
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
उद्योग–व्यवसाय क्षेत्रमा सुवास भट्टराईको नाम अपरिचित छैन । उद्योग–व्यवसायजन्य संघ–संस्थामा कुशल नेतृत्वकर्ताको रुपमा पनि सुवास भट्टराई सुपरिचित नाम हो । विर्तामोड वा झापा मात्र होइन राष्ट्रिय रुपमै निजी क्षेत्रमा सुवासको सुवास भट्टराईको सङलो छवि छ । उनै सुवास भट्टराई विर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुन गइरहेको निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएर विजयी बन्ने दर्बिलो आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएका छन् । पुसर्वी पहाडी जिल्ला पाँचथरको च्याङथापु गाउँमा पिता धनपति र माता धनमाया भट्टराईको दोस्रो पुत्ररत्नका रुपमा २०४१ साल मंसिर ९ गते जन्मिएका सुवास सानै देखि तीक्ष्ण बुद्धि र शालीन स्वभावका थिए । पाँचथरमा शुरु भएको पारिवारिक…
झापा, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपनि व्यवहारिक रुपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो रहेको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त छ । सडक आन्दोलनदेखि जनप्रदर्शनसम्मा उनीहरुले अलग–अलग पार्टीको अभ्यास गरिसकेका छन् । निर्वाचन आयोगले दुबै समूहलाई हालसम्म आधिकारिकता नदिएकाले कानुनी रुपमा नेकपाको हैसियत एउटै छ । त्यसैले अब प्रतिनिधिसभामा नेकपाको हैसियत के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । कसरी अघि बढ्ने भन्नेमा दुबै समूहका केही नेताहरुले मंगलबारै अनौपचारिक छलफल थालिसकेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुस ५ अघि फर्केपनि पार्टी धेरै अघि बढिसकेको भन्दै…
भद्रपुर, १२ फागुन । झापाको भद्रपुरमा घर–घरमा पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ । वडा नं ७ ले यसको शुरुआत गरेको छ । वडाध्यक्ष विनोदप्रसाद पोखरेलको अगुवाइमा वडा नं ७ को आदिवासीबहुल बासीलाल टोलमा पुगेर भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेको हो । त्यहाँ भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । ‘घर दैलोको स्थानीय सरकार, गर्छौँ हामी स्वास्थ्य उपचार’ भन्ने नाराका साथ टोल–टोलमा पुगेर स्वास्थ्य सेवा दिन शुरु गरिएको वडाध्यक्ष पोखरेलले बताउनु भयो । त्यहाँ सामान्य उपचार औषधि वितरण गरिएको थियो । यसलाई…
झापा, १२ फागुन । झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर सेक्टर डि ४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मंगलबार राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया तामाङ राईलाई कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–२ बाट राईलाई पक्राउ गरेको हो । श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
झापा, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक नै नबोलाउने त होइनन् भन्ने आशंकासमेत चिर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेको छ । अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै आएका प्रधानमन्त्रीले सोही अनुसार मन्त्रिपरिषद् राखेर संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति संसद् बैठक बोलाउनै पर्ने अदालतको बाध्यकारी आदेश छ । तर त्यसपछिको प्रक्रिया कसरी अघि बढ्छ रु संविधानसभाबाट जारी भएको नयाँ संविधानमा त्यसको स्पष्ट व्यवस्था छैन । ओलीले पदबाट राजीनामा गरेमा संविधानको धारा ७६ अन्तरगत नयाँ…
झापा, १२ फागुन । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई० र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डका उपाध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने जानकारी दिए। हाल दुवै तहको परीक्षाका लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ । बोर्डको यो तयारी कार्यान्वयन हुन सके विद्यार्थीको शैक्षिक सत्रमा दुई÷तीन महिनाको हाराहारीमा…
बुधबारे, १० फागुन । लागु औषध तथा दुव्र्यसनी न्युनिकरणका विषयमा सहकार्य गर्दै अघि बढ्न बुद्धशान्ति गाउँपालिकाका विभिन्न संघसंस्था सहमत भएका छन् । आइतबार इलाका प्रहरी कार्यालय बुधबारेमा भएको अन्र्तरक्रिया तथा भेटघाट कार्यक्रममा सो सहमति भएको हो । बुधबारे जेसीज, इलाका प्रहरी कार्यालय बुधबारे, सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्ति, आर्शिवाद सुधार केन्द्र, फो सेभेन गाइज बुद्धशान्ति लगायतका संस्था एक भएर लागु औषध तथा दुव्र्यसनी न्युनिकरणका विषयमा सहकार्य गर्दै नजिता देखिने गरीको काम गर्न सहमत भएका हुन् ।कार्यक्रममा इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवाल, बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष धरणीधर पोखरेल,…
बिर्तामोड, १० फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले परम्परागत पेसालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएकी छन् । आइतबार नेपाल सुनचाँदी व्यवसायी संघ झापाले बिर्तामोडमा गरेको स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री विकले आधुनिकीकरण तथा बजारीकरणको अभावमा जातीय तथा समुदायले परम्परादेखि गर्दै आएको पेसा पलायन हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरिन् । कार्यक्रममा सुनचाँदी व्यवसायीले सुनको आपूर्ति आवश्यकभन्दा एकदमै न्यून भएकाले व्यवसाय संकटमा पुगेको समस्या राखेका थिए । जवाफमा राज्यमन्त्री विकले आपूर्तिबारे मन्त्रालयमा गहन रुपमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘यसबारे नीतिगत सुधार आवश्यक भएको मैले महसुस गरेकी छु,’ राज्यमन्त्री विकले भनिन्, ‘म आफैँ पनि यो व्यवसायसँग…
झापा, ९ फागुन । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा सङ्घ’ भन्ने मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताए । उनले चैतमसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १६५ वटा सङ्घीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७५३ स्थानीय तह कमिटी र छ हजार ७४३ वडा कमिटी गठन गर्ने समेत जानकारी दिए ।…
झापा, ९ फागुन । कोरोना महामारी ९कोभिड–१९०ले ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ । छालारोग विशेषज्ञ डा। मेलिना अमात्यले भनिन्, “कोरोना सङ्क्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्न ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्छ ।” हात धुन सम्भव भएको ठाउँमा सेनिटाइजरको प्रयोग गर्नु गलत बानी भएको बताउँदै उनले विभिन्न रसायन र अल्कोहल प्रयोग गरेर तयार गरिने सेनिटाइजरले कतिपय अव‚थामा हानि गर्ने बताइन् । डा. अमात्यले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र…