झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ कात्तिक । समाज सुधारक नेपालका राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज विविध कार्यक्रमका साथ मनाइँदै छ । किरात धर्मावलम्बीहरू माझ विशेष महत्व पूर्वक मनाइने उनको जन्मजयन्तीका अवसरमा यस बर्ष औपचारिक कार्यक्रमहरु नराखिए पनि उनका शालिकहरुमा गई पूजा आराधना गरी श्रद्धा गर्ने क्रमलाई भने अनुयायीहरुले निरन्तरता दिएका छन । नेपाल सरकारले २०६६ मंसिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । लिङ्देनको जन्मस्थान प्रदेश १ अन्तर्गतको इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङस्थित चुम्चिनाम्बा हो । जन्मजयन्तीको अवसरमा मंगलबार प्रदेश १ मा सार्वजनिक बिदा समेत दिइएको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमलबहादुर थापाले…

Read More

भक्तपुर, २५ कात्तिक । मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा नर्सिङ रोबर्ट प्रयोग गर्दै आएको छ । अस्पतालमा उपचारार्थ कोरोना सङ्क्रमितका लागि नर्सिङ रोबर्ट सारथि बन्नुका साथै यसको प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिका लागि सहज भएको छ । कोरोना सङ्क्रमितसँग डाक्टर, नर्स लगायतका अन्य व्यक्तिको सम्पर्क कम होस् भन्नका लागि नगरपालिकाले नगर अस्पतालमा नर्सिङ रोबर्ट प्रयोगमा ल्याएको हो । अस्पतालले नर्सिङ रोबर्ट सञ्चालनमा ल्याएसँगै डाक्टर, नर्स र अस्पतालमा सेवा लिन आउने व्यक्तिले सुरक्षित महसुस गरेका छन् । सङ्क्रमितलाई आवश्यक पर्ने खाना, पानी, लत्ताकपडा, औषधि लगायतका वस्तु बाहिर ढोकैमा राख्ने र निर्देशन अनुसार…

Read More

काठमाडौँ, २५ कात्तिक । म्याद गुज्रेका अखाद्य वस्तुको बिक्रीवितरण भैरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पहिलो पटक अखाद्य वस्तु बिक्री गर्ने दुईजनालाई जेल सजाय तोकेको छ। विगतमा अखाद्य वस्तु बिक्री गर्नेलाई जरिवाना तिराउने गरेको विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ मा व्यवस्था भएको अधिकार प्रयोग गर्दै पहिलोपटक यसरी जेल सजाय तोकेको हो। विभागले गत महिना कलंकीमा म्याद गुज्रेका खाद्यवस्तु पुनः नयाँ मिति राखेर (रिलेबलिङ गरेर) बजारमा पठाउने धन्दामा संलग्न दुईजनालाई एक वर्ष कैद सजायसहित जनही तीनरतीन लाख रुपैयाँ जरिवानाको निर्णय सुनाएको छ। सात जनालाई जनही तीनरतीन लाख १२ रुपैयाँ जरिवाना तोकिएको छ। उपभोक्ता संरक्षण ऐनमा भएको व्यवस्था अनुसार…

Read More

काठमाडौँ, २५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा परेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाएर छलफल गर्दै आएका छन् । पार्टीमा देखिएको विवाद समाधान गर्न शीर्ष नेताका साथै पूर्वमाओवादी समूहका नेताहरूले सचिवालय बैठक तत्कालै बोलाउन आग्रह गरिसकेका छन् । यसअघि प्रधानमन्त्री ओलीप्रति सहानुभूति राख्ने नेताहरूले समेत बैठकबाटै समस्याको समाधान खोज्न आग्रह गर्न थालेका छन् । ‘केही समयअघि ओलीप्रति सहानुभूति राखेका र पूर्वमाओवादी खेमाका नेताहरूले पनि बैठक…

Read More

मङ्गलबारे, २५ कात्तिक । वर्षौँदेखि पानी बोकेर खाने इलाम सोयाकका स्थानीयवासी घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् । नेपाल सरकारको विशेष अनुदानमा इलाम नगरपालिकाले वडा नं ११ सोयाकमा बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीयवासी खुसी भएका हुन् । नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ सञ्चालन गरी १०० भन्दा बढी घरपरिवारलाई पानी उपलब्ध गराएको हो । कति परिवार पानी नभएकै कारण सो स्थान छोडिसकेको भए पनि पानी पाएपछि सोही ठाउँमा फर्किन थालेका छन् । स्थानीय नरेन्द्रप्रसाद आचार्य पानी अभावकै कारण आफू जन्मेको थातथलो छोडेर पानी भएको ठाउँमा बसाइँ सर्नुभएको थियो । गएको चैतबाट पानीको काम…

