् भन्न त भएन तर आन्तरिक झगडाका कारण लामो समय मुलुकलाई बन्धकमा राख्न मिल्दैन’ काँग्रेस नेता मीनेन्द्र रिजालले भने, ‘कि…

Read More

झापा, १७ फागुन । नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने हुन्छ । नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ खरिद गरिने सवारी साधनले दर्तादेखि नै अनिवार्य रूपले इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू गर्न लागिएको जानकारी दिए । उनका अनुसार विभागले यसै महिनादेखि नै यो प्रावधान लागू गर्न लागेको हो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More

झापा, १७ फागुन । कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क मागपत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ । यसअघि रोजगारदाताले श्रमिकको टिकट र भिसा खर्चसम्बन्धी विवरण मात्रै उल्लेख गर्ने गरेको थियो । नेपाली दूतावासका अनुसार मागपत्रमा सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताले नेपाली श्रमिक ल्याउन पाउने छैन । ‘यसलाई दूतावासले फागुन १७ गतेदेखि नै कार्यान्वयन गर्नेछ’, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘सेवा शुल्कसम्बन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण गरिनेछैन ।’ कतारको श्रम कानुनले नै श्रमिक ल्याउने रोजगारदाताले नै सेवा शुल्क दिनुपर्ने सम्बोधन गरेको भन्दै दूतावासले यसलाई कार्यान्वयनमा ल्याएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, १७ फागुन । सरकारले कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए । त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइनेछ । त्यसले २० प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ । दोस्रो पटक कति मूल्यमा खोप खरिद गर्न लागिएको भन्ने यकिन भइसकेको छैन । ‘सेयरजस्तै उत्पादन कम्पनीले खोप मूल्य बढाउन पनि सक्छन् । तर, हामीले बजारको मूल्यभन्दा सस्तोमा पनि खरिद गर्न सक्छौँ,’ सचिव अर्यालले भने । यसअघि भारतको सेरम इन्स्टिच्युटसँग चार डलरका दरमा २० लाख डोज खरिद गर्ने सम्झौता भएको थियो ।…

Read More

बिर्तामोड, १६ फागुन । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । मन्त्रालयमा आज आइतबार आयाजित एक कार्यक्रमका बीच झापा टुडे डटकमका सम्पादक खरेलसहित देशभरका नौजना खेल पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान र खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान बाँकेका कमल खत्रीलाई प्रदान गरेको छ । पुरस्कारको ५० हजार नगद र प्रमाणपत्र रहेको छ । त्यस्तै, खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार (दलित, महिलातर्फ) दोलखाकी मुना कार्कीलाई प्रदान गरियो । पुरस्कारको राशि २५ हजार नगद र प्रमाणपत्र रहेको छ । प्रदेश १ बाट छनोट भएका…

Read More

विराटनगर, १६ फागुन । नेपाल पत्रकार महासंघ मोरङले जिल्ला शाखाका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । विराटनगरस्थित आफ्नै कार्यालयमा आइतबार बसेको शाखाको २० औं वैठकले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनअन्तर्गत हुने केन्द्र र जिल्ला शाखाको निर्वाचन प्रयोजनका लागि निर्वाचन समिति गठन गरेको हो । उक्त समितिको सदस्यमा इन्दिरा भट्टराई र जिल्ला बार एसोशिएसन मोरङका १ जना प्रतिनिधि सदस्य रहने महासंघ मोरङका सचिव अर्जुन आचार्यले जानकारी दिनुभयो । निर्वाचन समिति गठन भएसँगै पत्रकार महासंघको चुनावी जोडघटाउ पनि सुरु भएको छ । बैठकले निर्वाचनको सन्दर्भलाई केन्द्रीत गर्दै अध्यक्ष बन्धु पोखरेल, उपाध्यक्ष कुमोद अधिकारी, उपाध्यक्ष सुशीला पाठक,…

Read More