झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ बैशाख । सुनसरीको धरान-५ स्थितबाट प्रतिबन्धित लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २२ गते राती विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी देउराली र श्यामचोकबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १२०० क्याप्सुल र स्पास्पेन १३५० ट्याब्लेट सहित बेचबिखानमा संलग्न सोहि स्थानका हरी बहादुर विश्वकर्मा सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, २३ बैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितबाट गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स सहित ओसार पोसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार दिउँसो इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR07PC4765 नम्बरको एम्बुलेन्समा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको १४८ किलोग्राम गाजाँ बरामद गरेको हो । गाँजा बरामद भएसगै ओसार पोसारमा संलग्न चालक भारत बिहार सुपोलका धर्मेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार मो. सदामलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड, २३ बैशाख ।  झापाको बिर्तामोड–४ मा मुल कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यको ऋण मिनाहा गरेको छ । संस्थाका शेयर सदस्यको मृत्युपछि ऋण मिनाहा गरिएको हो ।  संस्थाका सदस्य बिर्तामोड–३ का बिरेन्द्र तामाङको मृत्युपछि उनको नाममा रहेको एक लाख ३० हजार ८२४ रुपैयाँ कर्जा मिनाहा गरिएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले मृतक सदस्यकी श्रीमती अर्पणा थापा मगरलाई ऋण मिनाहा पत्र हस्तान्तरण गर्नुभएको थियो । तामाङको मृत्युपछि परिवार आर्थिक संकटको चपेटामा पनि भन्दै संस्थाले ९ महिना अघि लिएको ऋणबापतको सो रकम मिनाहा गरिएको संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाले जानकारी दिए । कर्जा मिनाहासँगै संस्थाको मृत्यु संस्कार राहत खर्च…

Read More

झापा, २३ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर…

Read More

झापा, २३ बैशाख । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका–८ भ¥याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्षासँगैको पहिराका कारण अवरुद्ध भएका केही राजमार्ग मङ्गलबार साँझदेखि केही पूर्णरुपमा सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३…

Read More

झापा, २३ बैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । ब्यूरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ । प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पु¥याइ ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्यूरोको भनाइ छ । ब्यूरोले यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

Read More

झापा, २३ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी,…

Read More

झापा, २२ बैशाख । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय रोशन तामाङ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये शक्तिले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै एक लाख ९५ हजार, विमलाले अजरबैजान पठाइदिने भन्दै १३ लाख ६० हजार तथा रोशनले क्यानडा पठाइदिने भन्दै २४ लाख…

Read More

झापा, २२ बैशाख । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गरी कर्मचारीलाई दरबन्दी अनुसारको जिम्मेवारीमा खटाउन परिपत्र गरेको छ । मंगलबार संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग, सचिवाल र निकायलाई परिपत्र गरेको छ । प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाका शाखा अधिकृत विवेक विडारीले पठाएको पत्रमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी भएसँगै निजामती सेवा ऐन, २०४९ को दफा ५३ खारेज भएको जनाइएको छ। जुन दफामा ट्रेड युनियनसम्बन्धी व्यवस्था रहेको थियो । मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्न भनेको छ । यससँगै ट्रेड युनियन र त्यसमा आवद्ध कर्मचारुीले ट्रेड युनियन प्रयोजनका लागि कार्यालय…

Read More

झापा, २२ बैशाख । दुबई प्रस्थान गर्न लागेका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने मन थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भेटिएका दाङ घोराहीका ३७ वर्षीय विशालले काठमाडौँमा फोहर उठाउनेदेखि होटलमा वेटरको कामसमेत गरे । तर, ती सबै ठाउँमा उनले कामअनुसारको उचित पारिश्रमिक र समयमा तलब पानन् । उनले भने, ‘परिश्रमको मूल्य नै पाइएन, त्यही भएर विदेशिन लागेको हुँ ।’ धनकुटाका गुञ्जन तामाङ मनोरञ्जन क्षेत्रमा काम गर्छन् । उनले यस क्षेत्रमा काम गर्न थालेको नौ महिना भयो । उचित पारिश्रमिक नपाउने, काममा साहुको अपमानजनक व्यवहारले गर्दा उनले नौ महिनामै चार ठाउँमा काम गर्नुपरेको गुनासो गरे । ‘तलबै नदिएपछि के बसिरहनु’, उनले भने,…

Read More