झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ मंसिर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज शिलान्यास गरिने भएको छ । जेष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा पुर्व मिस नेपाल तथा जेष्ठ नागरिक ग्रामकी डिजाईनर शृखंला खतिवडा, सामाजिक अभियान्ता रमेश प्रसाई, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहने छ । सामाजिक विकास मन्त्रालयले यसअघि गुरुयोजनाबारे सरोकारवालासँग छलफल र जेष्ठनागरिक ग्रामबारे जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल गरिसकेको छ । छलफलमा आएका सुझाव सहित समेटेर…

Read More

तेह्रथुम, २९ मंसिर । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा पौडी खेल्ने क्रममा तिन जना बालिकाको मृत्यु भएको छ । सुदापको च्यात्लुङमा प्रगती कृषि समुहले सिंचाईको लागी निर्माण गरेको प्लास्टिकको पोखरीमा पौडी खेल्न गएका स्थानीय इन्द्रबहादुर लिम्बुका दुई छोरीहरु सात वर्षीया रन्जना लिम्बु र पाँच वर्षीया रोजनी लिम्बु तथा देवेन्द्र लिम्बुको आठ बर्षीया छोरी सुहाना लिम्बु उक्त पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । शनिवार साँझ साँढे ६ बजे उक्त पोखरीमा बालिकाकाहरु डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भइरहेको तथा शव परीक्षणका…

Read More

भद्रपुर, २८ मंसिर । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भौतिक पुर्वाधार तथा निर्माण मन्त्री वसन्तकुमार नेम्बाङलाई भद्रपुर क्षेत्रमा पर्ने मुख्य सडकको स्तरोन्नतिका लागि आग्रह गरेका छन् । शनिबार अपरान्ह झापा आएका मन्त्री नेम्बाङलाई भद्रपुर विमानस्थलमा स्वागत गर्दै नगरप्रमुख श्रेष्ठले झापाकै सदरमुकाम रहेको भद्रपुरको चन्द्रगढी भैरवचोकबाट मेची पूलसम्मको सडकखण्ड चार लेनमा स्तरोन्नति गरिदिन आग्रह गरेका थिए । मेची पूल निर्माण भइसकेको र सो पूलबाट अयात–निर्यात पनि बढ्दै गएकोले उक्त सडकखण्डको आवश्यकता र महत्व पनि बढेकाले जतिसक्दो चाँडो स्तरोन्नति गरिदिन आग्रह गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । मन्त्री नेम्बाङलाई लिखित प्रस्ताव पेश गरिएको नगरपालिकाकी सञ्चार संयोजक गंगा बरालले जानकारी दिइन् । त्यस्तै…

Read More

काठमाडौं, २८ मंसिर । कोभिड–१९ विरुद्धको खोप तयार भएपछि छिटो ल्याउन सरकार–सरकार (जीटूजी) र निजी क्षेत्र दुवै सहभागी हुनुपर्ने देखिएको छ । सुविधाबाट पाउने खोपको मात्र भर पर्दा धेरै ढिला हुने भएकाले दुवै विकल्पमा तुरुन्त अघि बढ्नुपर्ने विज्ञहरुले बताएका छन् । एउटै प्रक्रियामा भर पर्दा समयमै खोप ल्याउन नसकिए मुलुकको स्वास्थ्य, रोजगार, अर्थतन्त्र, व्यापार, व्यवसायलगायत झन् प्रभावित हुन सक्ने उनीहरुको भनाइ छ । जनस्वास्थ्यविद् डा सुरेश तिवारीले खोप ल्याउन सबै विकल्प खुला गर्नुपर्ने बताए । पछिल्लो समय कोरोनाबाट मृत्युदर बढेकाले पनि खोप प्रमाणित भएपछि जतिसक्दो छिटो ल्याउनुपर्ने अवस्था छ । ‘कोभाक्स तत्काल समाधान होइन । एउटा विकल्प सफल नहुँदा अर्को…

Read More

काठमाडौं, २८ मंसिर । भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो उपस्थिति हुन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । कांग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्धको प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । सोही प्रदर्शनको तयारीका लागि व्यस्त रहने भएकाले परिषद् बैठकमा आफ्नो दलको उपस्थिति नहुने जानकारी प्रधानमन्त्रीलाई सभापति देउवाले गराएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । देउवा निकट एक नेताले भने, ‘शुक्रबार मात्रै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको अनौपचारिक छलफलमा समेत बैठकबारे…

