
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ मंसिर । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको छ । अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको दस्तावेजमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोप लगाइएको छ । यद्यपि ओलीले पनि आगामी १३ मंसिरमा बस्ने सचिवालय बैठकमा सो आरोपको खण्डनसहितको दस्तावेज तयार पार्ने गरी गृहकार्य अघि बढाएका छन् । दुवै पक्षले एक अर्कालाई पार्टी विभाजन गराउन खोजेको आरोप लगाउँदै आइरहेका छन् । दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेजबारे सचिवालयमै छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा…
झापा, ११ मंसिर । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको छ । कोभिडका कारण रेमिटेन्स आय घटेर समस्या आउने अनुमान गरिए पनि उल्टै साढे १२ प्रतिशतको वृद्धिले सरकारलाई खर्च बढाउन सजिलो बनाएको हो । विश्वभर कोभिड समस्या देखिएपछि रेमिटेन्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो । राष्ट्र बैंकका अनुसार यो वर्षको तीन महिना ९साउन–असोज० मा रेमिटेन्स २ खर्ब ५८ अर्ब ८६ करोड रूपैयाँ भित्रिएको छ । यो १२.६ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष यो समयमा रेमिटेन्स ५.१ प्रतिशतले घटेको थियो । रेमिटेन्समा आएको सुधारका कारण शोधनान्तर स्थिति,…
झापा, ११ मंसिर । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाइमा पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने तयारी छ । लगत्तै दोस्रो चरणमा १७ थपेर २० प्रतिशत जनसंख्यामा खोप पु¥याउने योजना बनाइएको छ । डब्लुएचओ, विश्वव्यापी भ्याक्सिन सञ्जाल ‘गाभी’, महामारीविरुद्धको गठबन्धन ‘सेपी’ को सहकार्यमा उपलब्ध हुने यो सुविधाले नेपालसहित ९२ वटा निम्न तथा मध्यम आय भएका राष्ट्र लाभान्वित हुने छन् । कोभ्याक्सले यो सुविधामा सहभागी राष्ट्रलाई सन् २०२१ को अन्तिमसम्म २ अर्ब डोज खोप खरिद…
झापा, १० मंसीर । नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम प्रदान गरेका छन् । साझा मञ्च अनलाइनका सम्पादक गोपाल काफ्ले र आयोमेल डटकमका झापा प्रतिनिधि राजेन्द्र गौतमले सहयोग रकम प्रदान गरेका हुन् । पत्रकार काफ्लेले पाँच हजार एकसय रुपैयाँ बराबरको चेक र गौतमले नगद पाँच हजार पाँच रुपैयाँ संचार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोष बृद्धि तथा संकलन संयोजक रेजिना गौतम, संस्थापक अध्यक्ष सावित्रा दाहाल, निर्वमान अध्यक्ष अम्बिका भण्डारी सहितको टोलीलाई उक्त रकम हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दै पत्रकार राजेन्द्र गौतमले देशभरमै झापाका महिला संचारकर्मीहरु संगठित भएर दीर्घकालीन सोच राख्दै स्थापना…
झापा, १० मंसिर । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ महिला र ७४ पुरुष छन् । मोरङको लेटाङ, बेलबारी र बुढीगंगामा ६–६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३–३, सुन्दरहरैचा र कटहरीमा २–२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएकोछ । झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा…
झापा, १० मंसिर । नियमित कार्यक्रमअन्तर्गत आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ खुवाइँदै छ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । भिटामिन ‘ए’ सँगै जुकाको औषधि र पोषण तत्त्वले बनेको बालभिटा खुवाउने कार्यक्रमका साथै बालबालिकाको पाखुराको नापसमेत आज र भोलि लिइने छ । ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा ख्वाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ । २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् भने ६ लाख बालबालिकाले बालभिटा र २४ लाख…
झापा, १० मंसिर । एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख गरेको छ । ५८ प्रतिशत नेपाली भन्छन्, ‘एक वर्षमा भ्रष्टाचार झन् बढेको छ ।’ त्यस्तै, २३ प्रतिशत जनताले भ्रष्टाचार घटबढ नभई उही स्तरमा रहेको विश्वास गर्ने पनि प्रतिवेदनले उल्लेख गरेको छ । १८ प्रतिशत जनताले मात्रै भ्रष्टाचार घटेको मान्ने गरेको पनि प्रतिवेदनले जनाएको छ । राष्ट्रपति तथा प्रधानमन्त्री भ्रष्टाचारी रहेको विश्वास गर्ने नेपाली जनता ५० प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, ४३ प्रतिशत नेपालीले सांसद र सरकारी अधिकारीहरू भ्रष्ट रहेको सोच्ने गर्छन् ।…
झापा, १० मंसिर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३ सय २६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको हो । विभागका अनुसार गत साउनदेखि ८ मंसिरसम्म १ हजार २ सय १२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्डविपरीत व्यापार व्यवसाय गर्ने ३ सय २६ फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको विभागले जनाएको छ । विभागले उपभोक्ता संरक्षण ऐनअनुसार मापदण्डविपरीत व्यवसाय सञ्चालन…
काठमाडौं, १० मंसिर । कोरोना नियन्त्रणको नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गरिरहेको खुलासा भएको छ । सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरकापालिकाले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको खर्चमा ब्यापक अनियमितता पाइएको हो । बोदेबरसाइन नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनका नाममा खरिद गरिएको सामग्रीको मूल्य बढाएर खर्च उल्लेख गरेको छ । सार्वजनिक गरेको खर्च विवरण अनुसार लाइफबोय साबुनको प्रतिगोटा मूल्य तीन हजार उल्लेख गरिएको छ । गत बुधबार नगरपालिकाले कूल २ करोड २१ लाख रुपैयाँ कोरोना नियन्त्रणमा खर्च भएको विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको ३ हजार ८ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो…
झापा, १० मंसिर । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख अधिकृत आदर पुनावालसँग छलफल गर्ने तयारी गरेको छ । पुनावालाले केही दिनअघि एउटा टेलिभिजन अन्तरवार्तामा कोभिड खोपका लागि नेपाल र बंगलादेशलाई समेत उच्च प्राथमिकतामा राखेको बताएपछि यताबाट सम्पर्क सुरु गरिएको थियो । खोप बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एसआईआईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा मान्यता प्राप्त सस्तो खोप १ सय ७० मुलुकमा आपूर्ति गर्छ । स्वास्थ्य मन्त्रालयले खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खाप शाखाका प्रमुख डा झलक शर्मा गौतमलाई भर्चुअल बैठक राखेर पुनावालासँग खोपको विषयमा छलफल गर्न निर्देशन दिएको छ । एसआईआईले अक्सफोर्ड…