
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १० असोज । प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । मोरङको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला र १ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष तथा सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उता सुनसरीको धरानमा ३ महिला र ८ पुरुष, इटहरीमा ४ महिला र ६ पुरुष, गढी…
झापा, १० असोज । पछिल्लो २४ घण्टामा देशभर १२०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको छ । उनका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार १९ जनाको भएको छ । यस्तै गत २४ घण्टामा १ हजार १४७ र निको भएका छन् भने यससँगै देशभर हालसम्म निको हुनेको कुल…
झापा, १० असोज । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय विर बहादुर दनुवार र अर्का बर्ष २७ कै टिकाराम दनुवार रहेका छन । आज बिहान ८ बजे उनिहरुले गोरु काटेर खाई गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भनि स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई तिनै जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ । उनीहरुले गाडेको गोरुको टाँउको र खुट्टा समेत फेला पारीएको र पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी…
विष्णुप्रसाद पोखरेलदमक, १० असोज । क्षमताभन्दा बढी कैदीबन्दी रहेको झापा कारागारमा एकैसाथ ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यहाँ उच्च शर्तकता अपनाउन शुरु गरिएको छ । दीर्घरोगी, अपाङ्ता भएका तथा जेष्ठ नागरिकहरुलाई बेग्लै ठाँउमा बसोबास (क्वारेन्टाइन) को व्यवस्था मिलाउन थालिएको कारागार प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । ‘कोरोना संक्रमणका लक्षणहरु देखिएको अवस्थामा तथा जोखिममा रहेकाहरुको पहिचान गरेर कारागारभित्र बेग्लै आइसुलेसन बनाउन लागि परेका छौँ’, कारागार प्रमुख गौतमले भन्नुभयो । कैदीहरुले बुढा बन्नका लागि प्रयोग गर्दै आएको भवन तथा कोठाहरुलाई आइसुलेसनको रुपमा प्रयोग गरिने पनि उहाँको भनाइ छ । करिब ३५० जना क्षमता झापा कारागारमा अहिले ११ सय ४२ जना कैदीबन्दी राखिएको…
झापा, १० असोज । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) केन्द्रीय समितिले २०७७ बैशाखयता नियमित तलब नदिने संस्थागत विद्यालयहरूलाई सरकारीकरण गर्न सरकारसित माग राखेको छ । प्याब्सन÷एन प्याब्सनसित पटक–पटक भएका शिक्षक कर्मचारीका तलब भुक्तानी गर्ने सहकमी कार्यान्वयन गर्न विद्यालय सञ्चालकहरूले बाहनाबाजी गरेर आनकान गर्न थालेपछि वर्तमान संविधानको भावना अनुरूप निजी विद्यालयलाई सरकारीकरण गर्न माग गरिएको हो । दोस्रो पटकको सहमति अनुसार कात्तिक पहिलो सातासम्ममा श्रावण, भाद्र, असोज महिनाको तलव र चाडवाड खर्च अनिवार्य भुक्तानी गर्ने साउन ४ को सहमती अनुसार भुक्तानी गर्न नसक्ने विद्यालयको हकमा शिक्षक, कर्मचारीहरूको सम्पूर्ण तलब रकम सरकारले बेहोरी शिक्षक, कर्मचारीको उचित व्यवस्थापन गर्दै विद्यालय समायोजन एवम् एकीकरणमा…
विनोद सापकोटाझिलझिले, १० असोज । ‘मह धेरैलाई मन पर्ने चीज हो । मह भन्ने बित्तिकै धेरैको मुखमा पानी पनि आउँछ । मह खाँदा मिठो हुने मात्र होइन स्वास्थ्यको लागि पनि फाइदाजनक छ । यसमा प्रशस्त कार्बोहाइड्रेड, भिटामिन बी, सी, म्याग्नेसियम, आइरन, सोडियम , क्याल्सियम लगायतका तत्वहरु पाइन्छ ।’ मौरीबाट उत्पादन हुने महका बारेमा विज्ञले कार्यक्रमको सुरुमै यसरी बताएपछि कार्यक्रममा सहभागी सबैको ध्यान एकैतिर मोडिएको थियो । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा मौरीजन्य उत्पादनबाट मानव स्वास्थ्यमा पार्ने प्रभाव विषयक एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै विज्ञले मौरी एक, यसले मानव स्वास्थ्यमा पार्ने प्रभाव अनेकका बारेमा सर्वसाधरण देखी नगरका जनप्रतिनिधि समेतलाई जानकारी गराएका थिए…
झापा, १० असोज । झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ छ । गत साता काठमाडौँ लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । उहाँहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ । “कोभिडको जस्तै लक्षण भएका बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको छ”, झापा कारागारका कैदीबन्दीको नेतृत्व गर्दै आएका आन्तरिक प्रशासन प्रमुख…
काठमाडौँ, १० असोज । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका प्रदेश नं १ का १४ हजार ५४६ जना फर्केका छन् । स्वदेश फर्कने कूल संख्या भने ७६ हजार ९६७ रहेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन । केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९,…
बिर्तामोड, १० असोज । झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राति बिर्तामोड–५ मा बा.४ ख ५१०० नम्बरको माइक्रो बसले पैदल यात्री पाँचथर याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो । माइक्रोको ठक्करबाट गम्भीर घाइते लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बाटै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । ठक्कर दिने माइक्रो र चालक भद्रपुरका बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको कार्यालयले जनाएको छ ।
सिमकोट, १० असोज । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो । नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै देशका अधिकारीले दुई देशको नक्सा हेर्दा सो भवन चिनियाँ भूमिमै रहेको नेपाली टोलीले निष्कर्ष निकालेको हो । नेपाली टोलीका प्रमुख प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिले ललुङ्जोङमा नेपाली र चिनियाँ अधिकारीले दुई देशका नक्सा हेर्दा भवन बनेको क्षेत्र चिनियाँ भूभागमा देखिएको बताए । सीधा रूपमा नक्सा हेर्दा सो स्थान नेपाली भूभागमा नपर्ने बताउँदै तथ्यगत रूपमा बुझेर मात्र सो विवाद बाहिर ल्याउन उनले…