Read More

काठमाडौँ, २८ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। सचिवालयमा अल्पमतमा परेका केपी शर्मा ओलीले आफूविरुद्ध स्थायी कमिटीमा बहुमत जुट्न नदिन केही नेतालाई मध्यमार्गी भूमिका निर्वाहका लागि गरेको पहल पनि असफल भएको एक नेताको दाबी छ। पार्टी स्थायी कमिटीको बैठकले ओलीकै पक्षमा निर्णय गरे पनि उनैले त्यसलाई कार्यान्वयन नगर्दा समस्या आएको इतर पक्षको बुझाइ छ। पार्टी बैठकमा सहभागी हुने र सहमतिका लागि ओलीले नै सम्मानपूर्वक प्रस्ताव ल्याउनुपर्ने बताउँदै नेता नेपालनिकट एक सदस्यले भने, ‘जसका कारण समस्या भएको हो, उसैले समाधान दिनुप¥यो। उसले समाधान दिएन भने पार्टीले निर्णय दिन्छ, त्यसलाई मानेर हिँड्नुपर्छ। अर्को विकल्प…

Read More

काठमाडौँ, २८ मंसिर । नेपालमा रगत व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रले सामान्य अवस्थामा शनिबार मात्र चार सय युनिट रगत सङ्कलन गर्ने गर्दथ्यो । शनिबार प्रायः १०–१२ स्थानमा रक्तदान कार्यक्रम आयोजना हुन्थे । एउटै स्थानबाट ५० युनिटभन्दा धेरै रक्तदान गर्ने स्वयंसेवी हुन्थे । आज (शनिबार) काठमाडौंँ उपत्यकामा जम्मा दुई स्थानमा मात्र रक्तदान गरियो । एक स्थानबाट २५ युनिट र अर्कोबाट ३१ युनिट गरी जम्मा ५६ युनिट रगत सङ्कलन भयो । यसले नेपालमा यतिबेला रगतको चरम अभाव छ भनेर पछिल्लो पुष्टि हो । सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा। मनिता राजकर्णिकारले रगतको चरम अभाव भएको जानकारी दिए ।…

Read More

काठमाडौं, २८ मंसिर । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट नागरिक जोगाउन स्वास्थ्य सेवा पु¥याउने र नागरिक जीविकाको आधार रोजगारी तथा उद्यम व्यवसाय पुनस्र्थापनामा सरकार दत्तचित्त भएर लागेको उनले बताए । नेपाल आर्थिक पत्रकार सङ्घको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पौडेलले सबै नागरिकलाई प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोपको व्यवस्था गरिने जानकारी दिए । १४ वर्ष नाघेका सबै नागरिकलाई प्राथमिकताका आधारमा खोप पु¥याउने गरी सरकारले ध्यान केन्द्रित गरेको छ”, उनले थपे, “गुणस्तरीय, सहज र सस्तो खोप खरिद, पर्याप्त स्रोत व्यवस्थापन गर्न सबै संयन्त्र परिचालन…

Read More

झापा, २७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित थपिएका छन् । ४६२ जनाको परीक्षण गर्दा झापा र सुनसरीका २०–२०, मोरंगका १०, इलामका ४, संखुवासभा र प्रदेश १ बाहिरका २–२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । झापाको दमकमा ६, कनकाईमा ३, कचनकवल, मेचीनगर र बुद्धशान्तिमा २–२, बा¥हदशी, भद्रपुर, हल्दिबारी, विर्तामोड र गौरादहमा १–१, सुनसरीको इटहरीमा १२, धरानमा ६, रामधुनी र इनरुवामा १–१, मोरंगको विराटनगरमा ४, सुन्दरहरैचा र उर्लाबारीमा २–२, पथरीशनिश्चरे र सुनबर्षीमा १–१, इलामको रोङमा २, इलाम नगरपालिका र सुर्योदयमा १–१, संखुवासभाको धर्मदेवी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ…

Read More

झापा, २७ मंसिर । प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिनुभयो । २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१२ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सवैभन्दा बढीको कोरोना परीक्षण गरेको छ । उसले ६३ हजार ९२६ जनाको परीक्षण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ४८ हजार ७४४, कोशी…

Read More