झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २२ मंसिर । झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगर किनबेच गर्दागर्दै दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र सशस्त्र प्रहरी बल काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो १ बजे मेचीनगर–७ गैरीगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको भारत पश्विम बंगाल जिल्ला दार्जिलिङ पानीट्याङ्कीका ४२ वर्षीय गंगु सुब्बाको साथबाट १८ ग्राम ब्राउनसुगर बरामद गरिएको थियो । सो ब्राउनसुगर खरिद गर्दै गरेको अवस्थामा बुद्धशान्ति–३ का ४७ वर्षीय दिलिपकुमार राजबंशी समेतलाई भारतिय रुपैयाँ २१ हजार सहित पक्राउ गरिएको छ । उनीहरुलाई तत्कालै नियन्त्रणमा लिएर बरामद ब्राउनसुगर, पैसा र दुई थान मोबाइलका साथ कानूनी…

Read More

बिर्तामोड, २२ मंसिर । यहाँस्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले आजदेखि आफ्नो ११औं वार्षिक साधारणसभाको प्रक्रिया शुरु गरेको छ । पत्रकार सम्मेलनमार्फत् वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै साधारणसभाको सुरुवात गरिएको हो । संस्थाको संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक गोपाल काफ्ले, अध्यक्ष नवराज खरेल, उपाध्यक्ष यादवकुमार ओली र सचिव डिल्लीराम प्रसाईंले प्रतिवेदन अनावरण गरेका हुन् । अध्यक्ष खरेलले सञ्चालक समितिको तर्फबाट तयार गरिएको प्रतिवेदनका मूलभूत बुँदाहरु प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार बिर्तामोड नगरपालिकालाई कार्यक्षेत्र बनाएको सो संस्थामा दुई हजार ८४ जना शेयर सदस्य छन् भने एक करोड ८३ हजार ९०० रुपैयाँको शेयर पूँजी रहेको छ । संस्थामा सदस्यहरुले जम्मा गरेको एक…

Read More

झापा, २१ मंसिर । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन ९डब्लुएचओ०, ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । उनले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताए ।…

Read More

झापा, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागेको छ। भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा देखिएको समस्याले एकपछि अर्को धक्का लागेको हो। शनिबारको सचिवालय बैठकमा आफूले राखेको प्रस्ताव अस्वीकृत भएपछि ओली झन् समस्यामा परेका छन्। कात्तिक २८ गते पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता गरेर साझा कार्यदलमार्फत राजनीतिक दस्तावेज तयार गरौं भन्ने ओलीको प्रस्तावलाई सचिवालय सदस्यहरूले अस्वीकार गरेका हुन्। पार्टी अध्यक्षसमेत रहेका ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कार्यदलको संयोजक बनाउन खोजेका थिए। तर गौतमले आफू कार्यदलको संयोजक नबन्ने…

Read More

झापा, २१ मंसिर । कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइनेछ । स्वास्थ्य सेवा विभागअन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा. श्यामराज…

Read More

झापा, २१ मंसिर । भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिबार उद्धार गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । घरमा भएको एक मात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि दुवैजनालाई उद्धार गरि विराटनगरको मानव सेवा आश्रममा ल्याईएको छ । राईको उद्धार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताउनुभयो । सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरुको उद्धार तथा पुर्नस्थापनाको काममा प्रदेश सरकार…

Read More

झापा, २१ मंसिर । ‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका छैनन्। तर पछिल्लो समय क्रसरको मनपरी रोकिनुको सट्टा झन्झन् बढ्दै गइरहेको छ। गत माघको पहिलो साता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ मा कानुनी हैसियतबेगर सञ्चालित क्रसर उद्योग बन्द गराई त्यसबारे जानकारी दिन आठवटै जिल्लाका प्रजिअलाई निर्देशनसहित पत्राचार गरे। त्यतिबेला सिरहाका प्रजिअ गोपालकुमार अधिकारीले अवैध क्रसरहरू बन्द गराए पनि बाँकी जिल्लामा भने सञ्चालन भइरह्यो। केही महिनामै प्रजिअ अधिकारी सरुवा…

Read More

झापा, २१ मङ्सिर । लाल–भागिरथा प्रतिष्ठानले आज एक समारोहबीिच साहित्यकार मित्रप्रसाद दाहाल, अग्र्यानिक कृषिका अभियन्ता डिल्ली खतिवडा र कुशल गृहिणी आमा यशोदा बराललाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको कार्यालय रहेको मेचीनगर–११ बानियँ गाउँमा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख अतिथि प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले तीनै जना प्रतिभालाई जनही ३१ हजार रुपैयाँको नगद पुरस्कार, दोसल्ला र सम्मानपत्र प्रदान गर्दै समाजमा योगदान पुर्याउने असल प्रतिभालाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले आफु पनि किसानको छोरो भएको र यो कार्यक्रम सकेर कुटो कोदालो बोकेर खेतीमा जानु पर्ने काम भएको जनाउँदै मुलुकमा व्यवस्था नयाँ आए पनि कर्मचारीको काम गर्ने प्रवृत्ति…

Read More

झापा, २१ मंसिर । झापा शिवसताक्षी–८ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ का ३२ वर्षीय रमेश बिष्ट रहेका छन् । शनिबार राति सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका विष्टलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका विष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक शिवसताक्षी–७ का सन्तोष बेगा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

इटहरी, २० मंसिर । इटहरीमा पाँच सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्वारा आयोजित सरोकारवाला सबै पक्ष उपस्थित बैठकले उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम, याम सुब्बा, ईश्वर भट्टराई, हेमकर्ण पौडेल, रोहित प्रसाईं, हेम घिमिरे, भीम पौडेल, धु्रव सुब्बा, मेदनी सिटौला र वजरंग अग्रवाल हुनुहुन्छ । श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपालद्वारा प्रस्तावित पाँच सय शैय्याको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति बनाइएको हो । जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन…

Read More