
विष्णुप्रसाद पोखरेल
दमक, १० असोज । क्षमताभन्दा बढी कैदीबन्दी रहेको झापा कारागारमा एकैसाथ ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यहाँ उच्च शर्तकता अपनाउन शुरु गरिएको छ । दीर्घरोगी, अपाङ्ता भएका तथा जेष्ठ नागरिकहरुलाई बेग्लै ठाँउमा बसोबास (क्वारेन्टाइन) को व्यवस्था मिलाउन थालिएको कारागार प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
‘कोरोना संक्रमणका लक्षणहरु देखिएको अवस्थामा तथा जोखिममा रहेकाहरुको पहिचान गरेर कारागारभित्र बेग्लै आइसुलेसन बनाउन लागि परेका छौँ’, कारागार प्रमुख गौतमले भन्नुभयो । कैदीहरुले बुढा बन्नका लागि प्रयोग गर्दै आएको भवन तथा कोठाहरुलाई आइसुलेसनको रुपमा प्रयोग गरिने पनि उहाँको भनाइ छ ।
करिब ३५० जना क्षमता झापा कारागारमा अहिले ११ सय ४२ जना कैदीबन्दी राखिएको छ । जसमा ७५ जना महिला र ५ जना आश्रित बालबालिकाहरु रहेको कारागार प्रमुख गौतमको भनाइ रहेको छ । यसमध्ये करिब २ सय जनालाई अब बेग्लै राखिने पनि निरौलाले जनाउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