Read More

झापा, २५ कात्तिक । कोरोनाका कारण समस्यामा परेका एक लाख ३६ हजार ३९३ जना नेपालीलाई सरकारले उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ६० देशमध्ये सबैभन्दा बढी ४० हजार २३० जना युएइबाट फर्किएका छन् । दोस्रो फर्किने मुलुक कतारबाट २६ हजार ५९२ जना स्वदेश फर्किएका छन् । तेस्रोमा साउदी (रियाद जेद्दा) बाट १८ हजार ७३० र मलेसियाबाट १८ हजार ७८३ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट १० हजार ४८३ जना स्वदेश फर्किएका छन् ।यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ४४ जना स्वदेश फर्किएको उल्लेख छ । टर्कीबाट ३५ सय १९…

Read More

लीलाराज झापालीबिर्तामोड, २५ कात्तिक । झापामा एकका लागि एक अभियानले बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने भएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएर अस्पतालमा समेत बेड अभाव हुन थालेपछि घरमै उपचारमा सहयोग पुर्याउन अभियानले अक्सिजन बैंक स्थापना गर्ने निर्णय गरेको हो । सोमबार बसेको अभियानको जुम बैठकले केही दिनमै अक्सिजनका सिलिन्डरको भण्डारण गर्ने निर्णय पनि गरेको छ । अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा सम्पन्न बैठकले कोभिड सूचना तथा सहायता केन्द्रको स्थापना गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, अशक्त तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै घरमै पुगेर स्वाब संकलन गर्ने अभियानको बैठकले निर्णय गरेको छ । अभियानले यसअघि झापाको कनकाईमा पिसिआर…

Read More

सुनसरी, २५ कात्तिक । सुनसरीको दुहवी नगरपालिका–३ बाट तास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले ७७,७१० नगद र ३ बुङ तास सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दुहवी नगरपालिका–३ का ३४ वर्षीय अनिश सिंह, ४२ वर्षीय संसद मिया, ४६ वर्षीय मंगल शाह, ३६ वर्षीय टेकबहादुर गिरी, ३८ वर्षीय आलम अन्सारी, ३४ वर्षीय दिपक अकेला, ५२ वर्षीय मो.मोक्तार, ४५ वर्षीय हजरत मिया र ४४ वर्षीय सन्तोष बराल रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

आइपी भट्टराईकनकाई, २४ कात्तिक । झापाको कनकाई नगरपालिका–२ सुकेडाँगी ढुङ्गेखोलामा खुकुरी प्रहारबाट एक युवा सक्त घाइते भएका छन् । आज बेलुका सवा ७ बजे स्थानीय २४ वर्षीय अनिल राईको खुकुरी प्रहारबाट अर्का स्थानीय १८ वर्षीय दिपेश मगर सक्त घाइते भएका हुन् । घरमै बसिरहेका मगरलाई मादक पदार्थ सेवन गरेका राईले निउ खोज्दै मगरकै घरमा रहेको खुकुरी झिकेर ३ पटक गर्दनमा प्रहार गरेको स्थानीयले बताएका छन् । खुकुरी प्रहार गर्ने राईलाई स्थानीय सक्षम युवा क्लब, स्थानीयबासी र इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले पक्राउ गरिसकेको छ । घाइते मगरको बिर्तासिटी अस्पतालको सघन कक्ष (आइसियु) मा उपचार भइरहेको छ । कनकाई अनलाइनबाट

Read More

बिर्तामोड, २४ कात्तिक । झापामा आज कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भएको छ । योसँगै झापामा कोरोनाले मृत्यु हुनेको संख्या ६६ जना पुगेको छ । त्यस्तै, झापा आज ६० जना कोरोना संक्रमित थपिएका छन् । ११ स्थानीय तहका ५१ जना र स्थानीय तह नखुलेका ९ जना गरी ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तो छ, स्वास्थ्य कार्यालय झापाको रिपोर्ट–

Read More