
सुनसरी, २६ असोज । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।
सुनसरी जिल्लाको धरान–२ का ८९ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
मृत्यु भएका पुरुषमा दीर्घ रोग भएको र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



