
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १९ चैत । झापा दमक–६ बाट कामको खोजीमा आउने महिलालाई यौनकार्यमा लगाउने दुई महिलालाई पक्राउ गरिएको छ । दमक–६ स्थित नयाँ सब्जी मण्डीमा घर भाडामा लिएर दमक बजारमा कामको खोजीमा आउने विभिन्न उमेर समूहका युवतीलाई सोही घरमा राखी वेश्यावृत्ति गराइरहेका मोरङ पथरीशनिश्चरे–३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलाम चुलचुली–४ की ३८ वर्षीया बन्ठि भन्ने नन्दिता साँवा लिम्बू पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा १७ देखी ३९ बर्ष उमेर समूहका ८ जना महिला तथा युवतीहरु फेला पारेको थियो । फेला परेका उनीहरुसँग…
बिर्तामोड, १९ चैत । मेची महाकाली सफाई अभियानको आयोजनामा इलामको कुटिडाँडास्थित धार्मिक सहिष्णुताले भरिपुर्ण पाथिभरा मन्दिर सरसफाइ साथै डस्बिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । ‘स्वच्छ सफा नेपाल हाम्रो अभियान’ भन्ने मुल नाराका साथ मन्दिर सरसफाइ साथै डस्बिन हस्तान्तरण कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी, बिर्तामोड सरसफाइ अभियान, नेप्लिज टिन्स, शैशव मन्च जिल्ला समिति झापा, अर्जुनधारा सफाइ अभियान, हाम्रो अभियान साथै स्थानीयको सहभागितामा प्रवेश गेटदेखि मन्दिर परिसरसम्म सरसफाइ गरिनुका साथै १५ थान डस्बिन हस्तान्तरण गरिएको मेची महाकाली सफाइ अभियन्ता बिषनु आचार्य ले जानकारी दिनु भयो ।
तित्राआमा छोरा मिलेर बाबुको हत्या । स्काभेटर चालकले महिलालाई जिउँदै पुर्यो । होटलमा महिलासँग सुतेका वडाध्यक्ष पक्राउ । जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ । राईको मृत्युपछि पाँच जना पक्राउ । एटीएम मेसिन फुटाउने पक्राउ । प्रहरी कार्यालयमै दलाल गनेर् पक्राउ । यी समाचारका शीर्षकहरु कुनै स्थानीय पत्रिकामा छापिएका एक दिनका खबर हुन् । यस अखबारको आँखीझ्यालबाट देशलाई नियालेर हेर्न सकिँदो रहेछ । बिरालो हेरेपछि बाघ हेर्नु पदैर्न भन्छन् । आकारले ठूलो होला, रंगले फरक पर्ला । शिकारको मात्रा तलमाथि हुन सक्छ । ओडार र घर बसाइ फरक पर्न सक्छ तर बाघ र बिरालोको प्रवृति, धर्म, जाति, मति एउटै हुन्छ । माथिका समाचारका शीर्षकहरुले मुख्य गरी तीन वटा कुराको संकेत गरेको छ । पहिलो…
झापा, १८ चैत । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेट भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल गर्न देउवासँग भेटेका हुन् । देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोर्याएका थिए । उनले ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए । ती नेताका अनुसार दाहालले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रह गरेका थिए । ‘तपाईं प्रधानमन्त्री बन्नुस् । यसका लागि पहलकदमी लिनुस्,’ दाहालको भनाइ उद्धृत गर्दै काँग्रेस नेताले भने, ‘ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि खतरापूर्ण छ । अब…
झापा, १८ चैत । बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्ने गरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ । सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले कुनै घटना वा अपराधपछि त्यसको गोप्य अनुसन्धान कार्यमा खटिने प्रहरीलाई ज्याकेट (फ्लोरोसेन्ट) र टोपी वितरण गरेसँगै प्रहरीले गर्ने अनुसन्धानमा बाधा पुग्ने देखिएको हो । अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकायका विज्ञहरुले बताए । पूर्वडिआइज हेमन्त मल्लले गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई एकैखाले प्रहरी भनेर छुट्टिने लुगा वितरण गर्न गलत रहेको बताए । उनले भने, ‘अनुसन्धानमा खटिने प्रहरीको पोसाक अरुले छुट्याउन नसकिने किसिमको हुनुपर्छ, तर प्रहरीको हुलिया नै खुल्ने गरी पोसाक…
झापा, १८ चैत । देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ । स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिए पनि निमित्त कर्मचारीले दैनिक अत्यावश्यक कामबाहेक अन्य काम नगर्दा स्थानीय तहमा सेवा प्रवाहमा समस्या भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोक सेवा आयोगबाट एक सय जना शाखा अधिकृत र ८८ जना उपसचिव आउने क्रममा रहेकाले तत्कालका…
झापा, १८ चैत । नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ । कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपमा अद्यावधिक गर्ने गरेकामा यसपटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएको हो । पहिले ४ लाख ७० हजार रहेको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने नीतिअनुसार कांग्रेसले धमाधम सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य आनन्द ढुंगानाले ६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको र मंगलबारसम्म करिब ५ लाखको हाराहारीमा नयाँ तथा पुराना सदस्यको विवरण इन्ट्री भएको जानकारी दिए । ‘६५ जिल्लाबाट सदस्यता इन्ट्री…
झापा, १८ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ । नेकपा एमालेका १६ जना सांसदले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र लेखी अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् । गत पुस १२ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी ब्यूँतिँदा नयाँ राजनीतिक परिस्थिति निर्माण भएको भन्दै उनीहरुले अविश्वास प्रस्तावबाट समर्थन फिर्ता लिएका जनाएका छन् ।
झापा, १८ चैत । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित जनता समाजवादी पार्टी ९जसपा० का नेताहरुसँग छलफल गरे । ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो । प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल शुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन । अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ । नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति…
काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । आज रिपोटर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि भत्ता बढ्ने घोषणा गरेका हुन् । “साउन १ गतेबाट लागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ । कसैलाई आपत्ति लाग्ला,” उनले भने ।