
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ असोज । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् । यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए ।
सुनसरी, २६ असोज । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । सुनसरी जिल्लाको धरान–२ का ८९ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिएका छन् । मृत्यु भएका पुरुषमा दीर्घ रोग भएको र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।
काठमाडौँ, २६ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिए । तत्कालै गुनासो सुन्न तयार पारिएको समुह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकोमा एक पानी उद्योग अनुमती वीना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐन विपरित रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले जनाएको छ । अन्य २१ उद्योग विरुद्ध भने मुद्दा चलाइएको दाहालले…
झापा, २६ असोज । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै ‘एक्सपायर डेट’ नराखी खाद्य सामग्री ‘प्याकेजिङ’ गरेर बिक्री वितरण गर्ने गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाको कृषि विभागले आइतबार गरेको बजार अनुगमनका क्रममा सो तथ्य बाहिरिएको हो । महानगरपालिकाका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारी नेतृत्वको अनुगमन टोलीले कम्पनीको काठमाडौं थापाथलीस्थित खाद्य गोदाममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कुनै व्यापारिक कम्पनी वा व्यापारिक फर्मले खाद्य वस्तु प्याकेजिङ गरी आम उपभोक्तालाई बिक्री वितरण गर्दा उत्पादन मिति र एक्सपायर मिति दुवै राखेर मात्र बिक्री वितरण गर्नुपर्ने मापदण्ड छ । तर, सरकारी निकायले नै खाद्य वस्तुलाई…
झापा, २६ असोज । नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी संक्रमित छन् । २ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ । महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाएको छ,’ डा. पान्डे भन्छन्, ‘विस्तृत जानकारी मन्त्रालयसँगै छ ।’ देशभर सक्रिय संक्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको छ । आइतबार मात्र २ हजार ७१ जना संक्रमित थपिएका छन् ।आजकोअन्नपूर्ण पोष्ट दैनिकमा खबर छ…
झापा, २६ असोज । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपियाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपियाँ र तेल प्रतिलिटरमै १५ रुपियाँभन्दा धेरैले महँगिएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण तेल र दहलनका भाउ बढेको र यस विषयमा आफूसमेत अचम्ममा परेको बताए । उनले भने, “अहिले मूल्य बढनुपर्ने कारण नै छैन । बजारमा कुनै समस्या नै छैन । पर्याप्त सामान आपूर्ति भइरहेको छ तर…
झापा, २६ असोज । मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट) को पनि थुप्रो लाग्न थालेको छ । प्रयोगविहीन भएपछि फोहोरका रूपमा रहने यस्ता उपकरणबाट स्वास्थ्य जोखिम पनि उत्तिकै हुने भएकाले विश्वभर नै यो चिन्ताको विषय बनेको छ । खासगरी यस्ता उपकरणको पुनः प्रयोगको नीतिको अभावमा नेपालजस्ता अल्पविकसित मुलुक थप सङ्कटमा पर्नसक्ने एक अध्ययनले जनाएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयु)को हालै प्रकाशित ‘ई–वेस्ट एन्ड सर्कुलर इकोनोमी’ नामक प्रतिवेदनले नेपालमा सन् २०१९ मा मात्रै २४ लाख किलोग्राम (२४ किलो टन) अर्थात् प्रतिव्यक्ति नौ सय किलोग्रामभन्दा बढी विद्युतीय फोहोर उत्सर्जन भएको छ । नेपालमा विद्युतीय फोहोरको उत्सर्जन बढ्दै गए…
काठमाडौं, २६ असोज । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा मास्क नै लगाएका थिएनन् । यस्तै, उनले २६ भदौमा सम्पन्न नेकपाको स्थायी समितिको बैठकमा समेत मास्क लगाएका छैनन् । प्रायः प्रधानमन्त्रीका भेटघाटका तस्बिरहरू बिनामास्कका…
बिर्तामोड, २५ असोज । झापा मेचीनगरको दुई भिन्न स्थानबाट १६१ ग्राम ब्राउनसुगरसहित आज चार जना पक्राउ परेका छन् । मेचीनगर–७ इटाभट्टाबाट १५७ ग्राम ब्राउनसुगरसहित दुई जना र सोही वडाको मेची खोला बगरबाट ४ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटर झापा र राष्ट्रिय अनुसन्धान कार्यालय झापा खटिएको संयुक्त टोलीले मेचीनगर–७ इटाभट्टास्थित पेट्रल पम्प नजिकैबाट सोही स्थानका ३५ वर्षीय सुवास दर्जी र मेचीनगर–८ का ३५ वर्षीय सञ्जिव राजवंशीलाई १५७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रनाउ थापाले बताउनुभयो । त्यस्तै, मेचीनगर–७…
बिर्तामोड, २५ असोज । झापामा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार १० स्थानीय तहका १९ महिला र ३६ पुरुषमा कोरोना पुष्टि भएको हो । मेचीनगरमा ५, भद्रपुरमा ३, बिर्तामोडमा १५, दमकमा २५, बाह्रदशीमा १, झापा गापामा १, शिवसताक्षीमा १, गौरादहमा १, कमल २ र कनकाईमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो यस्तो छ स्वास्थ्य कार्यालय झापाको रिपोर्ट– यता, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।…