झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ साउन । झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २२ गते मोरङको बिराटनगर–१५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका भारत अररिया फारबिसगञ्जका ३५ बर्षीय सिकंदर बाखत र सरफराजलाई १ सय ४१ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय दमकले ३ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित दमक नगरपालिका–४ की २६ वर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका–५ का २७ वर्षीय सञ्जिब लिम्बू, वसन्त राई र कमल गाउँपालिका–४ का सन्दिप धिमाललाई पक्राउ गरेको छ । यसैगरी, विषेश…

Read More

झापा, २३ साउन । ललितपुरको इमाडोलमा प्रेमीको घरमा गएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि उनका प्रेमी १८ वर्षीय आर्यन पाण्डे पक्राउ परेका छन्। उनीहरू सामाजिक सञ्जालमार्फत चिनजान भएका थिए र बुधबार पहिलोपटक भेट गरेका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, किशोरीको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि राखिएको छ। “प्रारम्भिक अनुसन्धानमा उनीहरू प्रेम सम्बन्धमा रहेको खुलेको छ,” जोशीले जानकारी दिए। बुधबार दिउँसो करिब १२ बजे किशोरी इमाडोलस्थित पाण्डेको घरमा पुगेकी थिइन्। कोठामा बसिरहँदा उनी एक्कासी बेहोस भएपछि पाण्डेले आफ्ना बुबालाई खबर गरेका थिए। तत्कालै ग्वार्कोस्थित किष्ट अस्पताल पुर्‍याइए पनि चिकित्सकले किशोरीको पहिल्यै मृत्यु भइसकेको…

Read More

धरान, २३ साउन । तीन दिनदेखि लगातार भइरहेको वर्षासँगै गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्‍याएको छ भने सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा परेका छन्। राति करिब १ः३० बजे खसेको पहिरोले स्थानीय छजुङ भोटेको घरको माथिल्लो भाग पुरिँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो,” भोटेले भने, “बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो। हेर्दाहेर्दै घर पुरियो।” स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पुगेका वडा नं. ३ का सदस्य मिङ्मा भोटेले वडाको…

Read More

झापा, २३ साउन । आज श्रावण शुक्ल चतुर्दशीको अवसरमा पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवीत धारण गराउने गर्छ । कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा सञ्चालन हुने सबै जात्रा, पर्वको सञ्चालन गर्ने काम पनि अमालकोट कचहरीले नै गर्ने गरेको छ । भगवान् पशुपतिनाथलाई आज नयाँ जनै फेरेपछि उहाँ गोसाइँकुण्डमा जानुहुने विश्वास पनि पशुपति क्षेत्रका ज्येष्ठ नागरिकले सुनाउने गरेका छन् । आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै…

Read More

झापा, २३ साउन । झापा जिल्लाको दमक नगरपालिका–४ स्थित चियाडोकानमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । त्यहाँ खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक–४ चियाडोकानकी २६ वर्षीया ज्योती राई तामाङ उर्फ सितल, कमल गाउँपालिका–५ पाथीभरा टोलका २७ वर्षीय सञ्जिव लिम्बू, दमकमा बस्दै आएका बसन्त राई र दमक–४ मा बस्दै आएका सन्दिप धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पासाङ तामाङको घरमा तलासी गर्दा प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लास्टिकसहित ११.३९ ग्राम र प्लास्टिकबाहेक ३.३२ ग्राम फेला…

Read More

झापा, २३ साउन । भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा साउन २० गते आएको भीषण बाढीमा परी जाजरकोट, बाँके, जुम्ला र रुकुमका गरी १८ जनाभन्दा बढी नेपाली नागरिक बेपत्ता भएको आशंका गरिएको छ । सम्बन्धित जिल्लाका स्थानीय जनप्रतिनिधिहरूका अनुसार जाजरकोटको कुशे गाउँपालिका–२ का १३ भन्दा बढी नेपाली बाढीपछि सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बाढी प्रभावित क्षेत्रबाट उनीहरूको खोजीका लागि नेपाल सरकारसँग सहयोगको आग्रह गरेका छन् । बाढीपछि कुशे–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंह बेपत्ता भएको वडाध्यक्ष मानबहादुर सिंहले जानकारी दिएका छन् । जुम्लाको तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर…

Read More

झापा, २३ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा धेरै र देशका बाँकी पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।…

Read More

बिर्तामोड, २२ साउन । झापाको बिर्तामोडबाट बुधबार राति प्रहरीले ८ जना जुवाडे पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा बिर्तामोड–५ ट्राफिक बिटस्थित सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको चिया÷नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका–९ गोलाखर्क घर भई हाल बिर्तामोड–५ धिमाल चोकमा बस्दै आएका ३८ वर्षीय तीर्थराज तामाङ, इलाम देउमाई नगरपालिका–१ बरबोटे घर भई हाल अर्जुनधारा–११ बसपार्कमा बस्दै आएका ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङको पाथिभरा याङ्बरक गाउँपालिका–२ थेचङ्गु घर भई बिर्तामोड–६ स्यालडाँगीमा बस्दै आएका ४२ वर्षीय भुपालकुमार कटुवाल र पाँचथरको हिलिहाङ गाउँपालिका–८ भारपा घर भई…

Read More

झापा, २२ साउन । कोशी प्रदेशसभाको आजको बैठकमा गैरसरकारी विधेयकका रूपमा दर्ता भएको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ बहुमतले अस्वीकृत भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले उक्त विधेयक सदनमा टेबुल गर्नुभएको थियो । बैठकमा सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गर्नुभएको विधेयक बहुमतले अस्वीकृत भएको थियो । सो विधेयक २०८१ साल फागुन २८ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । माओवादी केन्द्रका कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पर्यटन, वन तथा वातावरण मन्त्री…

Read More

झापा, २२ साउन । कोशी प्रदेशमा पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्ररूपमा फैलिएको छ । जेठको पहिलो सातादेखि फैलिएको महामारीबाट हालसम्म २२ हजार १ सय २२ पशु संक्रमित भएका छन् । रोगका कारण ६३७ पशुको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशले जनाएको छ । निर्देशनालयका अनुसार मृत्यु हुनेमध्ये ६३५ गाई–गोरु र २ भैसी–राँगा रहेका छन् । संक्रमितमध्ये २१ हजार ८९८ गाई–गोरु तथा २२४ भैसी–राँगा छन् । निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा. सुशील अधिकारीका अनुसार महामारी सुरुमा प्रदेशका १० जिल्लामा सीमित थियो । तर, गत हप्ता तेह्रथुममा पनि संक्रमण देखिएको छ । सबैभन्दा बढी संक्रमण झापा जिल्लामा…

Read More